कुन बारमा जन्मिने मानिसको स्वभाव र जीवन के कस्तो ? - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Monday, June 14, 2021

कुन बारमा जन्मिने मानिसको स्वभाव र जीवन के कस्तो ?

अन्तरङ्ग/एजेन्सी

आइतबार– 

पुरुष– यो बारमा जन्मिने मानिस भाग्यशाली हुन्छन् । यस्ता व्यक्ति कम बोल्ने र कला र शिक्षामा अगाडि हुन्छन् । उनीहरूको आयु पनि लामो हुन्छ । आफ्नो घर परिवारका सदस्यहरूलाई खुसी राख्न अत्यधिक प्रयास गर्नुका साथै यो बार जन्मिने व्यक्तिमा धार्मिक क्षेत्रमा आस्था राख्ने पनि हुन्छन् । तर उनीहरू २० देखि २२ वर्षसम्म दुःख हुने   हुन्छ । 

स्त्री– आइतबार जन्मिने स्त्री चतुर हुनुका साथै दान–पुण्यका कर्म गर्ने अनि बलशाली पनि हुन्छन् ।

सोमबार– 

पुरुष– सोमबार जन्मिने व्यक्तिको जीवनमा सुख दुख बराबर जस्तै हुन्छ । किनकि, उनीहरूलाई दुःख सुख समान लाग्ने गर्दछ । यस बारमा जन्मिने व्यक्ति विद्वान, कला कुशल र बहादुर पनि हुन्छन् । सोमबार जन्मिने व्यक्तिहरूको बोली मिठो हुन्छ । यस्ता व्यक्तिलाई श्वास प्रश्वासको रोग हुन सक्छ । उनीहरूलाई ९, १२, २७ वर्षमा कष्ट हुन्छ । 

स्त्री– सोमबार जन्मिएका महिलाहरू सुन्दर तथा पुत्रवति हुन्छन् । यो दिनमा जन्मेका महिलामा मिठो बोल्ने क्षमता तथा शान्तिप्रिय स्वभाका हुन्छन् ।

मंगलबार–

पुरुष– ज्योतिष शास्त्र अनुसार यस बारमा जन्मने व्यक्ति प्रायः धनी हुन्छन् । यिनीहरूको जीवनमा दुःख र सुख आउने जाने भइरहन्छ । उनीहरूको स्वभाव उग्र हुने हुन्छ । यसकारण उनीहरूसँग मानिसहरू वेखुसी हुन्छन् । यिनीहरूलाई छाला सम्बन्धी रोग हुन सक्छ । 

स्त्री– मंगलवार जन्मिएका स्त्री कठोर हृदयका हुन्छन् । यो दिनमा जन्मिएका स्त्रीहरूमा दया मायाको भावना कम मात्रामा हुन्छ । उनीहरूको शरिर दुब्लो पातलो हुुनुका साथै स्वभाव झगडालु समेत हुन्छ ।

बुधबार– 

पुरुष– बुधबारका दिनमा जन्म भएका व्यक्तिहरू धर्मकर्ममा रुचि राख्ने स्वभावका हुन्छन् । त्यसैले उनीहरूको बोलीमा मिठास हुन्छ । उनीहरूको ग्रह कुण्डली अनुसार ८ र २२ वर्षको उमेरमा कष्ट पाउने योग हुन्छ ।

स्त्री– बुधाबार जन्मिएका स्त्रीहरूमा सरस्वतीको विशेष कृपा हुने हुँदा उनीहरू सुन्दर र सुशील पनि हुन्छन् । कुनै खास क्षेत्रमा रुचि राख्ने र त्यसमा विशेषज्ञता हासिल गर्ने स्वभावका हुन्छन् । 

विहीबार– 

पुरुष– विहीबारका दिनमा जन्मिएका आफ्नो जीवनमा धेरै उतार चढाव र समस्या झेल्नु पर्ने हुन्छ । तर उनीहरूले पुरुषहरू विद्वान र पराक्रमी हुन्छन् । उनीहरू साहसी पनि हुन्छन् । उनीहरूसँग संगत गर्नेहरू खुसी हुन्छन् । यस बारमा जन्मिनेहरूलाई ७, १२, १३, १६ र ३० वर्षमा संकट पर्ने योग हुन्छ । 

स्त्री– कुनै पनि स्त्री जसको जन्म विहीबार भएको हुन्छ त्यस्ता महिला उच्च शिक्षा हासिल गर्ने र प्रायः सर्वगुण सम्पन्न हुन्छन् ।

शुक्रबार–

पुरुष– यसबारका दिन जन्मएका व्यक्ति बुद्धिमान र मृदुभाषी हुन्छन् । उनीहरूको स्वभाव हँसिलो स्वभावका हुन्छन् । उनीहरूको स्वभाव सहनशील पनि हुन्छन् । उनीहरू शौखिन हुन्छन् । साथै, २० र २४ वर्षको उमेरमा कष्ट पर्ने योग हुन्छ । 

स्त्री– यस्ता जुन स्त्री जो शुक्रबार जन्मिएकी छन् परिवार र समाजमा विशेष इज्जत हुन्छ । केही काला रंगका भएपनि सुन्दर हुन्छन् । उनीहरूको स्वभाव चञ्चल हुने हुन्छ । यो बारमा जन्म हुने स्त्रीहरू मोजमस्ती मजाक गर्ने स्वभावका हुन्छन् । 

शनिबार–

पुरुष– शनिबारका दिन जन्म भएका व्यक्तिहरू बाल्यकाल कष्टपूर्ण हुन सक्छ । उनीहरू कृषि व्यापार वा प्रविधिको क्षेत्रमा रुची राख्छन् । यिनीहरूका लागि भाइ बहिनी वा दाइ दिदीबाट सन्तुष्टी मिल्दैन । उनीहरूलाई २० र २५ वा ४५ वर्षमा कष्ट हुन्छ । 

स्त्री– शनिबार जन्मिएका स्त्री अग्ला, दुबली पातली हुन्छन् । सामान्यतया यस्ता स्त्री कालो वर्णका हुन्छन् । यस्ता महिला अरूका कुरा काट्ने स्वभावका हुन्छन् ।

No comments:

Post a Comment