उदिपुरमा रात्री बस दुर्घटना : एक जनाको मृत्यु, चार जना घाइते - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Saturday, October 3, 2020

उदिपुरमा रात्री बस दुर्घटना : एक जनाको मृत्यु, चार जना घाइते

विष्णुकुमार श्रेष्ठ/व्यूरो प्रमुख, अन्तरङ्ग

सुन्दरबजार– लमजुङको उदिपुरमा रात्री बस दुर्घटना भएको छ । असोज १७ गते साँझ ७ः४५ बजे भएको दुर्घटनामा चार जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये एक जनाको मृत्यु भएको तर सनाखत हुन बाँकी रहेको प्रहरीले जर्नाको छ । 

जिल्ला सदरमुकाम बेसीहरबाट वीरगंज जादै गरेको ग १ ख ६५०१ नम्बरको  यात्रु बाहक बस बेसीशहर नगरपालिका– १ उदिपुरमा बेलुका ७ः४५ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ । सो घट्नामा चार जना घाइतेको उद्दार भएको र घाइतेहरुको लमजुङ सामुदायिक अस्पतालमा उपचारका लागि पठाइएको उदिपुर स्थित अस्थाई प्रहरी बिटका इन्चार्ज प्रहरी हवल्दार दिपेन्द्रराज पन्तले बताउनु भयो । उहाँका अनुसार उद्दार कार्य जारी रहेको छ र थप विवरण आउन बाँकी छ । बसका चालक सम्पर्क बाहिर रहेको हुँदा यात्रुको संख्या कति थियो र घाइते कति छन सो को बिस्तृत विवरण आउन बाकी रहेको यात्रुका साथै चालकको खोजी कार्य जारी रहेको प्रहरी हवल्दार पन्तले जानकारी दिनुभयो । प्रहरीका अनुसार मृतकको सनाखत हुन बाँकी छ ।

No comments:

Post a Comment