पोखरेली युवा सांस्कृतिक परिवारमा समीपको नेतृत्व (समीपका केही तस्बिरसहित) - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Friday, September 23, 2016

पोखरेली युवा सांस्कृतिक परिवारमा समीपको नेतृत्व (समीपका केही तस्बिरसहित)

पोखरेली युवा सांस्कृतिक परिवारमा समीपको नेतृत्व

रुपिन्द्र प्रभावी
लमजुङ, असोज ७ गते । पोखरेली युवा सांस्कृतिक परिवारको शुक्रबार सम्पन्न ३८ अाैँ अधिवेशनले साहित्यकार दीपक समीपलाई नेतृत्व गर्ने अवसर प्रदान गरेको छ । 

गजल सन्ध्या, पोखराका पूर्व अध्यक्ष समीपले यसअघि परिवारको सदस्य, साहित्य संयोजक, विभागीय सल्लाहकार तथा उपाध्यक्ष भएर कार्य गरिसक्नुभएको छ । लमजुङको सूर्यपाल, सोतीपसलमा २०३३ जेठ १६ गते जन्मनुभएका समीप २०४९ मा मुक्तक प्रकाशन गरी साहित्य यात्रा थालेर २०५० देखि गजलमा बढी व्रिmयाशील रहँदै आउनुभएको छ । गजल, मुक्तक, गीत, कविता, लघुकथा लगायतका विधामा कलम चलाउँदै आउनुभएका समीपको खास गरी पोखरामा गजललाई लोकप्रिय बनाउन महत्त्वपूर्ण भूमिका रहेको मानिन्छ । २०६२ मा ‘भूगोलभित्र नकोरिएको देश’ नामक गजल सङ्ग्रह प्रकाशन गर्नुभएका समीपलाई ‘पोखरेली गजल सारथि’को उपमासमेत अनौपचारिक रुपमै पोखरेली गजलकारहरुले दिँदै आएका छन् ।

समीपले गजल सन्ध्याको नेतृत्व गरी संस्थाको उचाइ राष्ट्रिय तहमा पु¥याउनुका साथै उहाँकै कार्यकालमा ‘गजल उत्सव’ नामक वार्षिक प्रकाशन पनि सुरु भएको थियो । ‘सौगात’ र ‘नव माध्यम’ हवाइ पत्रिकाको प्रकाशन समूहमा रहेर काम गर्नुभएका समीपले रेडियो बाराही ९९.२ मेघाहर्जमा ‘गजल उत्सव’ नामक कार्यक्रम पनि सञ्चालन गर्नुभएको थियो । समीप गजल प्रतिभा पुरस्कार, राष्ट्रिय लघुकथा पुरस्कार, मुक्तक मेला सम्मान लगायतका पुरस्कार र सम्मानबाट समेत सम्मानित हुनुभएको छ । 

समीपले सर्व सम्मत रुपमा दुर्इ वर्षे कार्यकालका लागि अध्यक्ष चुनिएपछि हर सम्भव संस्थाको गरिमा उँचो बनाउन लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘म सके नयाँ कार्यक्रम ल्याउँछु, नसके अग्रजहरुले गरेका कार्यव्रmमलाई थप उचाइ दिने प्रयास गर्ने छु ।’

अधिवेशनबाट उपाध्यक्षमा प्रकाश ज्ञवाली, सचिवमा अर्जुन अधिकारी, कोषाध्यक्षमा मोती भुजेल र       सहसचिवमा सन्तोष बस्याल रहेका छन् । यस्तै, साहित्य संयोजकमा अमृत सुवेदी ‘गुराँस’, सङ्गीत संयोजकमा श्रीमान् थुलुङ र कला संयोजकमा हेमकान्ति गुरुङ रहेका छन् । सदस्यहरुमा रामकुमार श्रेष्ठ ‘फुच्चे’, उपेन्द्र पौडेल, रीता अधिकारी, भुवन क्षेत्री र डा. चैतन्य अधिकारी चयन हुनुभएको छ । परिवारका अध्यक्ष सुरेश रानभाटको अध्यक्षतामा भएको अधिवेशनको निर्वाचन मण्डलमा , बद्रिविनोद प्रतीक संयोजक तथा  दीपेन्द्र श्रेष्ठ र सरस्वती प्रतीक्षा सदस्य रहनुभएको थियो ।

२०३४ सालमा स्थापित पोखराको एक पुरानो वाङ्मयिक संस्था पोखरेली युवा सांस्कृतिक परिवारले ‘कला, साहित्य र सङ्गीतको उत्थान ः हाम्रो प्रण’ भन्ने नारासहित विभिन्न कार्यव्रmमहरु सञ्चालन गर्दै आएको छ ।


 अन्य तस्बिरहरुमा समीप






















याे पनि.....

समीपको एकल गजलवाचनमा पोखरेलीको वाह्वाही !


http://rupindra.blogspot.com/2014/03/blog-post_14.html


No comments:

Post a Comment