पोखरा
। प्रविधिमैत्री शिक्षक समाज, कास्कीले मङ्गलबारदेखि शिक्षकहरुका लागि अनलाइन तालिम सुरु गरेको छ ।
अध्यक्ष सकुन्तला
सोतीको अध्यक्षतामा भएको शिक्षण सिकाइमा प्रविधिको प्रयोग विषयक अनलाइन
कार्यशालाको पहिलो दिन जिल्ला समितिका सदस्य रुपिन्द्र प्रभावीले इमेल र
इन्टरनेटका आधारभूत विषयमा सहजीकरण गरेका थिए । उनले इन्टरनेटको परिचय, डाउनलोड, इमेल र यसका कार्यहरुका विषयमा जानकारी
दिएका थिए ।
प्रविधिमैत्री शिक्षक
समाजका केन्द्रीय अध्यक्ष भूपति बस्यालको प्रमुख आतिथ्यमा भएको उद्घाटन
कार्यक्रममा केन्द्रीय महासचिव देवीप्रसाद शर्माले समाजलाई संस्थागत बनाउनका लागि
मात्र नभई नेपालभरका शिक्षकहरुलाई प्रविधिमैत्री शैक्षणिक क्रियाकलाप सञ्चालन गर्न
सक्षम बनाउनका लागि केन्द्र, प्रदेश हुँदै हाल जिल्ला
तहमा तालिमहरु सञ्चालन गरिएको जानकारी दिए । उक्त कार्यशाला १० दिनसम्म सञ्चालन हुने अध्यक्ष सकुन्तला सोतीले जानकारी
दिइन् ।
गण्डकी प्रदेशका
अध्यक्ष श्रीकान्त पौडेलले गण्डकी प्रदेशका जिल्लाहरुले उत्कृष्ट प्रस्तुति
दिइरहेको भन्दै यो कुनै विशेष व्यक्ति वा संस्थाको मात्रै हितमा नभई सिङ्गो
नेपालको शैक्षिक क्षेत्रका लागि महत्त्वपूर्ण अभियान भएकोमा जोड दिए । प्राविधिक
समितिका संयोजक विक्रम चापागाईँको संयोजनमा ६० भन्दा बढी शिक्षक/शिक्षिकाको सहभागिता रहेको तालिमको उद्घाटन सत्रको सञ्चालन प्राविधिक
समितिका सदस्य वृहस्पति लम्सालले गरेका थिए ।
समाजको गण्डकी प्रदेश
समितिले हालै मात्र ४० दिने अनलाइन तालिम समापन गरेपछि गण्डकी प्रदेशका विभिन्न
जिल्लाहरुमा अनलाइन तालिम सञ्चालन भइरहेका छन् ।
No comments:
Post a Comment