अन्तरङ्ग सम्वाददाता
बेसीशहर– कोरोना भाइरस(कोभिड– १९)को दोस्रो प्रकोपलाई नियन्त्रण तथा रोकथामका लागि जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएको निषेधाज्ञा फेरि सात दिन अर्थात असार १० गतेसम्मका लागि थप भएको छ । जिल्ला प्रशासन कार्यालयबाट एक विज्ञप्ति जारी गरी असार २ गते त्यस्तो जानकारी दिइएको हो ।
प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइटेलले जारी गर्नु भएको विज्ञप्ति अनुसार यसअघिको नीतिमा केही परिवर्तन गरिएको छ । यसअघि बैंकहरू सातामा दुई दिन आइतबार र बिहीबार १० बजेदेखि १२ बजेसम्ममात्र खुल्ने गरिएकोमा असार ४ गतेदेखि बैंकहरू सदैव दिउँसो २ बजेसम्म खुल्नेछन् । तर सहकारी संस्थाहरूलाई भने त्यो छुट दिइएको छैन ।
त्यसैगरी, जिल्लाभित्र सञ्चालन हुने ढुवानीका साधनहरूलाई बेलुका ६ बजेदेखि विहान ९ बजेसम्ममात्र छुट भएकोमा अब निर्माण सामग्री बोक्ने सवारी साधन तथा खाद्यान्न, दूध बोक्ने ट्यांकर र फलफूल बोक्ने ढुवानीका साधनहरूलाई दैनिक रुपमा सञ्चालन गर्न दिइने भएको सो विज्ञप्तिमा उल्लेख छ । अन्य निर्देशन भने विगतको जस्तै रहेको विज्ञप्तिमा जनाइएको छ ।
उल्लेखित आदेशको अवज्ञा गरी गरे÷गराएको पाइएमा संक्रामक रोग ऐन २०२०, स्थानीय प्रशासन ऐन २०२८ एवम् कोभिड– १९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम कारबाही हुने व्यहोरा समेत जानकारी गराइन्छ सो विज्ञप्तिमा भनिएको छ ।
No comments:
Post a Comment