मर्स्याङदी गाउँपालिकाद्वारा प्रथम पञ्चवर्षीय आवधिक योजना निमार्ण तयारी - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Friday, March 19, 2021

मर्स्याङदी गाउँपालिकाद्वारा प्रथम पञ्चवर्षीय आवधिक योजना निमार्ण तयारी

अन्तरङ्ग  वर्ष– २९, अंक– ३०,  चैत– ५ गते (०७७) प्रकाशित

भूलभूले– मर्स्याङदी गाउँपालिकाले प्रथम पञ्चवर्षीय आवधिक योजना बताउने तयारी गरेको छ । गाउँपालिकाले  स्थानीय परम्परागत सीप, ज्ञान र प्रविधिको मौलिकपनको जगमा टेकेर परिमार्जन गर्दै आधुनिक विकासको थालनी गर्ने अभिप्रायले प्रथम पञ्चवर्षीय आवधिक योजना निमार्ण गर्न लागेको हो । त्यसका लागि गाउँपालिकाले पालिकास्तरीय कार्यशाला गोष्ठी चैत २ गते गरी प्रक्रियाको थालनी गरेको छ ।

एक दिने कार्यशाला गोष्ठीको आयोजना गरी मर्स्याङदी गाउँपालिकाको आवधिक योजना निर्माण प्रक्रिया प्रराम्भ गरेको हो । संविधान सभा सदस्य जमिन्द्रमान घलेको प्रमुख आतिथ्यतामा गोष्ठी भएको हो । उहाँले हाम्रो मुलुकमा यस्ता योजना नभएकै कारणले विकास अलमलिएको बताउँदै निर्माण गर्न लागिएको योजनाले पालिकाको विकासमा नयाँ आयाम थप्ने बताउनु भयो । 

गाउँपालिका अध्यक्ष अर्जुन गुरुङको अध्यक्षतामा जनप्रतिनिधि, स्थानीय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि,सामाजिक संघ सस्थाका प्रमुख तथा प्रतिनिधि, प्र.अ.हरू, कानुनी सल्लाहकार, महिला, किसान, युवा तथा खेलकुद, अपांग संजालका अध्यक्षहरू लगायतको उपस्थितिमा सम्पन्न भएको छ । प्राज्ञिक व्यक्तित्व समाजशास्त्री प्रा.डा. मनहरी ढकाल, विकास विज्ञ डा. रामकुमार भण्डारी, कानुनी सल्लाहकार अधिवक्ता सुदर्शन जोशी, इन्जिनियर किशोर थापा, राजेन्द्र बोहरा लगायत व्यक्तित्वहरूको सहयोग तथा सहजीकरण निर्माण गरिन लागेको सो पालिकाका अध्यक्ष गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाले प्रथम पञ्च वर्षीय आवधिक योजना तयार गर्नका लागि यसअघि वडास्तरीय भेलाहरू आयोजना गरिएको थियो । उहाँका अनुासर चैत ८ गतेबाट १३ गतेसम्म वडास्तरीय भेला गरिएको हो । त्यहाँबाट प्राप्त सुझावलाई समेत ध्यानमा राखी योजना निर्माण गरिने नीति तय गरिएको उहाँको भनाई छ । 

गाउँपालिकाको सर्वाङ्गिण विकासका निमित्त सबै पक्ष समेट्ने उद्धेश्य सहित आवधिक योजना निमार्णका लागी पहिलो चरणमा पालिकास्तरीय गोष्ठि भएको गाउँपालिकाका अध्यक्ष गुरुङले बताउनु भयो ।  

सो अवसरमा स्थानीय जनप्रतिनिधी, वडामा क्रियाशील राजनीतिक दलहरू, विद्यालयका प्र.अ, व्यवसायी, नागरिक अगुवाहरू, वडामा रहेका सरकारी तथा गैरसरकारी कार्यलयका प्रमुख एवं प्रतिनिधी, टोल सुधारका प्रमुख एवं प्रतिनिधी, कृषक, महिला, युवा, दलित, बालवालिका, होमस्टेका प्रनिनिधी लगायतको सहभागीतामा उक्त गोष्ठी गरिएको गाउँपालिकाले जनाएको छ । 

No comments:

Post a Comment