ठगिनबाट बच्न उपभोक्ता नै सचेत हुनुपर्ने - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Thursday, April 13, 2017

ठगिनबाट बच्न उपभोक्ता नै सचेत हुनुपर्ने


लमजुङ, ३१ चैत । उपभोक्ता ठगिनबाट बच्न चाहने हो भने आफै सचेत हुनुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । राष्ट्रिय उपभोक्ता मञ्च जिल्ला शाखाद्वारा बिहीबार सदरमुकाम बेसीसहमा आयोजना गरिएको उपभोक्त सेचतना तथा अन्तरक्रियात्मक कार्यक्रमका वक्ताहरूले सो धारणा व्यक्त गरेका हुन् ।
कार्यक्रममा आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका निमित्त महानिर्देशक लक्ष्मण श्रेष्ठले मुलुकमा उपभोग्य वस्तुको नियमनकारी निकाय १० वटा भए पनि तिनका बीचमा समन्यवको अभाव रहेको बताए । ‘उपभोक्ता सचेत र जागरुक भएमा गठिनबाट बच्न सकिन्छ’ उनले भने, ‘त्यसैले यस्ता सचेतनाका कार्यमा विभागले साझेदारी गरिरहेको छ ।’ उनले विभागमा दक्ष जनशक्ति नभएकोले प्रयोगशाला पनि नभएको र अञ्चल तथा जिल्लामा कुनै पनि कार्यालय नभएको र प्रमुख जिल्ला अधिकारीका भरमा काम गर्नु परेको दुःखेसो पोखे । तर सिमितताका विचमा पनि केही काम भएका छन्, सबै नियमनकारी निकायविचमा आफूले समन्वयको प्रयास गरिरहेको बताए । अनुगमनका क्रमममा टिमलाई स्थलगत कारवाहीको अधिकार दिनु पर्नेगरी ऐनमा संशोधन गरिन लागेको उनले जानकारी दिए । उपभोक्ताले गुनासो र उजुरी गर्ने बानीको विकास गर्नुपर्ने उनले सुझाएका थिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले उपभोक्ताको जागरुकताले नै बजारलाई व्यवस्थित बनाउन सकिने हँदा त्यसका लागि सहकार्य गर्नु पर्ने र यो सबैको दायित्व भएको बताए । यसैगरी, राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रृृेमलाल महर्जनले कार्यव्रmमको उद्देश्यमाथि प्रकाश पार्दै उपभोक्ताको अधिकारका बारेमा संविधानाले नै प्रत्याभूति गरेको हुँदा कार्यान्वयन गर्नका लागि जागरुक हुनुपर्ने बताए । कार्यव्रmममा राष्ट्रिय उपभोक्ता मञ्चका महासचिव पुष्पराम पौडेलले कानुन र नियमावलीका बारेमा र सचिव गोविन्द सुवेदीले उपभोक्ताको वर्तमान अवस्था र सचेतनाका लागि उनीहरुको भूमिकाका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यव्रmममा उपभोक्ता हित संरक्षण मन्चका जिल्ला अध्यक्ष तथा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य किसान सङ्गीत, लमजुङ उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष राजेश थापालगायतले उपभोक्ता अधिकारका विषयमा बोलेका थिए ।
‘सहज आपूर्तिको मूल आधार ः जागरुक उपभोक्ता र प्रतिस्पर्धी बजार’ मूल नाराका साथ राष्ट्रिय उपभोक्ता मञ्चका जिल्ला अध्यक्ष डम्मर अधिकारीको अध्यक्षतामा भएको कार्यव्रmममा उपाध्यक्ष लक्ष्मी अधिकारीले स्वागत, अर्का उपाध्यक्ष भूपाल दनाईले धन्यवाद ज्ञापन र सचिव नवराज पहाडीले सञ्चालन गरेका थिए ।

No comments:

Post a Comment