काठमाडौं– म्युजिक भिडिओमा राष्ट्रिय झण्डा जलाउने समूहका नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न युनिटबाट खटिएको टोलीले काठमाडौंबाट भदौ ३ गतेसम्म नौ जनालाई पक्राउ गरेको हो ।
‘देशद्रोही’ नामको गीतमा राष्ट्रिय झण्डा जलाएको दृश्य ‘मङगोल हप’ नामक युट्युब च्यानलबाट भदौ
१ गते सार्वजनिक गरिएको थियो । राष्ट्रिय झण्डा जलाउने कार्यको चौतर्फी टिकाटिप्पणी हुन थाले भएपछि नेपाल प्रहरीले आफ्ना विभिन्न युनिटहरूबाट प्रहरी परिचालन गरी त्यस कार्यमा संलग्नहरूलाई पक्राउ गरेको हो । नेपाल प्रहरीले जारी गरेको विज्ञप्तिमा अहिलेसम्म नौ जना पक्राउ परेको उल्लेख छ । अन्य चार जनालाई केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले पक्राउ गरेको हो । सो भिडियो मकवानपुरको एक विद्यालयमा छायांकन गरेको खुलेको छ ।
उक्त घटनामा संलग्न सबैको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

No comments:
Post a Comment