एकै दिन थपिए ५० संक्रमित, जिल्लामा कुल सक्रमित संख्या ३६६ - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Thursday, May 20, 2021

एकै दिन थपिए ५० संक्रमित, जिल्लामा कुल सक्रमित संख्या ३६६

अन्तरङ्ग संवाददाता

बेसीशहर– लमजुङमा कोभिड– १९ बाट एकै दिन ५० जना संक्रमित थपिएका छन् । जिल्ला प्रशासन कार्यालयले एक विज्ञप्ति जारी गरी बिहीबार त्यसको जानकारी दिएको हो । योसँगै जिल्लामा कुल सक्रमित संख्या ३६६ पुगेको छ । यसअघि जेठ ३ गतेको एकै दिन ७२ जना संक्रमण पुष्टि भएको थियो । जिल्लामा यति धेरै संक्रमित पुष्टि भएको यो दोस्रो पटक हो । 

आज संक्रमित भएका मध्ये सबैभन्दा कम उमेरका १९ वर्षका पुरुष छन् भने ८३ वर्षीया महिला छन् । उनीहरू क्रमशः मर्स्र्याङ्दी गाउँपालिका– ३ र राइनास नगरपालिका– ९ का बासिन्दा हुन् । 

आज पुष्टि भएका संक्रमितहरूमध्ये सबैभन्दा धेरै ३० जना जिल्ला सदरमुकाम रहेको बेसीशहर नगरपालिकाका छन् । संक्रमितमध्ये १३ जना महिला रहेका छन् । त्यसैगरी, मर्स्याङ्दी गाउँपालिकामा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये महिला संख्या ४ जना रहेको छ । राइनास नगरपालिकामा ४ जना संक्रमितहरूमध्ये २ जना महिला छन् । 

त्यस्तै, मध्यनेपाल नगरपालिका र सुन्दरबजार नगरपालिकामा  २/२ जना संक्रमित पुष्टि भएकोमा दुवै नगरपालिकाका एक एक जना महिला संक्रमित भएको जिल्ला प्रशासन कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख   छ । उनीहरू क्रमशः वडानं– ७ की ४८ वर्षीया र वडानं– २ की ५३ वर्षीया महिला छन् । ती पालिकाका संक्रमित पुरुषको उमेर पनि क्रमशः वडानं– ६ का ३७ वर्षका पुरुष र वडानं– २ का ६० वर्षका पुरुष छन् । 

बेसीशहर नगरपालिकामा सबैभन्दा धेरै संक्रमित पुष्टि भएका वडामा– ७ र ८ रहेका छन् । ती वडामा ६/६ जना संक्रमित पुष्टि भएको छ । बेसीशहरको मुख्य बजार यिनै दुईवटा वडामा रहेको छ । उनीहंरू वडानं– ७ का ३८ र ५२ वर्षीया महिला, २३, २४, ५२ र ५६ वर्षका पुरुष छन् । त्यस्तै, वडानं– ८ का ३९ वर्षका एक पुरुष संक्रमित भएका छन् भने १७, २४, २७, ४२ र ५२ वर्षीया महिला संक्रमित छन् । 

यसैगरी, बेसीशहर नगरपालिका– १ का ५४१ र ५५ वर्षका पुरुष, वडानं– २ का ३८ र ७३ वर्षका पुरुष तथा २५ र२९ वर्षीया महिला छन् । वडानं– ४ का २० वर्षका पुरुष र २२ वर्षीया महिला, वडानं– ६ को २० वर्षीया दुई र २९ वर्षीया महिला छन् । यसैगरी, वडानं– ९ का ३३, ४० र ७४ वर्षका पुरुष, वडानं– १० का २८ र ४१ वर्षका पुरुष संक्रमित भएका छन् भने वडानं– ११ का ३५ र ४द्द वर्षका पुरुषमा संक्रमण पुष्टि भएको छ । 

राइनास नगरपालिका– ३ का ३६ वर्षका पुरुष तथा वडानं– ९ का ४४ वर्षका पुरुष र ६८ र ८३ वर्षीया महिलामा कोरोना संक्रमण भएको पुष्टि भएको हो । मस्र्याङ्दी गाउँपालिका– २ को ४५ वर्षीया महिला, वडानं– ३ का ३१, ३३ र ६० वर्षीया महिला छन् भने सोही वडाका १९? २२, २९, ३२, ५३, ५४, ५५ र ६३ वर्षीया महिला संक्रमित भएको पुष्टि हुन आएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जगदिश मिश्रद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा उल्लेख छ । मिश्रका अनुसार संक्रमितहरू सबै होमआइसोलेसनमा रहेका छन् र सबैको अवस्था सामान्य रहेको  छ ।

No comments:

Post a Comment