थप १० जनामा कोरोना संक्रमण पुष्टि - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Thursday, October 1, 2020

थप १० जनामा कोरोना संक्रमण पुष्टि

अन्तरङ्ग संवाददाता 

बेसीशहर- लमजुङमा १० जनामा कोरोना भाइरस (कोभिड- १९) संक्रमित थपिएका छन् । कोरोना भाइरस परीक्षणका लागि स्वाब संकलन गरी पोखरा पठाइएका ७ जना पुरुष र ३ जना महिलामा कोरोना संक्रमण असोज १५ गते पुष्टि भएको हो ।

आज १० जना थप भएसँगै लमजुङ जिल्लामा कोरोना संक्रमितको संख्या ३ सय ९० पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । तीमध्ये ८७ जना महिला ३ सय ३ जना पुरुष हुन् । नयाँ संक्रमितमा दूधपोखरी गाउँपालिका- २ का २९ वर्षीय पुरुष, मध्यनेपाल नगरपालिका- ६ का २२ वर्षीय, ४९ वर्षीय पुरुष, वडा नं. ६ कै ३२, ३० र १९ वर्षीया महिला, बेसीशहर नगरपालिका- ७ का ३२, २१ र २७ वर्षीय पुरुष र वडा नं. ८ का २७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।      

दूधपोखरी २ का २९ वर्षीय पुरुष र मध्यनेपाल नगरपालिका ६ का २२ वर्षीय पुरुष भारतबाट आएर क्वारेन्टाइनमा बसेका व्यक्ति भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताउनु भयो । उहाँका अनुसार बाँकी ८ जनाको कन्ट्रयाक टे्रसिङको आधारमा स्वाव संकलन गरि कोरोना परिक्षण गरिएकामा कोरोना संक्रमण पुष्टि भएको हो । उहाँहरू सवैलाई आइसोेलेसन लगिएको जिल्ला प्रशासन कार्यलयले जनाएको छ ।

जिल्लामा कोरोना संक्रमण पुष्टि भएका कुल ३ सय ९० जना मध्य ३ सय १५ जना कोरोना जितेर निको भई घरमा फर्किसकेका छन् । हाल आइसोलेसनमा १७ जना महिला र ५८ जना पुरुष गरी ७५ जना मात्र रहेको प्रशासनको भनाई छ । प्रशासनका अनुसार संक्रमितहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

No comments:

Post a Comment