मुख्य समाचार– कोरोना : संक्रमित २४३, स्थिति भयावह हुन सक्छ, होसियार बनौं - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Saturday, May 16, 2020

मुख्य समाचार– कोरोना : संक्रमित २४३, स्थिति भयावह हुन सक्छ, होसियार बनौं


काठमाडौं । नेपालमा बैशाख ३१ गते थप २४ जना कोरोना संक्रमित फेला परेका छन् । योसँगै मुलुकभर कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ । उनीहरू रुपन्देही, पर्सा, कपिलवस्तु र नवलपरासीका हुन् । रुपन्देहीमा नौ जना पुरुष र तीन महिलासहित १२ जना, कपिलवस्तुमा ८ पुरुष, पर्सामा दुई पुरुष र एक महिलासहित ३ जना र नवलपरासीमा १ जना पुरुषमा कोरोना संक्रमण फेला परेको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताउनु भयो ।

उहाँका अनुसार वैशाख ३० गते मात्रै ८३ जना कोरोना भाइरसका संक्रमित थपिएका    थियो । सो दिन राति थप २६ जनामा कोरोना भाइरस पुष्टि भएसँगै एकैदिनमा अहिलेसम्मकै धेरै संक्रमित भेटिएका हुन् । जसले यो खबर सुन्ने धेरैलाई झस्काएको छ भने स्थिति भयावह हुने चिन्ता थपिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंबाट पुष्टि भएकामध्ये पर्साका १८ जना, महोत्तरीका दुई जना, धनुषाका दुई जना, भक्तपुरका दुई जना, काठमाडौंका एक जना र सर्लाहीका एक जना छन् । यसअघि सोही दिन बिहान   बारा, पर्सा, कपिलवस्तु र रूपन्देहीमा ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले वैशाख ३० गते जानकारी दिनु भएको छ । उहाँका अनुसार दुई जना पत्रकार समेत छन् । नेपालमा पहिलो पटक पत्रकारमा संक्रमण पुष्टि भएको हो । उनीहरु वीरगञ्जमा कार्यरत हुन् । कपिलवस्तुमा एक स्टाफ नर्समा पनि कोरोनाभाइरसको पुष्टि भएको उहाँको भनाई छ । उहाँका अनुसार कपिलवस्तुमा थपिएका ८ जना संक्रमितमध्ये एक जना २५ वर्षीया स्वास्थ्यकर्मी पनि छिन् । नेपालमा स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको पनि यो पहिलो घटना हो ।

बैशाख ३१ गते यो समाचार तयार गर्दासम्म थप दुई जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमित २१९ जना पुगेका छन् । तीमध्ये ३४ जना उपचारपछि निको भएर घर गएका छन् । संक्रमित बढ्नुको मुख्य कारण भारतसँगको खुल्ला सीमा भएको आम बुझाई छ ।
कोरोना संक्रमितको संख्या बढेसँगै पर्सा र बारा प्रशासनले निषेधाज्ञा समेत जारी गरेका छन् । यस्तै रुपन्देहीमा भेटिएका नौ जना संक्रमित लुम्बिनी सांस्कृतिक नगरपालिकाका बासिन्दा हुन् । वडा नंं ४, , , ११ र १२ का उनीहरू १७ देखि ५० वर्ष उमेरका पुरुष हुन् ।
उनीहरू सबै लकडाउनको समयमा भारतको मुम्बई र कानपुरबाट नेपालभारत सीमा क्षेत्र दशगजासम्म आइपुगेका थिए । यससँगै रुपन्देही जिल्लामा मात्र कोरोना संक्रमितको संख्या १६ जना पुगेको छ ।
नेपालमा बैशाख २९ गतेमात्रै थप १३ जनामा कोरोना संक्रमण देखिएको छ । ती ६ जना कपिलवस्तु, ६ जना रुपन्देही र बर्दियामा १ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएकोछ । बैशाख २९ गते एकै दिन २४ जना संक्रमित थपिए ।
उनीहरूको काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा      परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले बताएको छ ।
यसअघि सबैलाई झस्काउने गरी एकै दिन २४ जनामा कोरोना संक्रमणको बैशाख २७ गते पुष्टि भएको थियो । त्यसपछि संक्रमित पुष्टि हुने संख्यामा बृद्धि भइरहेको छ ।
यसैबीच, कोरोना नियन्त्रण बाहिर जानसक्ने सरकारी विज्ञको निष्कर्ष छ । पछिल्लो तीन दिनमा नेपालमा ८१ जनामा कोरोना        भाइरस (कोभिड१९) पोजेटिभ देखियो । जबकी कोभिड१९ संक्रमणको पहिलो केस देखिएको ५८ दिनपछि मात्र दोस्रो केस देखिएकत्रो थियो भने यो संख्या बढेर ३० जना पुग्दा नेपालमा कोरोना संक्रमण देखिएको तीन महिना नाघिसकेको थियो ।
त्यसपछि भने एकाएक संक्रमणको ग्राफ उकालो लाग्यो । वैशाख ५ गते उदयपुर र चितवनमा गरी १४ जनामा संक्रमण देखिएपछि संक्रमणको दर स्थिर रहेन । र, बैशाख ३० गते साँझसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ सय १८ पुगेको छ । जसमध्ये १ सय ५८ वटा केस यही महिना र ८३ जना सो दिन मात्र देखिएको छ ।
यो संख्या तीव्र गतिमा बढ्नसक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरूको आंकलन छ । स्वास्थ्य मन्त्रालयका एक विज्ञकाअनुसार प्रदेश नम्बर २ र ५ लाई डेन्जर जोन मानिएको छ । त्यहाँ क्रमशः ७३ र ७० जना संक्रमित छन् । अहिले सरकारले उदयपुरको भुल्के, वीरगञ्ज, नेपालगञ्ज, रुपन्देही र कपिलवस्तुलाई कोभिड१९ को हटस्पट मानेको छ । यसबाहेक भारतसँग सिमाना जोडिएका सबै जिल्लालाई कोभिड१९ को रेड जोनमा राखिएको छ ।
स्वास्थ्य मन्त्रालयका एक विज्ञले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘‘पछिल्लो घटनाक्रम र मन्त्रालयमा भएको रिपोर्टिङले त्यस्तै देखाउँछ । सीमा नाका कडाई गर्न सक्यौं भने अझै पनि नियन्त्रण बाहिर गइसकेको छैन । अहिलेको जस्तै अवस्था रहृयो भने भन्न सकिन्न ।उनकाअनुसार पर्सामा भेटिएका केही संक्रमित र कपिलवस्तुका २९ जनामा भाइरसको लोड अति धेरै देखिएको छ । भाइरसको लोड बढी देखिएकाले उनीहरूले अरूलाई संक्रमण गराउने सम्भावना हुन्छ । ‘‘भारतबाट         छिरेका, तर पहिचान हुन बाँकी कति संक्रमित छन् भन्न सकिन्नउनी भन्छन्, ‘‘भारतबाट छिर्न लागेकाहरूलाई कि त रोक्नुप¥यो कि व्यवस्थित रुपमा ल्याउनुप¥यो ।
सरकारको पूर्वतयारी र अन्य देशको भयावह तथ्यांक हेर्दा सरकारी विज्ञहरूले भने जस्तै कोरोना नियन्त्रण कठिन छ । तर टेष्ट र ट्रेसिङको दायरा बढाएर सम्भावित संक्रमितलाई आइसोलेट गर्न सकियो भने नियन्त्रणमै राख्न असम्भव नरहेकोे जनस्वास्थ्य विज्ञहरू बताउँछन् ।
के छ सरकारी आंकलन ?
स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डाक्टर खेम कार्की संक्रमणको ग्राफ बढेसँगै उपचारको मोडल फरक हुने बताउनु हुन्छ । अहिले तोकिएका हब अस्पतालले धान्न नसक्ने अवस्थामा अन्य अस्पतालमा कोभिड१९ का बिरामी उपचार गरिनेछ । अहिलेसम्म देखिएका संक्रमितमा गम्भिर लक्षण छैन् र उनीहरूलाई आईसीयू र भेन्टिलेटर चाहिएको छैनउहाँले भन्नुभयो, ‘‘यही कारण संक्रमित बढेपनि उपचार धान्न सक्ने अवस्था छ ।
मन्त्रालयको विज्ञ टिमले गरेको अध्ययनमा दुई हजार संक्रमित पुगेको अवस्थामा १६ सय जनालाई मात्र आइसोलेसनमा राख्नुपर्ने देखिएको मन्त्रालयका आपत्कालीन व्यवस्थापन महाशाखाका प्रमुख डाक्टर गुणराज लोहनीले बताउनु भयो । उहाँका अनुसार उनीहरूमध्ये तीन सयलाई अक्सिजन सपोर्ट र एक सय जनालाई आईसीयू चाहिन सक्छ । मन्त्रालयले यसलाई पहिलो चरणको उपचार रणनीति बनेको छ । त्यस्तै, दुई हजारदेखि पाँच हजारसम्म संक्रमित संख्या पुग्दाको अवस्थामा दोस्रो चरणको उपचार रणनीति लागू हुनेछ । उनीहरूमध्ये ४ हजार जनालाई आइसोलेसनमा राख्नुपर्ने अवस्था आउनसक्छ । ७ सय ५० जनालाई अक्सिजन सपोर्ट र २ सय ५० जनालाई आईसीयू केयर चाहिने स्वास्थ्य मन्त्रालयको आंकलन छ ।
यसैगरी, ५ हजारदेखि १० हजार संक्रमित पुगेको अवस्थामा मन्त्रालयले तेस्रो चरणको उपचार रणनीति लागू हुनेछ । यसमा ८ हजारलाई आइसोलेट गर्नुपर्ने हुनसक्छ भने १५ सयालाई अक्सिजन सपोर्ट र पाँच सयलाई आईसीयू चाहिनसक्छ ।
त्यस्तै, १० हजारभन्दा बढी मानिसमा संक्रमण भएको अवस्थामा मन्त्रालयले सबै अस्पतालमा कोभिड१९ को बिरामी राख्ने योजना बनाएको छ । त्यसबेला १५ सयभन्दा बढीलाई अक्सिजन र ५ सयभन्दा बढीलाई आईसीयू चाहिन सक्छ । यो चौथो चरणको रणनीति हो ।
संक्रमितको सङख्या बढ्दै गएपछि सबैलाई अस्पतालमा राख्न नसकिने मन्त्रालयका एक विज्ञ बताउँछन् । त्यसबेला बिरामीको अवस्था, शरीरमा भाइरसको सक्रियता र जोखिम अध्ययन गरेर घरमै राख्ने व्यवस्था समेत गर्नु पर्ने हुन्छ ।
अन्य देशमा गम्भिर लक्षण भएका र भेन्टिलेटर चाहिने बाहेक सबैलाई घरमै आइसोलेसनमा बस्न भनेको छ एक विज्ञ भन्छन्, ‘‘हाम्रोमा त्यो अवस्था नआउला, तर हामी त्यो अवस्था आयो भने स्वास्थ्यकर्मीको निगरानीमा राखेर वैकल्पिक आइसोलेसन बनाउन पनि सक्छौं ।
उता, कोरोना भाइरस अर्थात कोभिड१९ को नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको आज जेठ १ गते ५२औं दिन हो । तर संक्रमित भेटिने क्रम रोकिएको छैन । यो समाचार तयार गर्दै गर्दा बैशाख ३१ गतेसम्म कुल दुई सय ४३ जना संक्रमित पुगेका छन् भने ३५ जना निको भएर घर फर्किएका छन् ।
लकडाउन गत चैत ११ गतेबाट जारी गरिएको हो भने घोषित नीति अनुसार जेठ ५ गतेसम्मका लागि तोकिएको छ । यद्यपी लकडाउनका विषयमा त्यसपछि के गर्ने भन्ने विषयमा सरकारले निर्णय गर्न बाँकी छ भने लकडाउन थपिने निश्चित जस्तै छ ।
२०७७ जेठ १ गते बिहीबारको अङ्कबाट

No comments:

Post a Comment