पद्मश्री पुरस्कार चीरहरणलाई, साधना सम्मान काइँलालाई
काठमाडौं, भदौ १९ गते ।
खेमलाल-हरिकला लामिछाने प्रतिष्ठानले ०७२ सालको पद्मश्री पुरस्कार नीलम कार्की
निहारिकाको ‘चीरहरण’ उपन्यासलाई अर्पण दिने भएको छ ।
गत साउन ११ गते पुरस्कारका
लागि वर्षभरि प्रकाशित कृतिहरुमध्येबाट उत्कृष्ट पाँच कृतिको मनोनयन गरी सूची
सार्वजनिक गरेको प्रतिष्ठानले मूल्याङ्कनकर्ताहरूको निर्णय अनुसार ‘चीरहरण’लाई
सर्वोत्कृष्ट ठहर गरिएको जनाएको छ ।
पुरस्कारको लागि पाँच
कृतिको सूचीमा ‘चीरहरण’सँगै रामलाल जोशीको कथासंग्रह ‘ऐना’, कुमार
नगरकोटीको उपन्यास ‘मिस्टिका’, गिरीश गिरीको गैह्र-आख्यान ‘वीरगञ्ज’ र
भूपिनको कवितासंग्रह ‘सुप्लाको
हवाइ जहाज’
मनोनयनमा परेका थिए ।
२०६३ सालदेखि वर्षभरिमा
प्रकाशित पुस्तकहरूमध्येबाट छानिएको कृतिलाई प्रतिष्ठानले पद्मश्री पुरस्कार दिँदै
आएको छ ।
वैरागी
काइँलालाई पद्मश्री साधना
पाँच दशकअघिदेखि नेपाली र
लिम्बू साहित्यको उत्थान तथा अनुसन्धानमा सक्रिय रहेको र अविच्छिन्न योगदान गरेको
कदर गर्दै यो वर्षको सम्मान काइँलालाई अर्पण गर्ने निर्णय गरिएको प्रतिष्ठानले
जनाएको छ ।
अभिनन्दनसहित सम्मानपत्र र
दुई लाख रुपैयाँ नगदसहित सम्मान गरिनेछ । यो सम्मान यसअघि राष्ट्रकवि माधव घिमिरे, आख्यानकार मदनमणि दीक्षित, संस्कृतिविद् सत्यमोहन जोशी,
कलाकार मह जोडीले पाइसकेका छन् ।
पद्मश्री पुरस्कार र साधना
सम्मान बडादशैंको कोजाग्रत पूर्णिमाको दिनमा अर्पण गरिने प्रतिष्ठानले जनाएको छ ।
अनलाइन खबर डट कमबाट
No comments:
Post a Comment