भरत हरिजन 'प्रकृति'को गजल - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Tuesday, May 12, 2020

भरत हरिजन 'प्रकृति'को गजल

गजल

-भरत हरिजन 'प्रकृति'



सौन्दर्यको सिजनमा खुब चहलपहल हुनेर हेछ समाजमा गरिबको अनेकन अड्कल हुने रहेछ अब मन्दिरकै देउता उठाएर घर लिएर आउँछु दुनियाको कहावत कतिसम्म सफल हुने रहेछ अस्ति अपहरण गर्‍यौ रे आज राहत बाडिँदै छ अरे अपराधी पनि हदैसम्मको असल हुने रहेछ वर्षौ बिजुली लुकाएर पेट्रोल डिजेल बेच्थ्यो दलाल र सरकारका सपना खलबल हुने रहेछ खाल्डा खन्दै पुर्दै गर्छ हाम्रो देशको सरकारले दुई तिहाइ पनि हल्लाहरुले हलचल हुने रहेछ ।

बागलुङ हालः अष्ट्रेलिया

No comments:

Post a Comment