नेपाली भाषा शिक्षकका लागि पेसागत विकास तालिम सुरु - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Tuesday, March 9, 2021

नेपाली भाषा शिक्षकका लागि पेसागत विकास तालिम सुरु

 


पोखरा । शिक्षा तालिम केन्द्र, गण्डकी प्रदेशले माध्यमिक तहका नेपाली भाषा शिक्षकहरूका लागि पेसागत विकास प्रमाणीकरण तालिम मङ्गलबारदेखि सुरु गरेको छ ।

शिक्षा तालिम केन्द्र, दमौली, तनहुँमा सुरु भएको तालिम १० सम्म सञ्चालन हुने छ । केन्द्रका तालिम प्रमुख नेपालहरि रानाभाटले तालिमको उद्‍घाटन गर्दै नेपाली विषयलाई गणित, अङ्ग्रेजी र विज्ञानजत्तिकै महत्त्व दिएर तालिम सञ्चालन गर्नुपर्नेमा आफू सचेत रहेको बताए । विद्यालय क्षेत्र विकास कार्यक्रमले यी ३ विषयलाई विशेष महत्त्व दिए पनि नेपाली विषयले थप महत्त्व राख्ने धारणाअनुसार वार्षिक कार्यतालिकामा नसमेटिएको अवस्थामा पनि विशेष पहल गरेर नेपाली विषयको पेसागत तालिम आयोजना गर्न सफल भएको जानकारी उनले दिए । बढुवा प्रयोजनका लागि प्राप्त हुने प्रमाणपत्रका लागि मात्र नभई व्यावहारिक परिवर्तनको साधनका रूपमा तालिम लिन शिक्षकहरूलाई उनले आग्रह गरे । तालिम प्रमुख रानाभाटले नेपाली भाषा शिक्षकहरू पनि आधुनिक प्रविधिसँग अद्यावधिक हुनुपर्नेमा जोड दिए । केन्द्रले आवश्यकताअनुसार आगामी दिनमा अनलाइन र अफलाइन दुवै मोडमा तालिम सञ्चालन गर्ने उनले जनाए ।

शाखा अधिकृत प्रकाश देवकोटाले स्वागत गर्दै अब बिस्तारै जनजीवन सामान्यीकरणतर्फ उन्मुख भइरहेकाले प्रत्यक्ष उपस्थित भएर तालिम सञ्चालन गर्न थालिएको बताए । अर्का शाखा अधिकृत विदुरहरि आचार्यले शिक्षणलाई प्रविधिसँग जोडेर अघि बढ्नका लागि तालिमले सघाउने विश्वास व्यक्त गरे ।

चैत ५ गते समापन हुने तालिममा गण्डकी प्रदेशका २७ जना नेपाली भाषा शिक्षकको सहभागिता रहेको छ ।

No comments:

Post a Comment