लकडाउन अवधिमा वित्तीय संस्थाहरू नखुल्ने - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Saturday, August 29, 2020

लकडाउन अवधिमा वित्तीय संस्थाहरू नखुल्ने


विष्णुकुमार श्रेष्ठ
सुन्दरबजार(लमजुङ)- विश्वव्यापी महामारीको रुपमा फैलिएकोकोरोना भाइरस (कोभिड- १९) बाट लमजुङ जिल्ला पनि अछुतो रहेन । कोरोनालाई जिल्लामा फैलन नदिन जिल्ला प्रसासन कार्यलय लमजुङले सुन्दरबजार नगरपालिका सहित पाँच पालिकामा भदौ १७ गतेसम्म निषेधाज्ञा(लकडाउन)को घोषणा गरेको छ ।

सुन्दरबजारको वडा नम्बर २, ४, ५, ६, ७, ८ र ९ मा सञ्चालित बैंक तथा बित्तीय संस्थाहरू ९ब्त्ः० सेवा बाहेक सो अवधिसम्म सम्पूणर् सेवाहरू बन्द हुनेछ । त्यस्तै, स्वास्थ संस्था र अत्यावश्यक सेवाका कार्यलय र सरकारी कार्यलयबाट प्रदान हुने नियमित सेवा सञ्चालन गर्न न्यूनत्तम कर्माचारीबाट सेवा प्रवाह गर्न व्यवस्था गर्न सम्बन्धित कार्यलय प्रमुखले मिलाउन जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ ।

निषेधाज्ञा घोषणा गरिएका अन्य पालिकामा बेसीशहर नगरपालिकाका- २, ३, ७ र ८ को बजार क्षेत्र रहेको लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताउनु भयो । उहाँका अनुसार लकडाउन गरिएका अन्य क्षेत्रमा मध्यनेपालको ५ देखि ९ वडाहरूमा, सुन्दरबजारको २, ४, ६ र ७ नबर वडाहरू, राइनास नगरपालिकाको बजार क्षेत्र र क्ब्होलासोंथर गाउँपालिकाको १,२, ३ र ४ नंबर वडा हुन् । 


लकडाउन क्षेत्रमा तरकारीसहितका अति आवश्यक वस्तुका पसलहरु बिहान ६ बजेदेखि ९ बजेसम्म खुल्ने प्रशासनले जनाएको छ । प्रशासनका अनुसार अनुमति(पास) प्राप्त गाडी, शव वाहन, फोहोर मैला व्यवस्थापन गर्ने गाडी, निर्माण सामग्री ढुवानी साधन, पशुपंक्षी दाना बोक्ने गाडी, सञ्चारकर्मी, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने साधन, अनुमती प्राप्त सवारीसाधन बाहेक सबै निजी तथा सार्वजनिक सवारी साधन सञ्चालन गर्न पाइने छैन ।

त्यस्तै, बैंक तथा वित्तिय संस्थाबाट प्रदन गर्ने एटीएम बाहेकका अन्य सेवाहरु बन्द गरिएको प्रशासनले जनाएको छ । धार्मिक, साँस्कृतिक, सामाजिक (विबाह/ ब्रतबन्ध) लगायतका सबै प्रकारको जमघट तथा भेला हुने सबै प्रकारको क्रियाकलापमा सो अवधिमा गर्न नपाइने भएको छ ।

यो समाचार तयार गर्दासम्म जिल्लामा कोरोना जित्नेको संख्या १ सय १३ पुगेको छ । हिजोमात्र २ जना निको भई घर फर्केका छन् । निको हुनेमा महिला ९ र १ सय ४ पुरुष छन् । जिल्लामा कोरोना संक्रमति हुनेमा १३ महिला र १ सय ५६ जना पुरुष गरी एक सय ६९ जना छन् । जिल्ला प्रशासन कार्यालयले संक्रमितहरू सबैको अवस्था सामान्य रहेको जनाएको छ ।

No comments:

Post a Comment