काङ्ग्रेसका नेता जोशीमाथि हातपात - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Thursday, May 28, 2020

काङ्ग्रेसका नेता जोशीमाथि हातपात

लमजुङ । लमजुङमा नेपाली काँग्रेस भित्र अनुशासन हीनताको पराकाष्टा प्रदर्शन भएको छ । प्रहरी परिसरमा नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति शंकरकान्त जोशीलाई आफ्नै दलका कार्यकर्ता विजय श्रेष्ठबाट बुधबार साँझ हातपात भएबाट त्यस्तो पुष्टि भएको हो ।
 
जिल्ला प्रहरी कार्यालयको हाता भित्रै जोशी उपर हातपात हुँदा प्रहरी मुकदर्शक बनेको बताइन्छ । जोशीलाई कुट्ने विजय श्रेष्ठ बेसीशहर नगरपालिका– ८ को काँग्रेसबाट विजयी वडासदस्य हुन् ।
विजयले आफ्ना छिमेकी पुरुषोत्तम सिलवालको श्रीमती मायादेवीसंगको विवादमा मायादेवीलाई कुटपिट गरेपछि ‘महिला हिंसा’को घट्नामा प्रहरी हिरासतमा रहेका थिए । जोशी विजयबाट कुटिएकी आफ्नो पैतृक गाउँले मायादेवी सिलवाललाई भेट्न प्रहरीमा पुग्नु भएको रहेछ । जिल्ला विकास समितिका सभापति समेत रहनु भएका जोशीलाई वजयले सिलवाल समाजको भलाद्मी बनेर आएको भन्दै प्रहरी परिसरमै कुटपिट गरेको प्रत्यक्षदर्शीले बताए । उनीहरूका अनुसार विजयले जोशीलाई लात्तीले हानेका थिए ।
विजयको कुटपिटबाट जोशीको देव्रे खुट्टा सुन्निएको छ भने टेक्न समेत नमिलेको बताइएको छ । त्यसपछि उहाँ आफ्नै घरमा रहेकी डाक्टर छोरीबाट उपचार गरिरहनु भएको नेपाली काँग्रेसका क्षेत्रनं २ का सभापति बृषराज गुरुङले बताउनु हुन्छ ।
घरायशी तथा केटाकेटी चलेको सन्दर्भमा मायादेवी सिलवालले विजयकी आमामाथि गालिगलौज गरेपछि आमालाई गाली गरेको सहन गर्न नसकी विजयले मायादेवीलाई हात छोडेको दावी छ । विजय कालिका यातायात व्यावसायी समितिका कर्मचारी पनि छन् ।
उक्त घट्नाका बारेमा जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्दा बुधबार साँझ भएको हो, हामीले विजयलाई नियन्त्रणमा लिएर मुद्दाको प्रक्रिया अघि बडाइसकेको छौं प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रविन्द्रमान गुरुङले बताउनु भयो । तर उहाँ थप बोल्न चाहनु भएन ।
सो घटनाका बारेमा नेपाली काँग्रेसका जिल्ला सभापति भेषबहादुर पौडेलसँग सम्पर्क गर्दा उहाँले यथार्थ बुझ्ने काम भइरहेको बताउनु भयो । घट्नाको झण्डै २४ घण्टा वित्न लाग्दा पनि बेसीशहरमा भएको घट्नामा बेसीशहरमा बेसर ‘बुझ्न बाँकी छ’ भन्नु तथा पार्टीको पूर्वजिल्ला सभापति भएको व्यक्तिलाई कार्यकर्ताले हात उठाउने स्थिति उत्पन्न हुनुले पनि काँग्रेस कता जादै र के चाहन्छ भन्ने बुझ्न कठिन हुँदैन सायद भुक्तभोगीहरू भन्छन् । उनीहरू भन्छन्, ‘यो घट्ना त्यस दल भित्र रहेको अनुशासन हीनताको पराकाष्टा हो ।’
कुनै दिन ‘लमजुङ जिल्ला काँग्रेसको किल्ला’को उपमा चिनिएको यस जिल्लाको सो दलमा झ्यांगिदै गएको गुटगत संर्किताले थिलोथिलो भएको छ । परिणाम स्वरुप ‘काँग्रेसको किल्ला’ एकादेशको कथामा परिणत हुँदै गएको छ । र, अब ती दिन नफर्कने सुनिश्चित हुँदैछ । यो घट्ना र यसको सरोफेरोमा वितेको यो अवधिमा त्यस दलबाट देखाइएको गतिविधिले सो दलको वस्तुगत स्थितिलाई झनै उजागर गरेको आम बुझाई छ ।
उता, चिति– कार्कीडाँडा सेवा समाजले एक विज्ञप्ती प्रकाशित गरी उक्त घटनाको निन्दा गरेको छ । चिती समाजद्वारा जारी गरिएको विज्ञप्तीमा समाजका वरिष्ठ सल्लाकार शंकरकान्त जोशी तथा समितिका सह–सचिव पुरुषोतम सिलवालकी श्रीमती मायादेवी सिलवाल माथि भएको कुटपिटको निन्दा गर्दै दोषी माथि कडा कार्वाही गर्न माग गरिएको छ ।
घाईतेको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै कार्कीडाँडा सेवा समाजका अध्यक्ष शिव सिलवालद्वारा हस्ताक्षरित विज्ञप्तीमा यस्ता घटना पुनः दोहोरिन नदिन र शान्ति सुरक्षा चुस्त बनाउनु प्रशासनसँग माग गरिएको छ ।

No comments:

Post a Comment