लमजुङमा एकैदिनमा १० जना बालबालिका सहति ९७ जना कोरोना संक्रमण पुष्टि, कुल संक्रमित ५६९ - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Monday, May 24, 2021

लमजुङमा एकैदिनमा १० जना बालबालिका सहति ९७ जना कोरोना संक्रमण पुष्टि, कुल संक्रमित ५६९

अपूर्वराज पहाडी/अन्तरङ्ग

बेसीशहर– लमजुङमा कोभिड– १९का संक्रमित एकैदिनमा ९७ जना नयाँ थप भएका छन् । गण्डकी प्रदेश प्रयोगशालामा गरिएको परीक्षणमा पुरुष ६२ र महिला ३५ गरी ९७ जनामा कोरोना पोजेटिभ देखिएको हो । जिल्ला प्रशासन कार्यालयले जेठ १० गते एक विज्ञप्ति जारी गरी त्यसको पुष्टि गरेको छ । 

आज सबैभन्दा बढी सुन्दरबजार नगरपालिकाका ४७ जना संक्रमित थपिएका छन् । त्यस्तै, जिल्लाको पूर्वीक्षेत्रमा रहेको राइनास नगरपालिकाका २५ जना, सदरमुकाम रहेको बेसीशहर नगरापालिकाका ११ जना, दोर्दी गाउँपालिकाका ९ जना, मध्यनेपाल नगरपालिका ३ जना र क्व्होलासोंथर गाउँपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय लमजुङबाट जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

कोरोना भाइरस(कोभिड– १९)को दोस्रो प्रकोपका सिलसिलामा जिल्लामा सबैभन्दा बढी संक्रमण पुष्टि आजै भएको हो । हिजो ९ गते ७१ जनामा नयाँ संक्रमण पुष्टि भएको थियो भने यसअघि जेठ ३ गतेका दिन ७२ जनामा संक्रमण पहिचान भएको थियो । त्यसैगरी, जेठ ५ गतेका दिन ५० जनामा संक्रमण पुष्टि भएको थियो । 

आज संक्रमण पुष्टि हुनेमा दुई वर्षीया बालिकादेखि सर्वाधिक उमेर ८८ वर्षका पुरुष छन् । उनीहरू क्रमशः सुन्दरबजार नगरपालिका– ९ भोटेओडार र राइनास नगरपालिका– ५ तीनपीप्लेका हुन् । अहिलेसम्मको रेकर्डमा सबैभन्दा बढी बालबालिकामा पनि आजै संक्रमण पुष्टि भएको छ । उनीहरूको कुल संख्या १० रहेको छ । संक्रमित बालिकाको उमेर २, १३ र १६ रहेको छ । त्यस्तै, बालकहरूको उमेर ५, ७ वर्षका दुईजना, १२, १४ र १६ वर्षका दुईजना छन् । 

आज दुई अंकमा जिल्लाका चार वडामा नयाँ संक्रमित थपिएका छन् । सबैभन्दा बढी संक्रमित पुष्टि भएका वडामा सुन्दरबजार नगरपालिका– ८ मा १० पुरुष र ७ महिला गरी १७ जना, वडानं– ९ मा १० पुरुष र ३ महिला गरी १३ जना, राइनास नगरपालिका– ५ मा ९ जना पुरुष र ६ जना महिला समेत १५ जना, सोही नगरपालिका– १ मा ४ पुरुष र ६ जना महिला गरी १० जना । त्यस्तै, सुन्दरबजार नगरपालिका– ६ मा छ जना पुरुष र ३ जना महिला नयाँ थप भएका छन् भने दोर्दी गाउँपालिका– ६ मा पनि एक ८ वर्षका बालक सहित ९ जना कोरोना संक्रमण पुष्टि हुन आएको जिल्ला प्रशासन कार्यालयको विज्ञप्तिमा उल्लेख छ । 

संक्रमित पुष्टि भएकाहरूमा सुन्दरबजार नगरपालिका– २ का ५२ वर्षीया महिला र ४९ र ६० वर्षका पुरुष छन् । वडानं– ४ का २९ वर्षका पुरुष र ३८वर्षीया महिला छन् । त्यस्तै, वडानं– ७ का २९ वर्षका परुष, वडानं– ८का ७ र २२ वर्षका २÷२ जना, २६, ४२, ४४ वर्षका दुईजना, ४७ र ५५ वर्षका पुरुष तथा १३, २५, २७, ३१, ३४, ४४ र ६५ वर्षीया महिला संक्रमित भएका छन् ।

सोही नगरपालिका– ९ का २८ र ४८ वर्षीया महिला तथा पाँच वर्षका बालक, २८, २९, ३०, ३६ वर्षका दुईजना, ४० वर्षका तीनजना र ४९ वर्षका पुरुष संक्रमित भएका छन् । वडानं– ११ का ३३ र ३७ वर्षका पुरुष संक्रमित भएका छन् । 

यसैगरी, राइनास नगरपालिका– १ का १४ वर्षका बालक, ४२, ५९ र ६० वर्षका पुरुष तथा सात वर्षीया बालिका, १९, ३५, ३८, ४८ र ५४ वर्षीया महिलाहरू संक्रमित भएका छन् । त्यस्तै, सोही नगरपालिका– ५ का ७, १२ र १६ वर्षका बालक, ३०, ३६, ४२, ४८, ५४ र ८८ वर्षका पुरुष संक्रमित भएका छन् । 

त्यस्तै, वेसीशहर नगरपालिकामा आज ११ जना संक्रमित भएका छन् । संक्रमित हुनेमामा वडानं– १, ६, ७, ८, १० र ११ का छन् । जसमा वडा नं. १ का एक जना ६२ वर्षका पुरूष वडा नं. ६ का दुईजना ३३ वर्षका पुरूष र उक्त वडाका ६८ वर्षीया महिला संक्रमित भएको पुष्टि भएको छ । त्यस्तै, वडा नं.७ का २४ वर्षीया महिला वडा नं. ८ का २ जना २९ र ४१ वर्षका पुरूष, वडा नं. १० का ७२ वर्षीया महिला र वडा नं. ११ का ४ जनामध्ये २ जना ५३ र ३३ वर्षका पुरूष तथा ३४ र ४० वर्षीया महिला छन् ।

त्यस्तै, मध्यनेपाल नगरपालिकामा आज ३ जना संक्रमित थप भएका छन् । संक्रमित हुने वडा नं. ४ र ७ की २२ र ६६ वर्षीया महिला र वडा नं. १ का २९ वर्षका पुरूष हुन् । दोर्दी गाँउपालिकाका ६ नं वडाका ९ जनामा ८ वर्षका बालक, १७, २१, २२, २३, २५, ,३८, ४९ र ५२ वर्षका पुरूष हुन । 

यसैगरी, क्होलासोथार गाँउपालिका– २ का एक जना ३५ वर्षीय पुरूष रहेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जगदिश मिश्रले दस्तखत गरी जारी गर्नु भएको विज्ञप्तिमा जनाएको छ । सो विज्ञप्ति अनुसार एक जना तनहूँ भानु नगरपालिका वडा नं. ३ घर भइ हाल लमजुङ बस्ने एकजना २१ वर्षीया महिला रहेकी छन् । 

No comments:

Post a Comment