जम्मा तिस वर्ष बाँचेर पनि मोतीरामको अविस्मरणीय योगदान
हरेक
वर्ष झैँ यो वर्ष पनि युवा कवि मोतीराम भट्टको स्मरणमा कुशे औँशीका दिन मोती
जयन्ती मनाइएको छ । उनका बारेमा यो सङ्क्षिप्त जानकारी-
विसं
१९२३ साल भाद्र कृष्ण कुशे औँशीका
दिन जन्मेर विसं १९५३ साल भाद्र कृष्ण
कुशे औँशीकै दिन ३० वर्षको अल्पायुमै
परलोक भएका भट्टले नेपाली साहित्यको
विकासमा योगदान पुर्याउनुभएको छ ।
नेपाली साहित्यको शृङ्गार रसलाई योगदान
दिएका युवाकवि मोतीराम भट्टले
आदिकवि भानुभक्तको जीवनी पहिलोपटक
प्रकाशनमा ल्याउनुका साथै नेपालमा
छापाखानासमेत भित्र्याउनुभएको थियो ।
थोरै
बाँचेर नेपाली साहित्यमा अत्यन्तै
धेरै योगदान पुर्याउने उहाँलाई नेपाली
साहित्यका प्रेरक व्यक्तित्व, कुशल नायक र होनहार प्रतिभा मानिन्छ । मोतीराम भट्ट नेपाली
साहित्यमा भानुभक्त आचार्यपछि आउने सशक्त व्यक्तित्व हुनुहुन्छ । उहाँले नै संवत्
१९४८मा आदिकवि भानुभक्त आचार्यको जीवनचरित्रलाई प्रकाशमा ल्याउनुभयो ।
संक्षिप्त जीवनी
मोतीराम
भट्ट पण्डित दयाराम भट्ट र
रिपुमर्दिनीदेवी भट्टका माइला सुपुत्रका
रूपमा जन्मनुभएको थियो । भट्ट
दम्पतिका प्रथम पुत्र जन्मनासाथ दिवङ्त
भएका थिए । मोतीराम भट्टलाई
दीर्धजीवी राख्न उहाँका मातापिताले
नाकको दाहिने पोरा छेडिदिएका थिए । नाक
छेडेपछि उहाँलाई साथीहरूले केटी भनेर
गिज्याउँथे ।
मोतीराम
भट्टले ५ वर्षको उमेरमा अक्षरारम्भ गर्नुभएको थियो । ६ वर्ष भएपछि उहाँ काँशी जानुभयो
। उहाँका पिता पं. दयाराम भट्ट र आमा रिपुमर्दिनीदेवी विशेष कामले काशी बस्नुहुन्थ्यो । त्यसपछि मोतीराम भट्टको शिक्षाको प्रारम्भिक
जग काशीमा नै बस्न थाल्यो । त्यहाँ यी फारसी स्कूलमा भर्ना हुनुभयो र त्यहीँ
फारसी र उर्दू पढ्न थाल्नुभयो । काशीमा उहाँको भेट भारतेन्दु हरिश्चन्द्रसँग
भयो, भारतेन्दु मोतीरामझैँ पोख्त हुनुहुन्थ्यो ।
भारतेन्दुसँग
गहकिलो सङगत गर्दै उहाँले
नेपाली साहित्यको सेवा गर्नुभयो र
पढाइलाई पनि निरन्तरता दिनुभयो । मोतीराम
पछि फारसी, उर्दूका अतिरिक्त
संस्कृत, हिन्दी, अङ्ग्रेजी भाषामा पनि दक्ष हुन थाल्नुभयो ।
पढ्दापढ्दै आठ वर्षको उमेरमा बनारसमा नै उहाँको व्रतबन्ध भयो ।
बनारस
बस्दा उहाँले गजल गाउन र सितारवादन
सिक्नुभयो । झण्डै आठ वर्ष बनारस बसेर
उहाँ १९३७ सालमा काठमाडौं फर्कनुभो ।
बनारसमा बस्ता उहाँले चार सयजति
शायरीहरू लेखिसक्नुभएको थियो । तर नेपाली
गीत,
कविता र गजल लेख्नुभएको थिएन ।
एकदिन
मोतीराम छिमेकी खड्गदत्त पाण्डेको
बिहेमा जन्ती जानुभयो । त्यहाँ उहाँले
रातभरी श्लोकमा जुहारी खेलेको
सुन्नुभयो अनि नेपाली भाषामा पनि यति
मीठा कविता लेखिँदा रहेछन् भन्ने कुरा
थाहा पाउनुभयो । ती सबै जुहारी श्लोक
भानुभक्तले लेखेका हुन् भन्ने चाल
पाएपछि उहाँ आचार्यका गुनगानमा लाग्न
थाल्नुभयो । त्यसपछि उहाँ भानुभक्त
आचार्यका कृतिहरू खोजीखोजी प्रकाशन
गर्ने काममा जुट्नुभयो ।
केही
महिना काठमाडौंमा बसेर आफ्नी
पत्नीसहित उहाँ संवत् १९३८ को पुसमा
काँशी जानुभयो । काशी पुगेर उहाँले
’भारतजीवन’
भन्ने हिन्दी पत्रिकाको नेपाली संस्करण
ल्याई यसको प्रकाशकीय र सम्पादकीय लेखेर भारतजीवन छापाखानासँग सम्बन्धित हुनुभयो ।
छापाखानाबाट उहाँले नेपाली भाषाका पुस्तकहरू छाप्नुभयो ।
साहित्य यात्रा
दरबार
हाई स्कूलमा अध्ययन गर्दा नै
मोतीराम भट्ट नामी भइसक्नुभएको थिया ।
पढाइमा पनि तेजिला हुनुहुन्थ्यो ।
दरबार हाईस्कूलको दश कक्षामा अध्ययन
गरिरहेको बेला अर्थात् १९४८ सालमा
बेलायतबाट नेपाल भ्रमणमा आएका लर्ड
राबर्ट प्रधानमन्त्री चन्द्रशमशेरसँग
दरबार हाइस्कूलको निरीक्षणमा गएका थिए ।
त्यस
बेला स्कूलको प्रथम विद्यार्थी
मोतीराम भट्ट भनेर चन्द्रशमशेरले परिचय
गराउनासाथ ती पाहुनाले उभिरहेका
मोतीरामलाई आफ्नै हातबाट मेच दिएर बस
भने । त्यसपछि चन्द्रशमशेरले पनि बस
भनेपछि मात्र मोतीराम भट्ट त्यस मेचमा
बस्नुभएको थियो । त्यसै बेला ती
बेलायतीले पुरस्कारस्वरूप भट्टलाई
पन्ध्र वटा ग्रन्थ उपहार दिएका थिए ।
त्यसताका
साहित्यकारहरूलाई एउटै चौतारामा
उभ्याएर सङ्गठन गर्न पनि उहाँ सिपालु
हुनुहुन्थ्यो । प्रथम जीवनी लेखक, समालोचक, अन्वेषक, पत्रकार, मुद्रणालयका संस्थापक,
सङ्गठनकर्ता, पुस्तकालय स्थापक पनि मोतीराम भट्ट नै हुनुहुन्थ्यो । उहाँ कवि, गजलकार र गीतकार, नाटककार तथा नाटक
निर्देशन पनि गर्नुहुन्थ्यो ।
काँशीमा
बसेकै बेला मोतीराम भट्टले
भानुभक्त आचार्यको बालकाण्ड रामायण र
पछि सम्पूर्ण रामायण पनि प्रकाशित
गराउनुभयो । त्यसै बेला उहाँले अरु
थुप्रै नेपाली भाषाका पुस्तकहरू
प्रकाशित गराउनुभएको थियो । बनारसमा
नेपाली भाषासाहित्यका थुप्रै कृतिहरूको
प्रकाशन गरी भट्ट संवत् १९४४ फागुनमा
फेरि काठमाडौं फर्कनुभयो ।
काठमाडाैंमा
आफ्ना मामा नरदेव पाण्डे तथा
लक्ष्मीदत्त पन्त, गोपीनाथ लोहनी, भोजराज पाण्डे आदिसँग
मिलेर ’मित्रमण्डली’ गठन गर्नुभयो । त्यही मञ्चबाट श्रृङाररसमा समस्यापूर्ति कविताहरूको निर्माण,
परिचालन र कार्यान्वयन हुन थाल्यो ।
अन्तिम दिनहरू
१९५०
सालमा यी कलकत्तामा एए.आईए परीक्षामा
सम्मिलित हुनुभयो । त्यस परीक्षामा
अनुत्तीर्ण हुनुभयो । यसपछि केही खिन्न
भावना बोकेर उहाँ १९५२ सालमा फेरि
कलकत्ता जानुभयो । त्यसबेला उहाँ त्यहीँ
थला पर्नुभयो ।
केही
समयपछि उहाँ अशक्त शरीर लिएर
काठमाडाैं आउनुभयो
। सात महिना ओछयानमा थला परेर कुशे औँशीमा एकतीस वर्ष लागेकै दिन उहाँ १९५३
सालमा काठमाडौं पशुपति आर्यघाटमा स्वर्गीय हुनुभयो ।
मोतीराम
भट्ट विशेषतः श्रृङारवादी
साहित्यकार हुनुहुन्थ्यो । अति मिलनसार
भएकाले उहाँसँग पनि धेरैले घनिष्टता
जोडेका थिए । उहाँले झन्डै पच्चीसवटाजति
साहित्यिक कृति लेख्नुभयो र
सम्पादन गर्नुभयो ।
मोतीराम
भट्टका साहित्यिक कृतिहरु :
१
|
मनोद् वेगप्रवाह
|
कविता सङ्ग्रह
|
१९४२
|
२
|
प्रह्लाद भक्तिकथा
|
काव्य
|
१९४३
|
३
|
पञ्चकप्रपञ्च
|
काव्य
|
१९४४
|
४
|
शकुन्तला
|
नाटक
|
१९४४
|
५
|
प्रह्लाद भक्तिकथा
|
काव्य
|
१९४३
|
६
|
शकुन्तला
|
नाटक
|
१९४४
|
७
|
सङ्गीत चन्द्रोदय
|
केही गजल
|
१९४४
|
८
|
अनुप्रासमञ्जरी
|
-
|
१९४४ तिर
|
९
|
उषाचरित्र (काव्य)
|
काव्य
|
१९४४
|
१०
|
शकुनौ ती
|
शकुनविचार
|
१९४४
|
११
|
स्वप्नाध्याय
|
स्वप्नविचार
|
१९४४
|
१२
|
गफाष्टक
|
-
|
१९४४ तिर
|
१३
|
चाणक्यनीति
|
-
|
१९४४
|
१४
|
पद्मावती
|
नाटक अपूर्ण
|
१९४५
|
१५
|
पिकदूत
|
काव्य
|
१९४४
|
१६
|
काशीराज चन्द्रसेन
|
शकुनविचार
|
१९४४
|
१७
|
गुलसनोवर
|
आख्यान
|
१९४६
|
१८
|
उखानको बखान
|
-
|
-
|
१९
|
कालभ्रमरसंवाद
|
काव्य
|
-
|
२०
|
बालाजीवर्णन
|
कविता
|
-
|
२१
|
भानुभक्तको जीवन-चरित्र
|
जीवनी तथा समालोचना
|
१९४८
|
२२
|
प्रियदर्शिका
|
नाटक
|
१९४९
|
२३
|
तीजको कथा
|
कथा
|
-
|
२४
|
रामायण बालकाण्ड
|
भानुभक्त रचित सम्पादन
|
१९४१
|
२५
|
सम्पूर्ण रामायण
|
भानुभक्त रचित सम्पादन
|
१९४४
|
नेपाली
विकिपिडियाबाट
No comments:
Post a Comment