सिजनात्मक साकोसको सिर्जनात्मक कार्य - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Saturday, April 3, 2021

सिजनात्मक साकोसको सिर्जनात्मक कार्य

अन्तरङ्ग संवाददाता
भोटेओडार(लमजुङ)– ६४औं राष्ट्रिय सहकारी दिवसको पावन अवसरमा यहाँस्थित सिर्जनात्मक साकोसले बालप्रतिभा उजागर गर्नका लागि एक सिर्जनात्मक कार्य गरेको छ । आफ्नै आयोजनामा उक्त साकोसले माविस्तरीय हाजिरी जवाफ प्रतियोगिताको चैत २० गते सञ्चालन गरेको हो । 

सुन्दरबजार नगरपालिकाका उपमेयर ज्ञानु शाहको प्रमुख आतिथ्यतामा भएको उक्त प्रतियोगितामा साकोसका अध्यक्ष रामजी कँडेलको अध्यक्षतामा भएको हो । उक्त कार्यक्रममा साकोसको पूर्वअध्यक्ष तथा सल्लाकार कीर्तिनाथ सापकोटा, रेडियो भोटेओडारका अध्यक्ष तथा साकोसका संस्थापक एवं वर्तमन सल्लाहकार संयोजक हरिप्रसाद अधिकारी, पूर्वव्यवथास्पक किरण कुँवर लगायतको सहभागिता रहेको साकोसका व्यवस्थापक इन्द्रविलास सापकोटाले बताउनुभयो । उहाँका अनुसार नगरपालिकाको अन्तर माविस्तरीय प्रतियोगितामा आदर्शबाल मावि प्रथम भएको छ । 
प्रतियोगितामा विभिन्न १० विद्यालयले भाग लिएका थिए । तीमध्ये आदर्शबाल मावि प्रथम, भक्ति नमूना मावि द्वितीय र भुपु सैनिक आ.मा.वि. भोटेओडार तृतीय भएका हुन । विजयी छात्रछात्राले कार्यक्रमका प्रमुख अतिथि शाहले पुरस्कार र प्रमाणपत्र वितरण गर्नु भएको हो । पहिलो हुने टिमलाई नगद दश हजार, प्रमाण पत्र र ट्रफि प्राप्त भएको सह–सचिव सृजना बराल अधिकारीले जानकारी दिनुभयो । उहाँको अनुसार दोेस्रो हुने टिमलाई नगद सात हजार पाँचसय र पुरस्कार तेस्रो हुने टिमलाई पाँच हजार र पुरस्कार तथा ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ ।

No comments:

Post a Comment