अन्तरङ्ग संवाददाता
काठमाडौं– प्रहरीले समाचार प्रकाशन गरेकै कारण पत्रकारलाई पक्राउ गरेपछि प्रेस काउन्सिल नेपालले आपत्ति व्यक्त गरेको छ । प्रेस काउन्सिल नेपालले विज्ञप्ति जारी गर्दै प्रेस पत्रकारमाथिको धरपकड स्वतन्त्रता विरोधी गतिविधि गरिनु संविधान र कानुन विपरीत भएको बैशाख १३ गते जनाएको हो ।
काउन्सिलले अदालतको आदेश पालना गर्न आग्रह गर्दै सरकारको ध्यानाकर्षण गरेको छ । पाटन उच्च अदालतको आदेशविपरित प्रहरीले उज्यालो नेटवर्क डटकमका पत्रकारलाई पक्राउ गरेको भन्दै प्रेस काउन्सिल नेपालले ध्यानाकर्षण गरेको हो । अघिल्लो दिन उक्त अनलाइनका अनिश तामाङ सहितका दुई जना पत्रकारलाई काठमाडौँ प्रहरी परिसरको टोलीले पक्राउ गरेको थियो ।
उक्त अनलाइनमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय गुप्तचर संस्था रअका प्रमुखबीच गोप्य लिखित सहमती भएको दावी गर्दै दस्ताबेज छापेको थियो ।
तर उक्त दस्तावेज फेक भएको निक्र्योलसहित प्रहरीले उज्यालो नेटवर्क डटकम अनलाइनका पत्रकारलाई खोजी गरिरहेको थियो । सोही बीचमा उच्च अदालत पाटनले पत्रकारलाई धरपकड नगर्न अन्तरिम आदेश विपरीत प्रहरीले पक्राउ गरेको थियो ।

No comments:
Post a Comment