अन्तरङ्ग संवाददाता
लमजुङ । लमजुङको बेसीशहर नगरपालिका– ६ मा कोभिड– १९ संक्रमणलाई न्यूनीकरणका लागि नेपाल तरुण दलले घर परिवारका सदस्यहरुका लागि स्वास्थ्य सुरक्षा सामग्री बितरण गरेको छ । तरुण दलको वडा समितिले वडाका घर परिवारका सदस्यहरूलाई मास्क, साबुन र स्यानीटाइजर बितरण गरेको हो ।
नेपाल तरुण दलको ६ नं वडाका सभापति नारायण आलेको अध्यक्षतामा समितिका पदाधिकारीहरूले बेसीशहर नगरपालिका ६ को टोलटोलमा गएर घर परिवारका सदस्यहरूलाई मास्क, साबुन बितरण गरेको थियो । नागरिकहरुको स्वास्थ्य सुरक्षाका लागि वडा नं. ६ को तरुण दलले गरेको कार्य उदाहरणीय भएको नेपाल तरुण दल लमजुङका सचिव सुरेश पाण्डेले बताउनु भयो । करिव ४० हजार रुपैयाँको स्वास्थ्य सुरक्षा सामग्रीहरु वडा नं. ६ तरुण दलले व्यवस्थापन गरेको तरुण दल वडा नं. ६ का उपसभापति सुजन राउतले जानकारी दिनुभयो । उहाँका अनुसार दलले तीन दिनसम्म लगातर सञ्चालन भएको स्वास्थ्य सामग्री विरतणमा नेपाल तरुण दल लमजुङका सचिव सुरेश पाण्डे, नेपाल तरुण दल बेसीशहर नगरपालिकाका सभापति विशाल अधिकारी, शिक्षक संघ लमजुङका निवर्तमान सचिव राजु राउत, नेपाली कांग्रेस क्षेत्रीय सदस्य नारायण रिमाल, तरुण दलका पदाधिकारीहरुको सहभागिता थियो ।
No comments:
Post a Comment