कोभिड ग्रस्त कलाकार मनोज गजुरेलको स्वास्थ्यलाभको कामना गर्दै पूर्वपत्नी मीनाले लेखिन् मनछुने स्टाटस - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Thursday, November 12, 2020

कोभिड ग्रस्त कलाकार मनोज गजुरेलको स्वास्थ्यलाभको कामना गर्दै पूर्वपत्नी मीनाले लेखिन् मनछुने स्टाटस

अन्तरङ्गको वर्ष–  २९, अंक– १३, मिति कार्तिक २७ गते, २०७७ मा प्रकाशित 

काठमाडौं– नेपाली कला क्षेत्रका हस्ती चर्चित हास्यकलाकार मनोज गजुरेल कोरोना संक्रमणका कारण आईसियुमा उपचाररत छन् । मनोजको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको समाचारहरूले यतिबेला शुभचिन्तक लगायतले उनको स्वास्थ्यलाभको कामना गरिरहेका छन् । उनका शुभचिन्तकहरू निकै निराश बनेको उनको अवस्था सुधारोन्मुख रहेको छ । 

मेरा दुई सन्तानको जन्मदाताको रुपमा आज पनि म तिमीलाई उत्तीकै सम्मान गर्छु र माया गर्छु । आज तिमी आईसियुमा उपचारारत छौ भन्ने समाचारले मलाई विक्षिप्त बनायो । जतिसुकै मनमुटाव भएको भएपनि तिमी सिकिस्त भएको म सहन नसक्ने नै रहेछु आज महसुस भईरहेछ । म तिम्रो सुस्वास्थ्यको लागि भगवानसंग प्रार्थना गर्दछु ।

उनै कलाकार गजुरेलकी पूर्वपत्नी मीना ढकालले सामाजिक सञ्जालमा मनछुने स्टाटस कार्तिक २१ गते लेखेकी छन् । ‘मैले बिसौँ तीजमा निराहार ब्रत बसेकी छु तिम्रो लागि, मनोज तिमी उठ, छोराछोरी तिम्रो बाटो कुरेर बसेका छन्’ तिमी आईसियुमा उपचारारत रहेको समाचारले आफूलाई विक्षिप्त बनाएको छ ।’ यस्तो छ ढकालको फेसबुक स्टाटसको पूर्ण विवरण–

‘जिन्दगीले जुनसुकै मोड अख्तियार गरेको भएपनि तिमी कुनै समयको मेरो प्रेमी थियौ । मेरो आफ्नै जन्मदातालाई भन्दा बढी प्रेम तिमीलाई गरेरै तिमीसंग एकाकार भएकी थिएँ । हामी एक भएका थियौँ र म परम्परा अनुसार तिम्रो सिंदुरको ऋणी भएकी थिएँ । तिम्रो सेवालाई मेरो परम धर्म ठानेर तिमीसंग मैले जीवनका वीसौँ बर्ष पार गरेकी छु । तिम्रो र मेरो आत्मियताका साक्षी दुई प्राण छोरा र छोरी जन्माएकी छु । केही अपवादलाई बाहिर राखेर र मेरा केही खुशीहरूको गला रेटेरै पनि मैले तिमीलाई मेरो सिंगो जिन्दगी अर्पण गरेकी थिएँ । भलै समयले तिम्रो र मेरो बीचमा दुरी ल्यायो होला फेरीपनि मेरा दुई सन्तानको जन्मदाताको रुपमा आज पनि म तिमीलाई उत्तीकै सम्मान गर्छु र माया गर्छु । आज तिमी आईसियुमा उपचारारत छौ भन्ने समाचारले मलाई विक्षिप्त बनायो । जतिसुकै मनमुटाव भएको भएपनि तिमी सिकिस्त भएको म सहन नसक्ने नै रहेछु आज महसुस भईरहेछ ।

म तिम्रो सुस्वास्थ्यको लागि भगवानसंग प्रार्थना गर्दछु । तिम्रो जीवनसंग मेरा दुई सन्तान पनि जोडिएका छन् । तिमी ठीक छौ र त उनीहरू ढुक्क छन, सुरक्षित छन । छुट्टै भएपनि टाढै भएपनि तिम्रो सलामतीले मात्रै मेरा सन्तान सलामत छन्, म यो रियलाईज गरिरहेछु ।

मेरो प्रार्थना सुन्छन भगवानले, तिमी छिटै अस्पतालबाट डिस्चार्ज हुनेछौ र बाबुनानीको सामिप्यतामा पुग्नेछौ भन्ने आशामा छु । मनोज गजुरेल, तिमी छिटै हार मान्ने मान्छे होइनौ– मैले बीसौँ तीजमा निराहार व्रत बसेकी छु तिम्रो लागि । आज पनि तिम्रो दीर्घायुको कामना गर्न छोडेकी छैन । छोराछोरी तिम्रो प्रतिक्षामा छन् ... । तिमी र म वीच जस्तासुकै व्यवहारिक बेमेल भएपनि तिम्रो जीवन मेरो लागि महत्वपूर्ण छ, हार नमानिदेउ । छिटै रिकभर भएर घर पुगेको देख्न पाउँ !’

– उही तिमीलाई आयुश्मान भएको देख्न चाहने तिम्री पूर्व अर्धा·ीनी !

No comments:

Post a Comment