लमजुङमा कोरोना संक्रमित संख्या दुई मात्र - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Saturday, August 8, 2020

लमजुङमा कोरोना संक्रमित संख्या दुई मात्र

लमजुङमा कोरोना संक्रमित संख्या दुई मात्र

अन्तरङ्ग संवाददाता

लमजुङ । लमजुङमा कोरोना संक्रमितको संख्या दुईमा झरेको छ । कोरोना संक्रमणको कारण आइसोलेसन कक्षमा उपचाररतमध्ये साउन २४ गतेका दिन बिहान ४ र साँझ ६ जना गरी १० जना डिस्चार्ज भएसँगै अब उपचाररत दुई जना मात्र बाँकी रहेका हुन् । 


लमजुङमा कोरोना संक्रमितको कुल संख्या एक सय ११ जना पुगेको थियो । जिल्लामा गत असार ८ गतेदेखि कोरोना संक्रमण पुष्टि हुन थालेको हो । त्यसयता कुल संक्रमित संख्या एक सय ११ जना पुग्न गएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 


साउन २४ गतेका दिन १० जनाले कोरोनालाई जितेर घर फर्किएसँगै जिल्लामा कोरोना मुक्त हुने संख्या एक सय नौ पुगेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी एवम् सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनारले बताउनु भयो । उहाँका अनुसार र उपचारमा दुई जना रहेका छन् । यसअघि ९९ जना निको भई घर फर्किसकेका हुन् । जिल्लामा संक्रमित पुष्टि भएकाहरूमध्ये १०९ जनाको कोरोना निको भएका छन् । सुनारले भन्नुभयो, ‘अब जिल्लामा उपचाररत संक्रिमत जम्मा दुईजना मात्र छन् ।’


त्यस्तै, जिल्लोको विभिन्न साथमा सञ्चालनमा रहेका क्वारेन्टाइनमा बस्नेहरूको संख्या ९३ जना छ । तीमध्ये अहिले ३ जना महिला र ९० जना पुरुष छन् । उनीहरू जिल्लाको भक्ति नमुना मावि भोटेओडारको क्वारेन्टाइनमा ४८ जना, क्ब्होलासोथर क्वारेन्टाइनमा २० जना, मध्यनेपाल क्वारेन्टाइनमा १३ जना र दूध पोखरी क्वारेन्टाइनमा १ जना छन् भने होटेल क्वारेन्टाइनमा ११ जना रहेको सहायक प्रमुख जिल्ला अधिकारी सुनारले जानकारी दिनु भयो । 


जिल्लामा बाँकी रहेका कोरोना उपचाररत २ जना विरामीहरू सुन्दरबजार नगरपालिका- ६ मा रहेको नमुना सामुदायिक अस्पतालको आइसोलेसन कक्षा छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार उनीहरूको अवस्था पनि सामान्य रहेको छ ।

No comments:

Post a Comment