टप्सको २४ औँ स्थापना दिवस सम्पन्न, वर्षभरि रजत जयन्ती मनाइने
पोखरा, पुस ४ गते ।
पोखराको रामघाटस्थित टप्स इङ्लिस बोर्डिङ स्कुलले आफ्नो २४ आँै स्थापना दिवस सोमबार सम्पन्न गरेको छ । आगामी वर्ष २५ औँ स्थापना दिवसका सन्दर्भमा वर्षभरि नै रजत जयन्ती विशेष कार्यव्रmमहरु सञ्चालन गरिने संस्थापक÷प्राचार्य रत्नमान गुरुङले घोषणा गर्नुभयो ।
कार्यव्रmमका अध्यक्ष तथा विद्यालयका संस्थापक÷प्राचार्य गुरुङले हाल विज्ञान र व्यवस्थापन सङ्कायमा उच्च शिक्षा प्रदान गरिरहेको विद्यालयले होटल व्यवस्थापनको पढाइ सञ्चालन गर्ने तयारी गरिरहेको बताउनुभयो । विद्यार्थीकेन्द्रित शैक्षिक गतिविधिलाई टप्सले उच्च प्राथमिकतामा राखेको बताउँदै गुरुङले शैक्षिक गुणस्तरका लागि जुनसुकै त्याग गर्न आफू तयार रहेकोमा जोड दिनुभयो ।
कार्यव्रmमका विशेष अतिथि पोखरा लिङ्कन इन्टरनेशनल कलेजका निर्देशक शेरबहादुर गुरुङले टप्सका गतिविधि नेपालकै शैक्षिक इतिहासमा उल्लेखनीय रहेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले पोखराबाट अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिष्ठित प्रतिभाहरु जन्माउन टप्स सफल भएको विश्लेषणसमेत गर्नुभयो ।
अर्का विशेष अतिथि पत्रकार तथा शिक्षक अभिभावक सङ्घ कास्कीका अध्यक्ष हेमराज बरालले टप्स हरेक कुरामा टप रहेको भन्दै जनमानसमा राम्ररी भिजेको स्कुलका रुपमा आफूले टप्सलाई चिनेको बताउनुभयो । सो अवसरमा शिक्षक÷शिक्षिकाहरुका तर्फबाट संस्थापक÷प्राचार्य रत्नमान गुरुङ र संस्थापिका भक्ति गुरुङलाई विशेष सम्मान गरिएको थियो ।

४ दिनसम्म पूर्व विद्यार्थी भेला, विभिन्न तहगत विद्यार्थीहरु र शिक्षक÷शिक्षिकाहरुबिच खेलकुद प्रतियोगिता, विविध कार्यव्रmमहरुपछि गरिएको समापन कार्यव्रmममा पुरस्कार वितरण तथा सांस्कृति कार्यव्रmमहरु पनि प्रस्तुत गरिएको थियो । पुरस्कृत विद्यार्थीहरुलाई पूर्व शिक्षक तथा अभिभावक रुपिन्द्र प्रभावी, भेषराज पौडेल, इन्सपेक्टर धनकाजी गुरुङ, भोजेन्द्र गुरुङ, तारा गुरुङ, कर्णबहादुर गुरुङलगायतले पुरस्कार वितरण गर्नुभएको थियो । यसअघि सम्पन्न शिक्षिका–कुर्ची घुमाइ प्रतियोगितामा लुमा थापा र चित्रकुमारी गुरुङ व्रmमशः प्रथम र द्वितीय हुनुभएको थियो भने विद्यार्थीहरुबिच भएको खुला गायन प्रतियोगितामा अमिता गुरुङ, विनिसा पन्त, सिनेन गुरुङ र पूर्णबहादुर गुरुङ व्रmमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनुभएको थियो । उच्च मावि संयोजक निर्मंलमणि सोती र शिक्षक गोपाल खनालले सञ्चालन गर्नुभएको कार्यव्रmममा स्कुल सुपरभाइजर चित्रकुमार गुरुङले स्वागत गर्नुभएको थियो । सो अवसरमा २४ अभिभावक दिवस आगामी फागुन २१ गते पोखरा सभागृहमा हुने पनि जनाइएको थियो ।
वि. सं. २०५० मङ्सिर २४ मा स्थापना भएको विद्यालयबाट हालसम्म १६औँ समूहबाट ८ सय ६५ जनाले एस. एल. सीं उत्तीर्ण गरेका विद्यलयकी संस्थापिका भक्ति गुरुङले जानकारी दिनुभयो ।
पोखराको रामघाटस्थित टप्स इङ्लिस बोर्डिङ स्कुलले आफ्नो २४ आँै स्थापना दिवस सोमबार सम्पन्न गरेको छ । आगामी वर्ष २५ औँ स्थापना दिवसका सन्दर्भमा वर्षभरि नै रजत जयन्ती विशेष कार्यव्रmमहरु सञ्चालन गरिने संस्थापक÷प्राचार्य रत्नमान गुरुङले घोषणा गर्नुभयो ।
कार्यव्रmमका अध्यक्ष तथा विद्यालयका संस्थापक÷प्राचार्य गुरुङले हाल विज्ञान र व्यवस्थापन सङ्कायमा उच्च शिक्षा प्रदान गरिरहेको विद्यालयले होटल व्यवस्थापनको पढाइ सञ्चालन गर्ने तयारी गरिरहेको बताउनुभयो । विद्यार्थीकेन्द्रित शैक्षिक गतिविधिलाई टप्सले उच्च प्राथमिकतामा राखेको बताउँदै गुरुङले शैक्षिक गुणस्तरका लागि जुनसुकै त्याग गर्न आफू तयार रहेकोमा जोड दिनुभयो ।
कार्यव्रmमका विशेष अतिथि पोखरा लिङ्कन इन्टरनेशनल कलेजका निर्देशक शेरबहादुर गुरुङले टप्सका गतिविधि नेपालकै शैक्षिक इतिहासमा उल्लेखनीय रहेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले पोखराबाट अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिष्ठित प्रतिभाहरु जन्माउन टप्स सफल भएको विश्लेषणसमेत गर्नुभयो ।अर्का विशेष अतिथि पत्रकार तथा शिक्षक अभिभावक सङ्घ कास्कीका अध्यक्ष हेमराज बरालले टप्स हरेक कुरामा टप रहेको भन्दै जनमानसमा राम्ररी भिजेको स्कुलका रुपमा आफूले टप्सलाई चिनेको बताउनुभयो । सो अवसरमा शिक्षक÷शिक्षिकाहरुका तर्फबाट संस्थापक÷प्राचार्य रत्नमान गुरुङ र संस्थापिका भक्ति गुरुङलाई विशेष सम्मान गरिएको थियो ।

४ दिनसम्म पूर्व विद्यार्थी भेला, विभिन्न तहगत विद्यार्थीहरु र शिक्षक÷शिक्षिकाहरुबिच खेलकुद प्रतियोगिता, विविध कार्यव्रmमहरुपछि गरिएको समापन कार्यव्रmममा पुरस्कार वितरण तथा सांस्कृति कार्यव्रmमहरु पनि प्रस्तुत गरिएको थियो । पुरस्कृत विद्यार्थीहरुलाई पूर्व शिक्षक तथा अभिभावक रुपिन्द्र प्रभावी, भेषराज पौडेल, इन्सपेक्टर धनकाजी गुरुङ, भोजेन्द्र गुरुङ, तारा गुरुङ, कर्णबहादुर गुरुङलगायतले पुरस्कार वितरण गर्नुभएको थियो । यसअघि सम्पन्न शिक्षिका–कुर्ची घुमाइ प्रतियोगितामा लुमा थापा र चित्रकुमारी गुरुङ व्रmमशः प्रथम र द्वितीय हुनुभएको थियो भने विद्यार्थीहरुबिच भएको खुला गायन प्रतियोगितामा अमिता गुरुङ, विनिसा पन्त, सिनेन गुरुङ र पूर्णबहादुर गुरुङ व्रmमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनुभएको थियो । उच्च मावि संयोजक निर्मंलमणि सोती र शिक्षक गोपाल खनालले सञ्चालन गर्नुभएको कार्यव्रmममा स्कुल सुपरभाइजर चित्रकुमार गुरुङले स्वागत गर्नुभएको थियो । सो अवसरमा २४ अभिभावक दिवस आगामी फागुन २१ गते पोखरा सभागृहमा हुने पनि जनाइएको थियो ।वि. सं. २०५० मङ्सिर २४ मा स्थापना भएको विद्यालयबाट हालसम्म १६औँ समूहबाट ८ सय ६५ जनाले एस. एल. सीं उत्तीर्ण गरेका विद्यलयकी संस्थापिका भक्ति गुरुङले जानकारी दिनुभयो ।
No comments:
Post a Comment