लमजुङकी चेली वरिष्ठ गायिका हरीदेवी कोइराला बेसीशहरमा, नेपाल संगीत तथा नाट्य प्रतिष्ठान र ठाडोभाका लोककला प्रतिष्ठान नेपालको सहकार्यमा ठाडोभाकाको रेकर्ड गरिने - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Thursday, November 5, 2020

लमजुङकी चेली वरिष्ठ गायिका हरीदेवी कोइराला बेसीशहरमा, नेपाल संगीत तथा नाट्य प्रतिष्ठान र ठाडोभाका लोककला प्रतिष्ठान नेपालको सहकार्यमा ठाडोभाकाको रेकर्ड गरिने

अन्तरङ्ग संवाददाता

बेसीशहर– लमजुङको पहिचान र गौरवको रुपमा रहेको तर लोपोन्मुख अवस्थामा पुगेको ठाडोभाका संरक्षणका लागि नेपाल संगीत तथा नाट्य प्रतिष्ठान र ठाडोभाका लोककला प्रतिष्ठान नेपालका बीच सहकार्य हुने भएको छ । उक्त गीतको खोज एवम् संरक्षणका लागि दुई प्रतिष्ठानका बीचमा सहकार्य हुने भएको हो ।

त्यसबारेमा नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका प्राज्ञ एवम् लोक विभागका संयोजक वरिष्ठ लोकगायिका हरिदेवी कोइरालाको प्रमुख आतिथ्यतामा लक्ष्मीनारायण सामुदायिक पुस्ताकालयको सभाकक्षमा भएको संयुक्त बैठकले उक्त कार्यक्रम आउदो मंसिर महिनाको दोस्रो सातामा सञ्चालन गर्ने निर्णय गरिएको छ । त्यसका लागि ठाडोभाकाको पुराना र नयाँ पुस्ताका गायकका बीचमा समायोजन हुनेगरी चार समूह छनौट गरिने भएको छ । 

 वरिष्ठ लोकगायिका हरीदेवी कोइरालाले ठाडोभाकाले लोकसंगीतको क्षेत्रमा लमजुङको मात्र नभई देशकै पहिचान र गौरव बोकेको बताउनु भयो । उहाँले लोपोन्मुख अवस्थामा पुग्न लागेको यो भाकाको खोज अनुसन्धान र संरक्षण गर्नु पर्छ भन्ने धेयका साथ गत वर्षनै आफूले गरेको प्रतिवद्धता अनुसार यो वर्ष २ वटा कार्यक्रम लमजुङमा पारेको बताउनुभयो । 

गीत रेकर्ड स्थल छनौटका साथै गायक समूहको छनौटको जिम्मा ठाडोभाका लोककला प्रतिष्ठान नेपालले लिएको छ । उक्त कार्यक्रमलाई प्रभावकारी एवम् उपलब्धीपूर्ण बनाउन तीन तीन जना सदस्य रहेको पाँच वटा विभिन्न उपसमिति गठन गरिएको छ । कार्यक्रम संयोजन उपसमितिको संयोजकमा नवराज पहाडी सदस्यद्वयमा रुद्रनिधि तिवारी र राजु थापा हुनुहुन्छ । यसैगरी, संस्कृति उपसमितिको संयोजकमा बुद्धिमान दुरा धम्पु सदस्यमा सीता दुरा र चित्र दुरा, प्रचार प्रसार उपसमितिको संयोजकमा कृष्ण आले, सदस्यमा डिबी मजाकोटी र कुमारी तामाङ, स्वागत सत्कार उपसमितिको संयोजकमा शोभा थापा र सदस्यमा अमृता असीम र सुधा ढकाल रहनु भएको छ । त्यस्तै, मञ्चव्यवस्थापन समितिको संयोजकमा संयोग लामिछाने सदस्यमा नोर्देन तामाङ र सोमराज बराल रहनु भएको प्रतिष्ठानका सचिव कृष्ण आलेले बताउनु भयो । 

उक्त अवसरमा वरिष्ठ लोकगायिका हरीदेवी कोइरालाले ठाडोभाकाले लोकसंगीतको क्षेत्रमा लमजुङको मात्र नभई देशकै पहिचान र गौरव बोकेको बताउनु भयो । उहाँले लोपोन्मुख अवस्थामा पुग्न लागेको यो भाकाको खोज अनुसन्धान र संरक्षण गर्नु पर्छ भन्ने धेयका साथ गत वर्षनै आफूले गरेको प्रतिवद्धता अनुसार यो वर्ष २ वटा कार्यक्रम लमजुङमा पारेको बताउनुभयो । त्यसमध्ये एउटा ठाडोभाकाको स्थापनाकालदेखिको आजका अवस्थासम्मको अनुसन्धानमूलक सोधपत्र लेखन गर्ने र अर्को त्यो भाका कस्तो हो त ? भन्नेहरूका लागि देखाउन ठाडोभाकाका उत्कष्ठ तर समावेसी गायक गायिकाहरूको चार समूहको रेकर्ड गर्ने कार्यक्रम रहेको जानकारी दिनु भयो । उहाँले यस्ता कार्यक्रम लिएर आफूलाई कलाकारको रुपमा जन्माउने लमजुङमा आउन पाउँदा गर्वको अनुभव भएको बताउनु भयो । उहाँले आफू लमजुङको लोकभाका संस्कृतिको खोज, संरक्षण र प्रवद्र्धनका कार्यमा सदैव सँगै रहने प्रतिवद्धता दोहोेर्याउनु भयो ।

कार्यक्रममा ठाडोभाका लोककला प्रतिष्ठान नेपालका अध्यक्ष नवराज पहाडीले प्रतिष्ठानको स्थापनाकालीन इतिहासदेखि वर्तमानको स्थितिका बारेमा प्रकाश पार्नु भएको थियो । उहाँले कार्यक्रमको उद्देश्यमा प्रकाश पर्दै ठाडोभाकाको संरक्षणमा यो कार्यक्रम कोशेढुंगा हुने बताउनु भयो । ठाडोभाका लोककला प्रतिष्ठानका संरक्षक बुद्धिमान दुरा धम्पुले लमजुङमा चेली हरीदेवी कोइरालालाई पाउदा गर्वको अनुभव भएको बताउँदै कार्यक्रमलाई उपलब्धीपूर्ण बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । 

यसैगरी, प्रतिष्ठानका सल्लाहकार शालिग्राम अधिकारीले प्रतिष्ठानले बल्ल सही गन्तव्य लिन थालेको अनुभव भएको छ प्रस्तावित कार्यक्रमले लमजुङको शिर उचा बनाउन र ठाडोभाकाको प्रवद्र्धनका लागि थप योगदान पुग्ने छ भन्नुभयो । 

ठाडोभाका लोककला प्रतिष्ठान नेपालका अध्यक्ष नवराज पहाडीको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष शोभा थापाले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने कोषाध्यक्ष अमृता असीम, सदस्यहरू रुद्रनिधि तिवारी, राजु थापा, दलबहादुर मजाकोटी, कुमारी तामाङ आदिले आ– आफ्नो धारणा राख्नु भएको थियो । उक्त कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव कृष्ण आलेले गर्नु भएको थियो । 


No comments:

Post a Comment