लमजुङ : भूकम्प अपडेट ८३ वर्षीया बृद्धा पनि घाइते - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Tuesday, May 18, 2021

लमजुङ : भूकम्प अपडेट ८३ वर्षीया बृद्धा पनि घाइते

अन्तरङ्ग संवाददाता

बेसीशहर– लमजुङमा एका विहादै भूकम्प जादा बेसीशहर नगरपालिका– ११ रामचोकबेसी गाउँमा घर भत्किदा ८३ वर्षीया बृद्धासहित ४ महिला र एक युवक घाइते भएका छन् । सात वटा घरमा क्षति पुगेको छ ।  जेठ ५ गते गएको भूकम्पबाट सो क्षति भएको हो । 

घाइते हुनेमा बेसीशहर नगरपालिका– ११ रामचोकबेसी गाउँकी ८३ वर्षीया खगकुमारी पाण्डे घाइते हुनुभएको छ । साथै एक पत्रकार महिला सहित तीन महिला र एक युवक घाइते पनि घाइते भएका छन् । अन्यको विवरण यसअघिको समाचारमा दिइसकिएको छ । 

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार भूकम्पले घर भत्किँदा चोट लागेर तीनजना गाउँले घाइते भएका छन् । मस्र्याङदी गाउँपालिकाका ४० वर्षीया उमा गुरुङ घाइते भएकी छिन् । अर्का एकजना घाइतेको नाम नखुलेको जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी प्रहरी निरीक्षक जगदिश रेग्मीले बताउनु भयो । उहाँका अनुसार घाइतेको संख्या केही बढ्न सक्ने सम्भावना रहेको छ । उहाँले भन्नुभयो, ‘घाइतेलाई जिल्ला अस्पतालमा उपचारका लागि ल्याइएको छ । भत्किएका सबै कच्ची घर हुन् ।’ 

लमजुङको मर्स्याङदी गाउँपालिका– ८ भूलभूले केन्द्र रहेरमा बिहान पहिलो पटक ५ बजेर ४२ मिनेटमा ५.८ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ । त्यसपछि पनि पटक पटक भूकम्पको पराकम्पन गइरहेको छ । त्यसले मानिसलाई त्रस्त बनाएको छ । 

No comments:

Post a Comment