स्वतन्त्रको पत्रकार टिमद्वारा सम्पादक पहाडीसँग भेटघाट - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Friday, May 29, 2020

स्वतन्त्रको पत्रकार टिमद्वारा सम्पादक पहाडीसँग भेटघाट

लमजुङ । लमजुङमा मोटरसाइकल दुर्घटनामा परेर बेडरेष्टमा रहनु भएका स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय सल्लाहकार, लमजुङ शाखाका संस्थापक अध्यक्ष एवम् अन्तरङ्गका सम्पादक नवराज पहाडीलाई संघको जिल्ला टिमले भेटघाट गरेको छ । बेसीशहरमा उपलब्ध संघका सदस्यहरूको टिमले पहाडीलाई उहाँको निवासमा गएर भेटघाट गरी स्वास्थ्य अवस्था बुझ्नुका साथै सिघ्र स्वास्थ्य लाभको कामना गरेको हो । 
यसअघि एक्ला एक्लै भेटेर स्वास्थ्य स्थिति बुझ्ने र सिघ्र स्वास्थ्य लाभको कामना गर्दै आएका उनीहरूले आज सामुहिक रुपमा भेटघाट गरेका हुन् । संघको जिल्ला शाखाका अध्यक्ष कुमारी तामाङको नेतृत्वमा गएको टिममा संघका राष्ट्रिय सदस्य अमृता असीम, निवर्तमान राष्ट्रिय सदस्य सुशील विक, राष्ट्रिय पार्षद चन्द्रकान्त पौडेल, प्रदेश पार्षदद्वय विष्णुकुमार श्रेष्ठ र चन्द्रबहादुर मिश्र, संघका जिल्ला कोषाध्यक्ष सुधा ढकाल लगायत हुनुहुन्थ्यो । 
गत चैत १९ गतेको दिन मध्यनेपाल नगरपालिकामा सञ्चालिक क्वारेन्टाइन, हेल्प डेक्सहरू तथा लकडाउनको स्थलगत अध्ययन गरी फर्कने क्रममा बेसीशहर नगरपालिका– १ को फलिया साँघुमा पहाडी चढ्नु भएको वाइग दुर्घटनामा परेको हो । 
स्वतन्त्र पत्रकार संघ नेपालको निवर्तमान महासचिव समेत रहनु भएका पहाडी एक साताको अस्पताल बसाई पछि डाक्टरको सल्लाह अनुसार तीन महिने बेडरेष्टमा हुनुहुन्छ । पहाडीको नली खुट्टामा तीनवटा टाँका लगाइएको थियो भने मेरुदण्डको हड्डी अण्ड थिचिएर चर्के झैं चर्किएको हुँदा तीन महिनाको बेडरेष्ट गर्नु पर्ने भएको चिकित्सकको भनाई छ । उहाँले पछिल्ला दिनमा आफै कुर्चीमा सबेर आफैले खाना खान र शौचालय जान सक्ने हुनु भएको छ । 
उहाँको बेडरेष्टका लागि अब करिब एक महिना अवधि बाँकी छ । 

No comments:

Post a Comment