वर्षाले घर भत्काएपछि, छिमेकीको शरणमा बस्न बाध्य - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Thursday, June 17, 2021

वर्षाले घर भत्काएपछि, छिमेकीको शरणमा बस्न बाध्य

विष्णुकुमार श्रेष्ठ/अन्तरङ्ग

सुन्दरबजार– विगत ४ दिनदेखि लगाता परेको भारी बर्षाले घर भत्काएपछि एक बृद्धाको परिवार छिमेकीको शरणमा बस्न बाध्य भएका छन् । तनहूँ जिल्लाको भानु नगरपालिका– ११ स्थित मानेचौका बजारमा बस्दै आउनु भएका ६० वर्षीया विमला ढुंगानाको घर भत्कन गए पछि उहाँहरू छिमेकीकोमा आश्रित हुन बाध्य हुनु भएको हो । 

        वर्षातका कारण घर भत्के पश्चात् उहाँको परिवार छिमेकिको घरमा बास बस्न भएको बताउनु हुन्छ विमाला ढुंगानाका छोरा सुरेश ढुंगाना । उहाँका अनुसार चौथो  दिन असार ३ गतेको भीषण वर्षाले घर भत्किएको हो । 

        ‘परिवारका ४ सदस्य रहेको र छिमेकीको घरमा बस्न बाध्य भएको र हालसम्म आफ्नो परिवारले कतैबाट पनि कुनै प्रकारको राहत वा केही सहयोग पाउन सकेको छैन ।’ उहाँले भन्नुभयो, ‘परोपकारी मन भएकाहरूबाट सहयोग पाए सानो घर निर्माण गरी बृद्ध आमा सहितको परिवार पाल्न सहज हुने थियोे ।’  

No comments:

Post a Comment