बालप्रतिभा सम्मान– २०७७ मा ११ जना बालबालिका पुरस्कृत - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Thursday, January 14, 2021

बालप्रतिभा सम्मान– २०७७ मा ११ जना बालबालिका पुरस्कृत

अन्तरङ्ग संवाददाता

बेसीशहर– पाँच सय वाट क्षमताको लमजुङको पहिलो रेडियो चौतारी ९१.४ मेगाहर्ज मार्फत प्रत्येक शनिबार विहान प्रसारण हुँदै आएको फरक शैलीको कार्यक्रम सिर्जना चौतारीद्वारा बालप्रतिभा सम्मान– २०७७ अन्तरगत ११ जना बालबालिका पुरस्कृत भएका छन् । सिर्जना चौतारीको ७५औँ अंक अर्थात हिरक शृंखलाको उपलक्ष्य तथा चौतारी रेडियो सञ्चालन गर्ने हिमाल सूचना तथा सञ्चार सहकारी संस्थाको १०औं बार्षिक साधारण सभाको पावन अवसरमा आयोजना गरिएको उक्त कार्यक्रमको पुस २९ गते बेसीशहरमा गरिएको हो । 

बाल सम्मान कार्यक्रमको कविता प्रतियोगितातर्फ कुसुमाकर मावि रामबजारका करुणा भट्टराई पहिला, सर्वोदय मावि दुराडाँडाका भावना मिश्र दोस्रा, बुद्धमेमोरियल आमावि बेसीशहरका अपूर्वराज पहाडी तेस्रा भएका थिए । त्यस्तै, सो प्रतियोगितामा सान्त्वना स्थान हासिल गर्नेमा अर्थ्ली आमावि बेसीशहरका रक्षा घिमिरे र जनकल्याण मावि उदिपुरका जमुना मजाकोटी रहेको कविताको निर्णायक समितिमा संयोजक साहित्यकार एवम् मस्र्याङ्दी बहुमुखी क्याम्पसका सहप्राध्यापक शालिग्राम अधिकारीले बताउनु भयो । त्यस्तै, गीतमा जनकल्याण मावि उदीपुरका सपना तामाङ पहिला, शिशुविद्याश्रम मावि तीनपिप्लेका रोशन कुमाल द्वितीय, यशोब्रह्म मावि गाउँशहरका रश्मिता रानामगर तेस्रा भएका थिए । यसैगरी, शिशुविद्याश्रमका आशिका कुमाल र सविना विक तथा अर्थ्ली आमाविका वर्षा गुरूङले सान्त्वना स्थान हासिल गरेको लोकगीत प्रतियोगिताको मुल्यांकन समितिको संयोजक राष्ट्यि लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, लमजुङ शाखाका अध्यक्ष अनुज अधिकारीले जानकारी दिनुभयो । कवितामा ३९ जना र गीतमा ६ जनाले भाग लिएको सिर्जना चौतारी कार्यक्रममा प्रस्तोता नवराज पहाडीले बताउनु भएको छ । उहाँका अनुसार अब यस्तो प्रतियोगिता सिर्जना चौतारीको १००औं शृंखलामा पुनः सञ्चालन गरिने छ । 

बालप्रतिभा सम्मान– २०७७ अन्तरगत अन्तरविद्यालय स्तरीय बालकविता तथा लोक गीत प्रतियोगिता गरिएको थियो । सो प्रतियोगितामा विजेता बालबालिकालाई सहकारीको साधारण सभाको उदघाटनका अवसरमा सम्मानका साथ पुरस्कार प्रदान गरिएको हो । बालबालिकालाई रेडियो सञ्चालक समितिका अध्यक्ष ईश्वरबाबु पाण्डे र संस्थापक अध्यक्ष राजेन्द्र बोहोराले पुरस्कार वितरण गर्नु भएको हो । 

बाल सम्मान कार्यक्रमको कविता प्रतियोगितातर्फ कुसुमाकर मावि रामबजारका करुणा भट्टराई पहिला, सर्वोदय मावि दुराडाँडाका भावना मिश्र दोस्रा, बुद्धमेमोरियल आमावि बेसीशहरका अपूर्वराज पहाडी तेस्रा भएका थिए । त्यस्तै, सो प्रतियोगितामा सान्त्वना स्थान हासिल गर्नेमा अर्थ्ली आमावि बेसीशहरका रक्षा घिमिरे र जनकल्याण मावि उदिपुरका जमुना मजाकोटी रहेको कविताको निर्णायक समितिमा संयोजक साहित्यकार एवम् मस्र्याङ्दी बहुमुखी क्याम्पसका सहप्राध्यापक शालिग्राम अधिकारीले बताउनु भयो । त्यस्तै, गीतमा जनकल्याण मावि उदीपुरका सपना तामाङ पहिला, शिशुविद्याश्रम मावि तीनपिप्लेका रोशन कुमाल द्वितीय, यशोब्रह्म मावि गाउँशहरका रश्मिता रानामगर तेस्रा भएका थिए । यसैगरी, शिशुविद्याश्रमका आशिका कुमाल र सविना विक तथा अर्थ्ली आमाविका वर्षा गुरूङले सान्त्वना स्थान हासिल गरेको लोकगीत प्रतियोगिताको मुल्यांकन समितिको संयोजक राष्ट्यि लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, लमजुङ शाखाका अध्यक्ष अनुज अधिकारीले जानकारी दिनुभयो । 

कवितामा ३९ जना र गीतमा ६ जनाले भाग लिएको सिर्जना चौतारी कार्यक्रममा प्रस्तोता नवराज पहाडीले बताउनु भएको छ । उहाँका अनुसार अब यस्तो प्रतियोगिता सिर्जना चौतारीको १००औं शृंखलामा पुनः सञ्चालन गरिने छ । 

कवितामा ३९ जना र गीतमा ६ जनाले भाग लिएको सिर्जना चौतारी कार्यक्रममा प्रस्तोता नवराज पहाडीले बताउनु भएको छ । उहाँका अनुसार अब यस्तो प्रतियोगिता सिर्जना चौतारीको १००औं शृंखलामा पुनः सञ्चालन गरिने छ । 

उक्त अवसरमा सिर्जना चौतारी कार्यक्रममा विशेष सहयोग गरी आउनु भएका साहित्यकार एवम् ठाडोभाका लोककला प्रतिष्ठान नेपालका कार्यकारी सदस्य नोर्देन तामाङलाई कदरपत्रद्वारा सम्मान गरिएको थियो । यसैगरी कविता निर्णायकहरू क्रमशः शालिग्राम अधिकारी, ईन्द्रबहादुर सुयल, नवराज पहाडी तथा र गीतका निर्णयकर्ताहरू अनुज अधिकारी, आश गुरुङ र बेलिना थापालाई पनि कदर पत्रद्वारा सम्मान गरिएको थियो ।  

साप्ताहिक रुपमा प्रशारण हुने सिर्जना चौतारी कार्यक्रम रहेक शनिबार विहान ८ः१५ बजेदेखि ९ बजेसम्म प्रशारण हुन्छ भने बुधबार दिउँसो ३.१५ बजे पुनः प्रशारण हुने गरेको छ । सो कार्यक्रम अन्तरगत बाल प्रतिभाको प्रशारण कार्यक्रम प्रत्येक महिनाको दोस्रो शनिबार हुने गरेको छ । बालप्रतिभामा खासगरी विद्यलयस्तरमा पढ्ने छात्रछात्राहरूलाई उनीहरूको कविता तथा लोकगीत र राष्ट्यि गीत मध्ये कुनै एकमा आफ्नो प्रतिभा देखाउने मौका दिने गरिएको छ । त्यस कार्यक्रमको रेकर्ड पहिलो शनिबार गर्ने गरिन्छ । बेसीशहर बाहिरका सहभागीहरूलाई उनीहरूको मोवाइलमा सम्पर्क गरी रेकर्ड गर्ने प्रवन्ध रेडियोबाट गरिएको छ । 

No comments:

Post a Comment