भर्चुअल मोडमा गजल र लघुकथा वाचन - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Saturday, August 29, 2020

भर्चुअल मोडमा गजल र लघुकथा वाचन

 पोखरा । पोखराका २ संस्थाहरुले छुट्टाछुट्टै कार्यक्रममा गजल र लघुकथा वाचन सम्पन्न गरेका छन् । हरेक महिनाकाे दोस्रो शनिबार नियमित कार्यक्रम सञ्चालन गर्दै आएका गजल सन्ध्या पोखरा र लघुकथा प्रतिष्ठानले भर्चुअल मोडबाटै गजल र लघुकथा वाचन कार्यक्रम सम्पन्न गरेका हुन् ।

गजल सन्ध्या पोखराको १०६ औँ नियमित गजल वाचन कार्यक्रम शनिबार सम्पन्न भएको छ । सन्ध्याका उपाध्यक्ष वसन्त विनोदको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष दिलिप दोषीपूर्व अध्यक्ष रुपिन्द्र प्रभावीपूर्व अध्यक्ष कपिल शर्मागजल मञ्च चितवनका पूर्व अध्यक्ष रमेश प्रभातसदस्य अम्बिका कार्कीरामकुमार श्रेष्ठ फुच्चेवासुदेव ठकुरीविनोद परिवर्तितसागर पाण्डेकेआरढकालपरिविक्रमविनोदबाबु अधिकारीयमराज खड्कासङ्कल्प ढकालमनिष गौतमलगायतले आफ्ना गजल वाचन गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव त्रुपकले गरेका थिए ।



सन्ध्याले हरेक महिनाको दोस्रो शनिबार नियमित रुपमा गजल वाचन गर्दै आएको छ । कोभिड-१९ का कारण विगत केही महिनादेखि भर्चुअल मोडमै गजल वाचन हुँदै आएको सचिव त्रुपकले जानकारी दिए ।

यस्तै

लघुकथा प्रतिष्ठान, पोखराको नियमित लघुकथा वाचन कार्यव्रmमको २७ औँ शृङ्खला शनिबार सम्पन्न भएको छ ।

भर्चुअल मोडबाट भएको कार्यक्रम प्रतिष्ठानका उपाध्यक्ष लक्ष्मण थापाको अध्यक्षतामा भएको थियो । कार्यक्रममा उद्धव प्याकुरेल, शेखरकुमार श्रेष्ठ, हेमलता उप्रेती, विष्णु बास्तोला, गंगा आचार्य सापकोटा, प्रभादेवी पौड्याल, रचना शर्मा, गीता तिवारी, लक्ष्मी देवकोटा, तारा भट्टराई, सरिता अर्याल, रामकुमार पण्डित क्षेत्री, नारायण मरासिनी, लक्ष्मण थापा, रुपिन्द्र प्रभावी, कल्याण पन्त, मन्दिरा मधुश्री, हरिप्रसाद भण्डारी, डा. पुष्करराज भट्ट, खेमराज पोखरेललगायतले आफ्ना लघुकथा वाचन गरेका थिए ।

वाचित लघुकथाको समीक्षा गर्दै हाल संयुक्त राज्य अमेरिकावासी समीक्षक खेमराज पोखरेलले वाचित लघुकथाहरुले वर्तमान समयलाई सम्बोधन गरेका बताए । उनले कार्यक्रममा प्रस्तुत भएका लघुकथाहरुले नेपाली लघुकथाको सुनौलो भविष्य सङ्केत गरेको बताए ।



लघु्कथा समाजका सदस्य डा. पुष्करराज भट्टले नेपाली लघुकथामा देखिएका अन्यौल क्रमिक रुपमा आजका लघुकथाहरुले चिर्दै लगेको बताए । नेपाली लघुकथामा विद्यावारिधि गरेका प्रथम नेपालीसमेत रहेका डा. भट्टले गण्डकी प्रदेशका मात्र नभई समग्र विश्वकै नेपाली लघुकथाहरुलाई एकै मोडमा सुन्न सकिने व्यवस्था लघुकथा प्रतिष्ठान पोखराले गरेको भन्दै यस्तै गतिविधिले लघुकथाको उन्नयन सघाउ पुर्‍याउने धारणा राखे ।

आख्यान साहित्य सिर्जना, साहित्यिक उन्नयन र भाषिक, साँस्कृतिक खोज, अन्वेषण गर्दै लघुकथा लेखन र वाचनकलाको अभिवृद्धि र विस्तार गर्ने उद्देश्यले हरेक महिनाको दोस्रो शनिबार लघुकथा वाचन गर्दै आएको सचिव कल्याण पन्तले जानकारी दिए ।

 


No comments:

Post a Comment