पत्रकार महासंघको निर्वाचनमा : स्वतन्त्र बिचार - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Monday, April 5, 2021

पत्रकार महासंघको निर्वाचनमा : स्वतन्त्र बिचार

कुमार पौडेल

लमजुङ । देशमा हुने हरेक गतिविधि तथा सुचना पाउनु पर्ने हरेक आमनागरिको अधिकार हो । देशमा घटेका हरेक घटनाक्रम स्वतन्त्र तबरबाट सुचना सम्प्रेषण गर्नु एउटा पाटो पनि हो । विभिन्न कालखण्डमा सुचना सम्प्रेषण पनि हुदै आएको छ । 

जिल्लाको हकमा भने धेरै नै उथलपुथल नभएका पनि होइन । सञ्चारकर्मीहरू विभिन्न कालखण्डमा जोखिममा पर्दै सुचना सम्प्रेषणमा उत्तिकै सक्रिय भुमिकामा नदेखिएको पनि होइन । अहिले माहोल उत्तिकै तातिरहेको बेला पत्रकारहरूको छाता सगंठन नेपाल पत्रकार महासघ पनि एउटा छुट्टै माहोलमा छ । केन्द्र देखि प्रदेश अनि जिल्ला चुनाबी माहोलले तातिरहेको छ । जिल्लाको हकमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा लमजुङ हाँक्नका लागि दुईदशक अघिदेखि निरन्तर सक्रिय रुपमा लागि परेका विभिन्न कालखण्डमा जोखिम मोलेरै पत्रकारिता गरिरहनुभएका हस्तीहरू अहिले चुनाबी माहोल माहोमिनु भएको छ । यता प्रेस चौतारीबाट कुशल नेतृत्व समाल्दै नेपाल पत्रकार महासघं जिल्ला अध्यक्ष हाकिरहनु भएको आश गुरुङ(प्रतिक) पुनः अध्यक्ष पदका लागि उमेदवारी दिनुभएको छ । उहाँसँग राष्ट्रियस्तरका मिडियाहरूमा लामो समयदेखि काम गरेको अनुभव छ भने जिल्लाको रेडियो चौतारीमा स्थापना कालदेखि समाचार प्रमुखको भुमीकामा अब्बल भएर काम गरेको अनुभव समेत छ । 

त्यस्तै, अर्का प्रतिद्वन्द्वी प्रेश युनियनका कुशल पत्रकार परमेश्वर अधिकारी लामो समयदेखि नेपाल टेलिभिजनमा आबद्घ साथै विभिन्न राष्ट्रिय मिडियाहरूमा काम गरेको अनुभव छ साथै जिल्लामा रहेको रेडियो लमजुङमा स्थापना कालदेखि व्यवस्थापन प्रमुखको भुमिकामा अब्बल साबित गरिसक्नुभएको छ । अधिकारी सुन्दरबजार स्थित नमुना सामुदायिक अस्पतालको अध्यक्ष समेत हुनुहुन्छ । दुबै हस्तीहरू आ–आफ्नो स्थानबाट अब्बल हुनुहुन्छ ।

चुनाबी मैदानमा होमिएका दुबै अब्बल सञ्चारकर्मी, सञ्चारकर्मीमात्रै नभई सामाजीक सेवामा पनि उतिकै योगदान रहेको छ । गुरुङ र अधिकारी दुबैजना जन्मदिनमा बृक्षारोपण अभियानको अभियान्ता पनि हुनुहुन्छ । आश गुरुङले वितेको कार्यकालमा आफ्नो पक्षमा बुहमत नभएको कारणले काम गर्न नपाएको गुनासो गर्दै आउनु भएको छ भने उहाँले पत्रकारको व्यावसायिक हित र उन्नतिका लागि विभिन्न बुँदाको संकल्प प्रस्ताव समेत सार्वजनिक गर्नु भउको छ । 

उता, अध्यक्ष पदकै अर्का प्रत्यासी परमेश्वर अधिकारी जो गत निर्वाचनमा समेत घाइते हुनुुभएको हो– ले आफ्नो नेतृत्व स्वीकार्य भएमा महासंघको कार्यालयका लागि भवन निर्माणको एक सुत्रीय अभियान चाल्ने सोचमा देखिनु भएको छ । 

गुरुङ र अधिकारी कस्को नेतृत्व स्वीकार्य हुने हो ? मतदाता पत्रकारहरूले आफ्नो विवेक प्रयोग गरी योग्य नेतृत्व चयन गर्नु हुने विश्वास गर्दछु । 

(लेखक स् स्वतन्त्र पत्रकार संघ नेपाल, लमजुङ शाखाको निवर्तमान जिल्ला सचिव हुनुका साथै प्रदेश पार्षद हुुनुहुन्छ । – सं.) 

No comments:

Post a Comment