गोविन्दबहादुर कुँवरको कलमबाट– मेरो पाठकीय दृष्टिकोण : सामुदायिक क्याम्पस दर्पण - अन्तरङ्ग
1620215557

Monday, March 22, 2021

demo-image

गोविन्दबहादुर कुँवरको कलमबाट– मेरो पाठकीय दृष्टिकोण : सामुदायिक क्याम्पस दर्पण

अन्तरङ्ग  वर्ष– २९, अंक– ३० चैत ५ गते (०७७) प्रकाशित 

‘सामुदायिक क्याम्पस दर्पण’ लमजुङ जिल्लाका सामुदायिक क्याम्पसहरूको प्रोफाइल हो, यसको प्रकाशन नेपाल  पब्लिक क्याम्पस संघ, लमजुङले २०७४ साल चैत्रमा गरेको हो ।

Gb+kunwar

यसको सम्पादन समितिको संरक्षकमा धुर्बबहादुर कुँवर (अध्यक्ष, नेपाल  पब्लिक क्याम्पस संघ लमजुङ र ईश्वरीप्रसाद अधिकारी समेत सात जना सल्लाहकारहरू र प्रधान सम्पादकमा विनोद न्यौपाने तथा सम्पादकहरूमा विष्णु कुमार श्रेष्ठ समेत ७ जना रहेको पाइन्छ ।

१. सामुदायिक क्याम्पस दर्पणमा धु्रबबहादुर कुँवरको अध्यक्षतामा गठित नेपाल  पब्लिक क्याम्पस संघ, लमजुङको वर्तमान (२०७३)  कार्यसमिति र सल्लाहकार समितिको,

२. शालिग्राम अधिकारीको अध्यक्षतामा गठित नेपाल  पब्लिक क्याम्पस संघ २०७१ को कार्यसमिति र सल्लाहकार समितिको र

३. आनन्द घिमिरेको अध्यक्षतामा गठित  नेपाल  पब्लिक क्याम्पस संघ २०६६ को कार्यसमितिको नामावली पनि दिइएको छ ।

सामुदायिक क्याम्पस दर्पणमा निम्न महानुभावहरुका गहकिला मन्तव्य पढ्न पाइन्छ ।

१. विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा डा पराशर प्रसाद कोइराला, २. त्रिवि, उपकुलपति प्रा.डा. तीर्जराज खनिया,

३. नेपाल पब्लिक क्याम्पस संघका अध्यक्ष भोलानाथ ओझा

४. नेपाल पब्लिक क्याम्पस संघ ४ नं प्रदेशका अध्यक्ष बिरन्जी गौतम

५. नेपाल  पब्लिक क्याम्पस संघ, लमजुङका अध्यक्ष धु्रबबहादुर कुँवर आवरण पृष्ट सहित एक सय सो¥ह  पृष्ठमा फिँजिएको दर्पणको मन्तव्य पृष्टमा तीन जना महानुभावहरुको  बाहेक अरु तस्वीर छैनन्, यो राम्रो पक्ष हो । 

मेरो विचारमा  स्मारिका तस्वीरले सजाउनु वाहियात हो, मलाई त तस्वीर नभएको सादा पृष्ट नै राम्रो लाग्छ । मानिसले गरेका असल कामको  उच्च मूल्यांकन हुनुपर्छ । मानिस असल कामले चिनिन्छ, तस्वीरले चिनाउँदैन । तस्वीरले चिन्ने भनेको तस्वीर हेरिञ्जेल मात्र हो ।

‘सामुदायिक क्याम्पस दर्पण’ प्रकाशन गर्नुको उद्देश्य बारेमा प्रकाश पार्दै सम्पादकीयमा भनिएको छ, जिल्लामा रहेका सामुदायिक क्याम्पसहरूको भौतिक, शैक्षिक, प्रशासनिक लगायत समग्र गतिविधिलाई प्रकाशन गरी  समग्र जिल्लाको सामुदायिक क्याम्पस र उच्च शिक्षाको अवस्था झल्कने दस्तावेजको रुपमा यो ‘सामुदायिक क्याम्पस दर्पण’ प्रकाशन गरिएको हो ।

‘सामुदायिक क्याम्पस दर्पण’मा विरञ्ची गौतम, डा. विष्णुविलास अधिकारी, शालीग्राम अधिकारी, अनन्त ढु·ाना र महाप्रसाद हड्खलेका उच्च शिक्षा विषयक खोजमुलक तथा विचारमुलक पठनीय लेखहरू छन् ।

विनोद न्यौपानेको लमजुङको उच्चशिक्षा र सामुदायिक क्याम्पस लेखमा लमजुङ्गा  सरकारी र सामुदायिक क्याम्पसहरूको नालीबेली दिइएको छ । त्रि.वि.को सम्बन्धन प्राप्त गरी कुन्छामा २०२३ मा खुलेको पहिलो सामुदायिक क्याम्पस लमजुङ् इन्टर कलेज (जहाँबाट यो पंक्तिकारले पनि आइ. ए. पास गरेको थियो) २०३० मा पृथ्वीनारायण क्याम्पसमा गाभियो, २०३२ मा सुन्दरबजारमा (सरकारी) कृषि क्याम्पस खुलेको र २०४७ सालमा बेसीशहरमा पहिलो पब्लिक क्याम्पसको रुपमा मस्र्याङदी बहुमुखी क्याम्पस स्थापना भएको लगायत जिल्लाको साक्षरता र उच्च शिक्षाका सम्बन्धमा विविध सूचनामुलक जानकारी लेखमा समेटिएको छ ।

सामुदायिक क्याम्पस दर्पणमा निम्न उपशीर्षकमा जिल्लाका सात ओटै क्याम्पसको विस्तृत जानकारी पाउन सकिन्छ ।

१.क्याम्पसको ऐतिहासिक पृष्टभूमि

२. भौगोलिक अवस्थिति

३.  क्याम्पसको भौतिक पक्ष

४. क्याम्पसको सांगठनिक स्वरुप लमजुङ्गा सामुदायिक क्याम्पसको विवरण संक्षेपमा –

१. मस्र्याङ्दी बहुमुखी क्याम्पस 

स्थापना :  वि सं २०४७, अवस्थितिः  बेसीशहर– ७, लमजुङ्

फो नंः  ०६६– ५२०२१३/४१४

संस्थाको प्रकारः  सामुदायिक क्याम्पस

सम्बन्धन पाएको निकाय :  त्रि वि

अध्यापन हुने तह :  १०+२, स्नातक एवं स्नातकोत्तर तह

अध्यापन हुने संकाय : शिक्षा शास्त्र÷ व्यवस्थापन (होटल व्यवस्थापन सहित) ÷मानविकी, अध्यापन समय  : विहानी सत्र ( १०+२ र स्नातक) सन्ध्याकालीन सत्र (स्नातकोत्तर)

विद्यार्थी संख्या : १०५१,  शिक्षक संख्याः ३८


२. मातृभूमि क्याम्पस– 

स्थापना :  वि सं २०५५, अवस्थितिः  सुन्दरबजार– ७, लमजुङ्

फो नंः  ०६६–४०२०२२

संस्थाको प्रकार :  सामुदायिक क्याम्पस

सम्बन्धन पाएको निकाय : त्रि वि

अध्यापन हुने तह : स्नातक 

अध्यापन हुने संकाय : शिक्षा शास्त्र/व्यवस्थापन

अध्यापन समय  : विहानी सत्र

विद्यार्थी संख्या : १८२, शिक्षक संख्या ः २९


३. भक्ति आदर्श बहुमुखी क्याम्पस

स्थापना : वि सं २०५६

अवस्थिति : सुन्दरबजार– ९, भोटेओडार, लमजुङ्

फो नंः  ०६६–४०००१२

संस्थाको प्रकारः   सामुदायिक क्याम्पस

सम्बन्धन पाएको निकायः  त्रि वि

अध्यापन हुने तह : स्नातक

अध्यापन हुने संकाय : शिक्षा शास्त्र/व्यवस्थापन

अध्यापन समय  : विहानी सत्र

विद्यार्थी संख्या : १८३, शिक्षक संख्या : २३


४. इशानेश्वर बहुमुखी क्याम्पस

स्थापना :  वि सं २०५७

अवस्थितिः  मध्यनेपाल न पा, भोर्लेटार, लमजुङ्

फो नंः  ०६६–४१००३९

संस्थाको प्रकार : सामुदायिक क्याम्पस

सम्बन्धन पाएको निकाय : त्रि वि

अध्यापन हुने तह : स्नातक तह

अध्यापन हुने संकाय : शिक्षा शास्त्र/व्यवस्थापन

अध्यापन समय  : विहानी सत्र

विद्यार्थी संख्या : १०४, शिक्षक संख्याः १६


५. सर्वाेदय क्याम्पस

स्थापना :  वि सं २०६२

अवस्थितिः  सुन्दरबजार– ३, चन्द्रेश्वर, लमजुङ्

फो नंः  ९८५६०४६२८४

संस्थाको प्रकार : सामुदायिक क्याम्पस

सम्बन्धन पाएको निकाय : त्रि वि

अध्यापन हुने तह : स्नातक

अध्यापन हुने संकाय : शिक्षा शास्त्र

अध्यापन समय : विहानी सत्र

विद्यार्थी संख्या : ३०, शिक्षक संख्या ः ८


६. पुष्पलता जन एकता क्याम्पस

स्थापना :  वि सं २०६३

अवस्थितिः  मध्यनेपाल– ४,  दुईपिप्ले, लमजुङ्

फो नं. : ९८५६०३३४५७

संस्थाको प्रकार :  सामुदायिक क्याम्पस

सम्बन्धन पाएको निकाय : त्रि वि

अध्यापन हुने तह : स्नातक

अध्यापन हुने संकाय : शिक्षा शास्त्र÷ व्यवस्थापन

अध्यापन समय  : विहानी सत्र

विद्यार्थी संख्या : ६१, शिक्षक संख्या : ११


७. मंगला क्याम्पस

स्थापना :  वि सं २०२९६४

अवस्थिति :  मध्यनेपाल– ३, सोतीपसल, लमजुङ्

फो नं. : – ९८४६१८०१३५

संस्थाको प्रकारः  सामुदायिक क्याम्पस

सम्बन्धन पाएको निकायः  त्रि वि

अध्यापन हुने तह :  स्नातक

अध्यापन हुने संकाय : शिक्षा शास्त्र÷ व्यवस्थापन

अध्यापन समय  : विहानी सत्र

विद्यार्थी संख्या : ६५, शिक्षक संख्याः १४

‘सामुदायिक क्याम्पस दर्पण’ एउटा सुन्दर सानो आँखीझ्याल हो, जहाँबाट लमजुङ्गो उच्च शिक्षाको क्षितिज र त्यसको सेरोफेरो छर्ल· देखिन्छ । यसको प्रकाशनमा अगुवाइ गर्ने, खटेर लाग्ने र अनेक तवरले यसको प्रकाशनमा प्रत्यक्ष÷अप्रत्यक्ष सहयोग पु¥याउने सबै महानुभावहरूलाई बधाइ छ, उहाँहरू धन्यवादको पात्र हुनुहुन्छ । अस्तु 

No comments:

Post a Comment

Pages