अन्तरङ्ग सम्वाददाता
पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई प्रदेश सभाबाट विश्वासको मत प्राप्त भएको छ । नेपालीले आफूलाई प्रदेशसभाको विश्वास छ भनी राख्नु भएको प्रस्ताव बहुमतबाट पारित भएको सभामुख नेत्रनाथ अधिकारीले प्रदेशसभा बैठकमा असार ४ गते घोषणा गर्नु भयो ।
गण्डकी प्रदेशसभामा विश्वासको मतमाथिको प्रस्तावमाथि भएको मतदानमा उहाँलाई ३१ मत प्राप्त भएको । सो मत सरकार बनाउन आवश्यक न्यूनत्तम मतभन्दा एम मात्र बढी मत हो ।
राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा जेठ ३१ गते सर्वोच्चले पदमुक्त गरेपछि गण्डकीको सांसद संख्या ५९ कायम भएको थियो । सांसद संख्या ५९ भएपछि सरकार जोगाउन ३० मत भएपनि पुग्ने हुन्छ ।
नेपाली जेठ २९ गतेका दिन संविधानको धारा १६८(५) अनुसार नियुक्त भएका मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । नेपालीले मुख्यमन्त्री नियुक्त भएको एक सातादिन जवित्दै प्रदेश सभा बैठकबाट विश्वासको मत लिनु भएको हो ।
उहाँले काँग्रेसका १५, माओवादी केद्रको ११, राष्ट्रिय जनमोर्चा र जनता समाजवादीको २÷२ तथा स्वतन्त्र निर्वाचित राजीव गुरुङ (दीपक मनाङेको) १ मत गरी ३१ मत पाउनु भएको हो ।
प्रतिपक्षमा रहेको एमालेले भने विश्वासको मतको विपक्षमा मतदान ग¥यो । विपक्षमा २७ मत प¥यो । गण्डकी प्रदेशसभामा ५८ जना सांसद मतदानमा सहभागी थिए । सभामुखलाई मत बराबर भएको खण्डमा मात्र मतदान गर्ने अधिकार रहन्छ ।
नेपालीले विश्वासको मत पाउनु भएसँगै प्रदेश सभाको बैठक अर्को सूचना नआउन्जेलसम्मका लागि स्थगित गरिएको छ । अब मुख्यमन्त्री नेपालीलाई मन्त्रिपरिषद विस्तार तथा यसअघि मन्त्री बनाएकालाई मन्त्रालयको जिम्मेवारी दिन बाटो खुलेको छ । तर गठबन्धनबाट मन्त्रीका आकांक्षी धेरै भएको हुँदा मन्त्रिपरिषद विस्तार गर्न मुख्यमन्त्री नेपालीलाई चुनौती रहेको बताइन्छ ।

No comments:
Post a Comment