कोरोना भाइरसको दोस्रो प्रकोप : आज २७ जनामा संक्रमण पुष्टि - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Thursday, May 6, 2021

कोरोना भाइरसको दोस्रो प्रकोप : आज २७ जनामा संक्रमण पुष्टि

अन्तरङ्ग संवाददाता

बेसीशहर– लमजुङमा कोरोना भाइरस(कोभिड– १९) को दोस्रो प्रकोपका क्रममा आज बैशाख २३ गते थप २७ जनामा  पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखरामा गरिएको परीक्षणबाट सो जानकारी प्राप्त भएको हो । 

संक्रमित हुनेमा बेसीशहर नगरपालिकाका १२ जना, सुन्दरबजार नगरपालिकाका १४ जना र दोर्दी गाउँपालिकाको एक जना रहेको स्वास्थ्य निर्देशनालय पोखराको विज्ञप्तिमा उल्लेख छ । तीमध्ये १२ जना महिना छन् । संक्रमितको उमेर १३ वर्षीया बालिकादेखि ७५ वर्षका बृद्ध समेत रहेका छन् । उनीहरू दुवै सुन्दरबजार नगरपालिका– ३, दुराडाँडाका हुन् । 

संक्रमितमध्ये सुन्दरबजार नगरपालिका– ३ का अन्यमा ३७ र ६४ वर्षका महिला र ४६ वर्षका पुरुष छन् । त्यस्तै, उक्त नगरपालिका– ६ का ६१ वर्षीय पुरुष, सोही नगरपालिका– ९ का २५, २७, ४२ र ४९ वर्षीया महिला तथा ३०, ३५, ४३ र ५३ वर्षका पुरुष छन् । त्यसैगरी, बेसीशहर नगरपालिका– १ का २५, २८, ७४ वर्षका पुरुष, सोही नगरपालिका– २ का ३० वर्षीया महिला र ३८ वर्षका पुरुष, सोही नगरपालिका– ७ का १७, २२, ५५, ६० वर्षीय महिला तथा सोही वडाका २१, ५५ र ६६ वर्षका पुरुष संक्रमित भएको उल्लेख छ । यसैगरी, दोर्दी गाउँपालिका– १ का ६३ वर्षका पुरुष संक्रमित भएको बताइएको छ ।

उल्लेखित संक्रमितहरूको विवरण जिल्ला प्रशासन कार्यालयबाट पुष्टि हुन बाँकी रहेको छ । 

No comments:

Post a Comment