सातौँ सुन्दरबजार महोेत्सवको घोषणा - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Thursday, December 15, 2016

सातौँ सुन्दरबजार महोेत्सवको घोषणा

सातौँ सुन्दरबजार महोेत्सवको घोषणा

लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिकाको सुन्दरबजारमा आगामी माघ दोस्रो साता सातौँ सुन्दरबजार महोेत्सव सञ्चालन गर्ने घोषणा गरिएको छ । महोत्सवको आयोजक लमजुङ उद्योग बाणिज्य संघ सुन्दरबजार इकाईले पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो ।

उक्त सातौँ सुन्दरबजार महोत्सव माघ १४ गतेदेअि २३ गतेसम्म सञ्चालन गर्ने तयारीमा आफूहरू लागेको लमजुङ उद्योग वाणिज्य संघ सुन्दबजार ईकाईका अध्यक्ष गालु मियाले पत्रकारहरूलाई बताउनु भयो । उहाँका अनुसार महोत्सवको नारा ‘स्थानीय कला, संस्कृति, पर्यटन शिक्षा विकासको पहिचान, उद्योग व्यापार र कृषि लगानी प्रवद्र्धनमा हाम्रो अभियान’ तय गरिएको छ । सुन्दरबजार लमजुङको दोस्रो ठुलो मुख्य व्यापारिक केन्द्र मानिन्छ ।

जिल्लाको पहिचान, लोकसंस्कृतिको प्रवद्र्धन, विकासको सम्भावनालाई उजागर गर्ने उद्योग वाणिज्य संघ सुन्दरबजार ईकाईका अध्यक्ष गालु मियाले बताउनुभयो । उहाँका अनुसार स्थानीय कला, संस्कृतिको जगेर्ना, व्यवसायिक कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, उद्योग क्षेत्रमा लगानीमैत्री वातावरण निर्माण गर्ने र जिल्लाकै आर्थिक विकासमा टेपा पुर्याउने सातौँँ सुन्दरबजार महोत्सवको मुख्य लक्ष्य रहेको छ ।

महोत्सव १० दिनसम्म सञ्चालन हुने ईकाईका कोषाध्यक्ष नेत्र गुरुङले बताउनुभयो ।  उहाँका अनुसार महोत्सवमा औद्योगिक तथा व्यापारिक प्रदर्शनी, स्थानीय घरेलु तथा हस्तकला प्रदर्शनी, कृषि, पुष्प, तथा जडीबुटी प्रदर्शनी, विभिन्न लोक सांस्कृति प्रदर्शनी, लोक दोहोरी गीत कार्यक्रम, जातीय एवम् सांस्कृति संग्राहलय, झाँकी तथा ¥याली प्रदर्शनी, नाटक प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती आदि मुख्य आकर्षणको रहेने छन् ।

महोत्सवलाई सफल बनाउन विभिन्न ३७ उपसमित गठन गरिने भएको ईकाईका अध्यक्ष मियाले बताउनुभयो । उहाँले महोत्सवलाई सफल बनाउन सबै जिल्लावासीको साथ र सहयोग पाउने विश्वास लिएको लमजुङ उद्योग वाणिज्य संघका पूर्वउपाध्यक्ष रामबाबु श्रेष्ठले बताउनुभएको छ ।

महोत्सवमा १ सय ५० स्टल राखिने आयोजक लउवासंघ सुन्दरबजार ईकाईका सचिव अर्जुन परियारले बताउनुभयो । उहाँका अनुसार लमजुङ कृषि क्याम्पस सुन्दरबजारको प्राङ्गडमा सञ्चालन गरिने महोत्सवमा १ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

No comments:

Post a Comment