समकालीन पोखरेली गजल
- दीपक समीप
नेपाली गजलको
पुनर्जागरणकालमा गजललाई जोगाउन,
हुर्काउन, फैलाउन पोखरेली
गजलकारको पनि महत्वपूर्ण भूमिका छ । तीसको दशकमा कविता, मुक्तक विधामा कलम
चलाइरहेका तीर्थ श्रेष्ठले विसं २०३६ साल भदौको ‘गरिमा’ पत्रिकामा गजल प्रकाशित गरी नेपाली
गजलमा आफ्नो उपस्थिति देखाइसकेका छन् । त्यसबखत पोखरामा बसेर पोखरेली साहित्यिक
कर्ममा लागेर गजल लेख्ने पत्रपत्रिकामा गजल प्रकाशित गर्ने अरु भेटिएका छैनन् ।
हुन त कास्कीको अर्घौं अर्चलेमा जन्मिएका कवि शिरोमणि लेखनाथ पौड्याल र पोखरामा
केही समय बिताएका भूपि शेरचनको पुस्तकमागजल शैलीको रचना भेटिएता पनि उनीहरु
राजधानी बसाइका क्रममा प्रकाशित पुस्तकहरु हुन् ।
पौड्याल र शेरचनले
पोखरामा बसेर पोखरेली गजलको उन्नयनका लागि केही भूमिका निर्वाह गरेको भेटिँदैन ।
उनीहरुको महत्वपूर्ण भूमिका नेपाली कवितामा छ । त्यसो त नेपाली गजलको
पुनर्जागरणकालमा गजल प्रकाशित गरिसकेका तीर्थ श्रेष्ठ पनि गजलभन्दा बढी कविता
लेखनमा सक्रिय भए ।
४० को दशकमा
पोखरेली साहित्यमा गजल शून्य प्राय भयो । बरु कविता र मुक्तक हाबी भए । गीतले, आख्यानले गति लियो
। त्यतिखेर गजल आयातित विधा हो,
गजल लेखेर कोही माथि पुग्दैन भनेर गजल
र गजलकारलाई देशैभर होच्याउने काम गरिन्थ्यो । यसका बाबजुद पनि नेपाली गजल
साहित्यमा देशका अन्य ठाउँका गजलकारले गजल लेख्ने प्रकाशित गर्ने कार्य गरिरहेका
थिए ।
पोखरेली गजलको
विकासक्रम पचासको दशकको प्रारम्भदेखि भयो । पोखराको अग्रणी संस्था पोखरेली युवा
सांस्कृतिक परिवारले आयोजना गर्ने साहित्यिक कार्यक्रमहरुमा गजल बाचन गरिन थाले ।
पोखरेली युवा सांस्कृतिक परिवारले मासिकरुपमा आयोजना गर्ने ‘समता काव्य सन्ध्या’का शृंखलामा गजल
वाचन गरिन लागे । त्यस समयमा पुराना पिँढीभन्दा नयाँ पिँढीहरु उत्साहितरुपले अगाडि
बढे ।
त्यतिखेर राजधानीमै
पनि अहिलेका गजलका अग्रजलाई कविताबाट असफल भएर गजलतिर लागेको भनेर हेला गरिन्थ्यो
। राजधानीको स्थिति त त्यस्तो नाजुक भएको अवस्थामा मोफसलमा बसेर गजल लेख्नेहरुको
स्थिति कस्तो थियो होला ! पोखरामा बसेर त्यतिखेर गजलमा कलम चलाउनेहरु प्रमुखरुपमा
तीर्थ श्रेष्ठ, प्रकट पंगेनी शिव,
विजय वजिमय, दीपक, समीप, सरस्वती श्रेष्ठ ‘सरु’, रामबहादुर बानिया, सुरेन्द्र थापामगर, रमेशचन्द्र घिमिरे, प्रज्ज्वल पंगेनी, भूपिन व्याकूल, प्रभा बराल, प्रमेन्द्र पंगेनी
आदिथिए ।
पोखराबाट प्रकाशित
हुने साहित्यिक पत्रिकाहरु प्रयोग, सौगात हवाई पत्रिका, माध्यम, नवमाध्यम, माछापुच्छ«ेमा पोखरेली
गजलकारका थोरै संख्यामा गजलहरु प्रकाशित हुन्थे । पचासको दशकमा सुरुवातमा दुईचार
जनाको उपस्थिति भएको गजल विधामा पचासको मध्यसम्म आइपुग्दा थुप्रै गजलकार देखा परे
। गजलकारले कार्यक्रममा रचना वाचन गर्दा प्रमुखरुपमा गजल बाचन गर्दै हिँडे ।
गजलकार कवि ऋषि बस्ताकोटीले २०५४ सालमा आरबी फ्लेमको नामबाट ‘ज्वालाका रापहरु’ गजल संग्रह
प्रकाशित गरे ।
विस्तारै विस्तारै
गजलको माहोल विकसित हुँदै गइरहेको पोखरामा रेडियो अन्नपूर्णको स्थापना भएपछि र
उक्त रेडियोमा गजल कार्यक्रम सञ्चालन भएपछि पोखरा र पोखरा आसपासमा गजलले व्यापकता
पायो । विसं २०५९ मा गजल सन्ध्या पोखराको स्थापना भए पश्चात पोखरामा गजलले फैलने
अवसर प्राप्त ग¥यो । गजल सन्ध्याको स्थापना पश्चात पोखरेली गजलकार संगठित रुपले
अगाडि बढे । जुनसुकै गजल सम्बन्धी कार्यक्रम गजल सन्ध्याको नेतृत्वमा अगाडि बढ्यो
। मासिकरुपमा गजल वाचन सुरु भए ।
गजलको गोष्ठी, गजल प्रतियोगिता
गजल प्रतिभा सम्मान, गजल प्रतिभा पुरस्कार गजल पत्रिका गजल उत्सव प्रकाशन, एकल गजल वाचन, विशेष गजल गोष्ठी
लगायत कार्यक्रम भए । ६० दशक पोखरेली गजलको उर्वरकाल रह्यो ।
पोखरामा विसं २०५४
सालअघि फुटकररुपमा गजल लेखन,
प्रकाशन भइरहे पनि, गजलकार आर वी
फ्लेमले ‘ज्वालाका रापहरु’
नामक गजल संग्रह २०५४ सालमा प्रकाशित
गरे। त्यसपछि माधव वियोगी ‘गुम्सिएका भावहरु’
(२०५८), लक्ष्मण थापा ‘मनको मूच्र्छना’ (२०६०), अनुराग अधिकारी ‘अनुराग’ (२०६२), कमल पौडेल ‘अथक’ ‘गजेको भोटो’ (२०६२), दीपक समीप ‘भूगोलभित्र
नकोरिएको देश’ (२०६२), कृष्ण उदासी ‘नयनतालैमा’ (२०६२),गुनपुन‘गजलगाथा’(२०६२) सरुभक्त ‘साइवर क्याफेमा एकदिन’ (२०६४), प्रकट पंगेनी ‘शीव’ ‘प्रणयदेवका ऋचाहरु’ (२०६४), छन्दमणि ‘छन्दबहरका
शब्दलहरहरु’ (२०६४), नितेशराज रेग्मी ‘झुल्केघाम’ (२०६४), मदन भण्डारी र मन क्षेत्रीको संयुक्त कृति ‘जनयुद्ध जारी छ’ (२०६५) लक्ष्मण थापा
‘पलापला’
(२०६५), छन्दिका ‘अनुहार तिम्रै’
(२०६५), कमल पौडेल ‘अथक’ ‘प्रेमको मधुमास’ (२०६६), आवाज शर्मा ‘परिका कथा’ (२०६७), ईश्वरमणि अधिकारी ‘हृदयको आलाप’ (२०६६), शरण आँसु ‘नजर भरिको सपना’ (२०६८), आवाज शर्मा ‘पोल्यो शितले झन्’ (२०६९), पार्वती पहारी ‘तुफान’ ‘बाटो छेक्छन्
जुनताराले’ (२०६६), सोम थापा ‘छरिएको मन’ (२०६७), देवी त्रिपाठी अप्रत्यासित (२०६७), संगीता बराल प्रतिक्षा ‘कस्तो हो यो’ (२०६७), रुद्र श्रीष ‘विरहीका भाकाहरु’ (२०६८), प्रकाश ज्ञवाली ‘अक्षर बिउँझिएको
समय’ (२०६८), युवराज भण्डारी ‘एके ४७’ (२०६८), प्रमोद घिमिरे ‘दर्शन’ र गोविन्द अधिकारी एकल यात्री ‘जलेको आत्मा’, छवि शीतराई ‘शीतको रहर’, मोहन स्पात ‘स्पात शान्तियात्रा’, अशोक नेपाली ‘पहिलो पाइला’, दुर्गा न्यौपाने ‘मनको आकाश’ (२०६९), आवाज शर्मा ‘पलाँस’ (२०७०), रवीन्द्र अधिकारी
गोर्जेली कान्छो ‘दुई ध्रुव’ (२०७०), सन्तोष सुवेदी ‘नीलो आकाश’ (२०७०), गजल संग्रहहरु हालसम्म प्रकाशित भइसकेका छन् ।
अनुराग
अधिकारीद्वारा सम्पादित गोधुली संयुक्त राष्ट्रिय गजल संग्रह (२०६३) गजल सन्ध्या
पोखराद्वारा प्रकाशित दीपक समीपको सम्पादनमा गजल उत्सव संयुक्त गजल सञ्चयन (२०६४), रुपिन्द्र
प्रभावीद्वारा सम्पादित गजल उत्सव समकालीन पोखरेली गजल संकलन (२०६५), गजल उत्सव समकालीन
नेपाली गजलल संकलन (२०६७) प्रकाशित छन् ।
गजल सन्ध्यालाई
दिलीप दोषी, दीपक समीप, रुपिन्द्र प्रभावी, कपिल शर्मा, मन क्षेत्री, उदीपराज ढुंगानाले
नेतृत्व दिइसकेका छन् भने हाल संस्थाको नेतृत्व बिर्सना बस्नेतको काँधमा छ ।
यसबीचमा संस्थाले विभिन्न अध्यक्षको पालामा गजल सिद्धान्त सम्बन्धी बहस, गजल लेखन प्रशिक्षण, गजल प्रतियोगिता, पुस्तक प्रकाशन, पुस्तक चर्चा
परिचर्चा, गजल प्रतिमा सम्मान, गजल प्रतिभा पुरस्कार, राष्ट्रिय गजल
गोष्ठी, गजल उत्सव, विशेष गजल गोष्ठी,
गायन तथा वाचन सम्पन्न गरिसकेको छ ।
पोखरामा प्रत्येक
महिनाको दोस्रो शनिबार नियमित गजल वाचन कार्यक्रम गर्ने गजल सन्ध्या पोखराले
प्रत्येक महिनाको तेस्रो शनिबार नवनीत साहित्य सागरको संयुक्त आयोजनामा
अक्षरयात्रा कार्यक्रम पनि नियमितरुपमा गरिरहेको छ ।
तत्स्थानीय रचना
सिर्जना र वाचनमा आधारित यस कार्यक्रममा लेखनको विधागत स्वतन्त्रता भएता पनि
अधिकांश अक्षरयात्रीले गजल नै सिर्जना गर्ने गरेको पाइन्छ । हालसम्म कास्की, लमजुङ, तनहुँ, गोरखा, स्याङ्जा, पर्वत, वाग्लुङका विभिन्न
गाउँहरुमा अक्षरयात्रा सम्पन्न भइसकेका छन् ।
संख्यात्मक मात्र
होइन पोखरेली गजलकार गुणात्मकमा पनि अगाडि छन् । पुराना गजलकार खारिँदै गइरहेका
छन् भने नवआगन्तुक गजलकार बेजोड लेखन क्षमता लिएर देखा परिरहेका छन् । अहिले
लेखनको, पठनको दायरा फराकिलो भएको छ । विचार विमर्शको परिधि विशाल भएको छ ।
स्टेज सर्वसुलभ भएको छ । पत्रपत्रिका सर्वसुलभ छ । इलोक्ट्रोनिक मिडिया सोसल साइट
सबैको पहुँचमा छ । यसले गजल सम्बन्धी छलफललाई सबको घरघरमा पुर्याइदिएको छ । यसले
गर्दा नयाँ पुस्तासुरुमै माझिएर आउन थालेका छन् ।
पोखरेली गजलमा
मात्र होइन समग्र नेपाली गजलमै नयाँ पुस्ताका गजलकारले आफूलाई अब्बल देखाइरहेका
छन् । तर, उनीहरुमा धिरताको कमी छ । उनीहरु ‘कर्म गर फलको आशा नगर’ होइन, ‘कर्म गर फलको पनि
आशा गर’ भन्ने चाहनाले अभिप्रेरित छन् ।
नयाँ पुस्ता गजल
लेखनमा विषयवस्तुको विविधता लिएर विचारको सशक्तता लिएर देखा परिरहेका छन् । पुराना
पुस्ताका गजलकारले पूर्ण शब्द काफियालाई बढी मात्रामा प्रयोग गर्थे भने अहिलेका
युवा पुस्ताका गजलकारले सशक्त भाव र विचार दिन सकियो भने एक अक्षरी काफियाको
प्रयोग गरिएको गजल पनि असरदार हुन्छ भन्ने मान्यतामा छन् ।
कवि, गजलकारतीर्थ श्रेष्ठ पोखरेली समकालीन गजलप्रति यस्तो धारणा राख्छन्, ‘पोखरेली गजल आज
धेरै परिपक्व अवस्थामा पुगेको छ । विषयगत बैविध्यता, स्पर्श सामथ्र्य र कलात्मकतामा पोखरेली गजलले उल्लेखनीय प्रगति गरेको
छ ।’
साठीको दशकको
मध्यसम्म पोखरेली गजल सरल र सरस हुन्थ्यो । पूर्ण शब्द काफियालाई बढी मान्यता दिएर
गजल लेखिन्थ्यो । अझै पनि केही गजलकारले यो शैलीलाई समातिरहेका छन् । यसरी
प्रस्तुत हुनुको आनन्द पनि बेग्लै किसिमको छ । तिनै गजलकार मध्येका अग्रज गजलकार
ईश्वरमणि अधिकारीका केही शेर यहीँनिर राखुँ जस्तो लाग्यो ।
कस्ती थियौ हौली मनमा के के बुन्थ्यौ हौली
तिमी मेरी नभा’ भए कस्की हुन्थ्यौ हौली ।
म पो कहाँ हुन्थे होला कस्तो
हुन्थेँ होला
कसको नामको सिन्दुर चुरा पोते
उन्थ्यौ हौली ।।
पुराना पुस्ताहरुले
देखाएको बाटोमा बनाएको मार्गमा नयाँ पुस्ताका गजलकार हिँड्दैछन् तर, उनीहरुले उक्त
बाटोलाई अलि फराकिलो बनाएर अगाडि बढ्दैछन् । घुमाउरो बाटोलाई अलि सोझो बनाएर
यात्रा गर्दैछन् । खोल्साखोल्सी अक्करहरुमा पुल हाल्दैछन् । त्यस्तोमा कम्मर कस्ने
मध्येका एक हुन् अमृत सुवेदी गुराँस । जो आफैं सुन्दर गजल लेख्छन् र गजलको
उत्थानका लागि पनि उत्तिकै खटिन्छन् । विषयवस्तु चयनको नै किन नहोस्,आजभोलि पोखरेली
गजलमा मात्र नभएर समग्र नेपाली समकालीन गजल क्षेत्रमा नै नव आगन्तुक गजलकारको
दबदबा छ । पोखरामा पनि नयाँ छिमलका प्रसस्त भरोसा गर्न लायक गजलकार छन् ।
तिनैमध्येका एक विशाल थापाका केही गजल शेरलाई यहाँ प्रस्तुत गर्न चाहन्छु ।
आँखामा जब राखियो रहर सुरुदेखि नै
मधुरा बने मेरो नगर सुरुदेखि नै
सबै चिजको सुरुवात र अन्त्य उस्तै
हुँदैन
हिटलर पनि थिएन हिटलर सुरुदेखि नै
अरु जस्तो बन्न खोज्दा आफू बनिनँ
तिमी आफूजस्तै बन सकभर सुरुदेखि नै
।
गीतकार, गजलकार प्रकट पगेनी
शिव विगत पाँच सात वर्षअघि र पाँच सात वर्षपछिका समयमा हेर्दा पोखरेली गजल लेखनको
प्रस्तुति धेरै अन्तर पाउँछन् । विषयवस्तुको चयन, शाब्दिक चातुर्यता, र संवेदनशीलता नयाँ
पुस्ताको परिचय हो भन्छन् । पाँच सात वर्षअघिको गजल लेखनको धार, जीवन, देशप्रेम, प्रणय, मिलन, विछोड, आलाप, स्विकार र घृण
तिरस्कार जस्तै विषयमा केन्द्रित हुन्थे भने त्यस यताको धारमा ती विषयको साथमा
आयामिक र घटना भेटिन्छ’ भन्ने दृष्टिकोण राख्छन् ।
साठीको दशकमा पोखरामा थुप्रै गजलकारको
उदय भयो । तीमध्ये केहीले गजलमै आफ्नो कलम घोटिरहेका छन् । कोहीले गजलसँग सँगै
अन्य विधातिर पनि हात हालिरहेका छन् । कोहीले औपचारिक शिक्षा हाँसिल गरेपछि कामको
सिलसिलामा पोखरा छाडेका छन् । कोही लेखनदेखि अलि पर बसिरहेका पनि छन् । साठीकै
दशकमा उदाएका गजलकार उदीपराज ढुंगाना पनि एक हुन् । आफ्नो कार्यकालमा गजल
सन्ध्याको सफल नेतृत्व गरेका उनी हाल निवर्तमान अध्यक्ष हुन् ।
पुराना पुस्ता र
नयाँ पुस्ता वीचका उनी र उनी जस्तै पोखरामा अन्य गजलकार पनि थुप्रै छन् । पोखरामा
कविता र गजललाई सँगसँगै समानरुपमा कलम चलाउने थुप्रै स्रष्टा हरुछन् । तीमध्ये मन
क्षेत्री पनि एक हुन् । गजल लेख्दा गजललाई र कविता लेख्दा कवितालाई न्याय गर्न
सक्ने खुबी यिनमा निहीत छ । त्यस्ता स्रष्टाहरु मध्येबाट गजलकार मन क्षेत्रीका
केही गजल शेर यहाँ प्रस्तुत गर्न चाहन्छु ।
आँखामा उदासी, दिलमा हुरी बोकेर
हामी बाँच्दैछौ यो कस्तो मजबुरी
बोकेर
कोही किन रोक्दैन त्यो उडिरहेको
जहाज
जो गइरहन्छ यो देशका माहुरी बोकेर
युवा पुस्ताका
पोखरेली गजलकारको पंक्तिमा गजलकार किसान पनि सहजै सम्झिरहने नाम हो । युवा माझ
यिनी प्रिय पनि छन् । त्यसरी नै प्रिय छन् यिनका गजल पनि । पोखरेली गजलले धेरै
घामपानी झरी बादल सहेर अहिलेको समयसम्म आइपुगेको छ । सुरुसुरुका यात्राका क्रममा
आइपरेका कठिनाइका पर्खाललाई भत्काएर नयाँ मार्गको विकासका लागि सम्पूर्ण गजलकारले
खेलेको भूमिका महत्वपूर्ण छ ।तिनीहरु सबै सम्झन लायक छन् ।
पोखरामा अरु विधाको
तुलनामा गजलका गतिविधि अलि बढी नै हुने गरेकाछन् । देशभर नै गजल लेख्नेको बाहुल्य
भएको अवस्थामा पोखरेली गजल, नेपाली समकालीन गजलको भीडमा कहानिर छ त ? भन्ने जिज्ञासा
राख्दा गजलसन्ध्याका पूर्व अध्यक्ष कवि÷गजलकार रुपिन्द्र प्रभावी भन्छन्– ‘यहाँको गजलको स्वाद
अलि फरक छ, अन्य ठाउँका गजलको तुलनामा । लयका हिसाबले होस् या अन्दाजेवयाँका
हिसाबले प्रस्तुतिका हिसाबले होस् या गतिविधिका हिसाबले होस् ।’संरचनालाई बढी
प्राथमिकता दिए जस्तो देखिए पनि पछिल्लो समयमा लेखिएका वैचारिक गजलले पोखरेली
गजललाई नयाँ उचाइ पक्कै दिएका छन् । यहाँको पुस्तान्तरमा देखिएको कम खाडलले पनि
गजलको स्तर वृद्धिमा सघाउ पुर्याएको मान्न सकिन्छ । यसरी हेर्दा पोखरेली गजलको
स्तर गौरव गर्न लायक नै छ ।
त्यसो त पोखरेली
गजलका नयाँ पुस्तासँग आस गर्न सकिने प्रशस्त ठाउँहरु छन् । नयाँ पुस्तामा देखिएको
लेखनशैली उनीहरुले अंगालेको वैचारिक विविधता र प्रस्तुतिको कला कौशलले उनीहरु
भरोसायुक्त बनेका छन् । हुन त प्रत्येक दशकमा त्यस्ता स्रष्टाहरु देखिन्छन्, जसले नयाँ
प्रस्तुति र शिल्प लिएर देखा परिरहन्छ । त्यति गर्दागर्दै पनि पोखरेली गजलले सुधार
गर्नै नपर्ने ठाउँहरु नभएको होइन । छन् यहाँ पनि प्रसस्त सुधार गर्नुपर्ने ठाउँहरु
। प्रमुखरुपमा लय र मात्राहरुको प्रयोग पोखरेली गजलमा विचलन देखिन्छ । इवारत, इशारत र अदा आ–आफ्नो तौर तरिकाको
हुनु पर्ने पनि महत्वपूर्ण आवश्यकता हो । किन कि गजलकारले परिवेशमा देखेको अनुभूति
गरेको विषयवस्तुलाई इवारत, इशारत र अदाको प्रयोगद्वारा जति सफलतापूर्वक गर्न सक्यो उति नै गजल
जीवन्त र चिरकाल बन्न सक्छ ।
यसैक्रममा पोखरेली
युवा गजलकार त्रुपकलाई सम्झन चाहन्छु । उनी आफूले लेखेका गजल मीठो स्वरले गाउन
सक्ने खुबी भएका गजलकार पनि हुन् । गजल गोष्ठीमा उनको वाचन र गायन दुवैले स्रोता
दर्शकलाई मन्त्रमुग्ध बनाउँछ ।
पोखरा अहिले गजल लेख्नेहरु थुप्रै
संख्यामा छन् अग्रज र अनुज गजलकार सबैको नाम एक एक गरेर समावेश गर्न पनियहाँयतिखेर
सम्भव छैन । प्रसंग र आवश्यकता अनुसार ती नामहरु पनिकुनै बेला समेटिने अवसरहरु आउनेछन्
। तै पनिपोखरेली गजलको विकासको अनेक चरणमा अनेक नामहरुले योगदान दिएको देखिन्छ ।
तर, अहिले लेखनका
हिसाबले पनि एक से एक नामहरु लस्करै आउँछन् पोखरेलीगजलमा । तीमध्ये एउटाको नाम
लिँदा अर्कोको नाम छुट्न जाने हुन्छ । यस लेखमा केही गजलकारको गजल शेरहरु उद्धृत
गरियो । यस्ता गजल शेरहरु पोखरामा अन्य थुप्रै गजलकारसँग लेख्न सक्ने क्षमता छ ।
यी त उदाहरण मात्र हुन् ।
deepaksameep@gmail.com
Gazal sandhya pokhara ko establish ka bela ka kura khai ta hajur?
ReplyDeleteAni teti bela pokhara bata publish vayako Gangan dailly lae gazal prati ko samman ra place ko name ta harayao ki kaso ............