अनिधकृत हस्तक्षेपकाे सकस
-शच्चन्द्र वस्ती
हिज्जेमाथिको श्रृंखलाबद्ध हस्तक्षेपले निरन्तर अन्योलमा पर्दै आएका नेपाली भाषा प्रयोगकर्ताहरू संयुक्त अक्षरको खुट्टा काट्ने आदेश जारी भएपछि नराम्ररी झस्केका छन् । यो समग्र उपक्रमले अन्तत: हाम्रो लिपि र भाषालाई धरापमा पार्ने चिन्ता उनीहरूमा व्याप्त भएको छ । यसैबीच जान्ने–बुझ्ने भनिएका कतिपय व्यक्ति समेत प्रयोगकर्ताको चिन्तालाई उपहासको विषय बनाउँदै अनधिकृत हस्तक्षेपको पृष्ठपोषण गर्न लागिपरेको देख्ता तिनको चिन्ता आशंकामा परिणत हुँदैछ । यस्ता खेल संसारका अन्य मुलुकमा पनि योजनाबद्ध रूपमा खेलिएका र तिनले अन्तत: त्यहाँको लिपि र भाषालाई डुबाएका निकट–अतीतका घटनाहरूले उनीहरूको आशंकालाई अझ गाढा बनाएको छ । कहीं नभएको जात्रा
भाषा परिवर्तनशील हुन्छ, लोकव्यवहार मार्फत उसले आफूलाई स्वत: परिवर्तित गर्दै लैजान्छ । यसरी आएको परिवर्तन स्वाभाविक र सर्वस्वीकार्य हुन्छ । तर, परिवर्तनका नाममा भाषामाथि हस्तक्षेप गर्ने अधिकार कसैलाई हुँदैन । यो सर्वमान्य मान्यता हो । संसारका विकसित भाषाहरूमा जनजीवनमा राम्ररी भिजिसकेका ‘परिवर्तन’हरूलाई व्यापक सर्वेक्षण र छलफलपछि बल्ल औपचारिकता प्रदान गरिन्छ । व्यवहारमा पचिसकेको हुँदा प्रयोगकर्ताले अलिकति पनि असहजता महसूस नगरी त्यसलाई स्वीकार गर्छन् ।
हिज्जेको भाँडभैलो
यही प्रवृत्ति, यही प्राधिकारवादी मानसिकताले निम्त्याएको हो हिज्जेको भाँडभैलो । यस क्रममा सर्वप्रथम संस्कृत बाहेक अन्य सबै भाषाबाट आएका शब्दको शुरू र बीचमा रहेका दीर्घ ईकार–ऊकारलाई हटाएर ह्रस्व मात्र लेख्न अनि श–ष हटाएर स मात्र लेख्न आदेश दिइयो । ‘उच्चार्य वर्णमाला’ भन्दै ई, ऊ, ऐ, औ, अं, अ: जस्ता स्वर र ञ, ण, श, ष, क्ष, त्र, ज्ञ जस्ता व्यञ्जनलाई वर्णमालाबाट हटाइयो । ञ, ण, श, ष जस्ता अक्षर उच्चारण गर्नुको कुनै अर्थ छैन र नेपालीले उच्चारण पनि गर्दैनन् भन्ने ‘शिक्षा’ दिन थालियो । ‘नेपाली’ शब्दबाट दीर्घ ई–ऊ र श–ष उन्मूलन गर्ने अभियान चलाइयो । संयुक्त अक्षरका खुट्टा काट्ने आदेश यसै भाँडभैलोको पछिल्लो कडी हो ।
जबर्जस्ती लादिएकाले यसको पक्षमा दिइने गरेका तर्क पनि एकांगी, निराधार र दिउसै रात पार्न खोज्ने खालका छन् । स्थापित भइसकेको हिज्जे गिजोल्दा जटिलता र अन्योल मात्र सृजना भएको यथार्थ घाम झैं छर्लंग छ, तर त्यसलाई अस्वीकार गरेर ‘यो सब सरलताका लागि गरिएको हो’ भनिन्छ । प्रचलित शब्दप्रति संवेदनशील हुन नसक्नेले भाषाको कुरा गर्न सुहाउँदैन भन्ने सत्य बुझ पचाएर शब्दको अंगभंग गर्नैपर्छ भन्ने विवेकशून्य हठ गरिन्छ । तद्भवीकरणको सिद्धान्त अब असान्दर्भिक भइसक्यो, ‘विश्वग्राम’ र तद्भवीकरण सँगसँगै हिंड्न सक्तैनन् भन्ने यथार्थ बुझ्न नसकेर तद्भवीकरणको जिद्दी गरिन्छ— ागतगचभ लाई ‘Ïयुचर’ भनेको स्रोतभाषाकै उच्चारण पछयाइएको हो, नत्र ‘फुटुरे’ भनिन्थ्यो भन्ने तथ्य ढाकछोप गर्न खोजिन्छ । अनि, जापानी र चिनियाँ भाषाका जटिलतर चित्रात्मक अक्षर समेत केटाकेटीले खेली खेली सिकिरहेका हुन्छन् भन्ने वस्तुतथ्य नकारेर ‘विद्यार्थीले संयुक्त अक्षर सिक्न सक्तैनन्, त्यसैले तिनको खुट्टा काट्न लगाइएको हो’ भनिन्छ ।
घातक असर
हिज्जेमाथिको सुनियोजित हस्तक्षेपले निम्त्याएका समस्या नेपाली भाषालाई तात्कालिक र दूरगामी दुवै दृष्टिले ज्यादै घातक असर पार्ने खालका छन् । यसले हाम्रो भाषालाई क्षयीकरणतर्फ धकेल्ने काम मात्र गरेको छ । जस्तै :
सरलताको सस्तो र भ्रमपूर्ण नारा दिंदै नेपाली शब्दको हिज्जेलाई झन् झन् जटिल, अव्यवस्थित, अन्योलग्रस्त र अराजक बनाउँदै लगेको छ । कमजोरी र अज्ञानलाई नै विशेषता, मौलिकता र मानकका रूपमा व्याख्या गरिएको फलस्वरूप ‘तत्सम’ शब्दलाई पनि अशुद्धिको बाढीले छोप्ने क्रम शुरू भइसकेको छ ।
नेपाली भाषा अन्य राष्ट्रिय भाषाहरूमाथि हाबी भयो भन्ने गुनासो आज देशका सबैजसो समुदायमा व्याप्त छ । यो गुनासो वस्तुत: नेपाली भाषाप्रति नभएर राज्यप्रति लक्षित हो र राजनीतिक प्रकृतिको हो । भाषाका रूपमा नेपालीलाई सबैले खुला दिलले स्वीकारेकै छन् । तर मैथिली, अवधी, भोजपुरी, बज्जिका, नेवारी, राई, लिम्बू, तामाङ, मगर, शेर्पा, गुरुङ आदि राष्ट्रिय भाषाहरूबाट नेपालीमा आएका र भविष्यमा आउने शब्दलाई समेत हिज्जेको निहुँमा अंगभंग र विरूपीकरण गर्ने यो हठले तमाम राष्ट्रिय भाषाभाषीहरूको मनमा सोझै चोट पुर्याउने काम गर्दैछ र नेपाली भाषाप्रति नै नकारात्मक भावना जगाउन मन्दविषको भूमिका खेलिरहेको छ ।
समावेशिता, उदारता र सबै भाषाको अस्मिता तथा पहिचानको सम्मान नेपाली भाषाको नैसर्गिक प्रवृत्ति हो । तर यस उन्मादले त्यस प्रवृत्तिलाई बलात् ध्वंस गरेर नेपाली भाषामा जातिवादी–साम्प्रदायिक मानसिकता बोकेको, शासकीय अहंकारले ग्रस्त, सामन्ती चरित्र आरोपित गर्नेछ । राष्ट्रिय भाषाहरूप्रति हेपाहा र अपमानजनक व्यवहार गर्ने यस्तो प्रवृत्तिले जातीय तथा भौगोलिक समुदायहरूमा नेपाली भाषाप्रति अपनत्वको भाव समाप्त गर्दै पृथकताको भाव मात्र होइन, द्वेष र घृणा समेत बढाउने काम गर्नेछ— जसले राष्ट्रिय एकतामा ज्यादै गहिरो आघात पार्नेछ ।
सक्रियताको खाँचो
साँच्चिकै भयावह छन् र हुनेछन् यी असरहरू । तर हामीमा थोरै मात्र पनि विवेक, भाषाप्रेम र कर्तव्यबोध जाग्ने हो भने यिनबाट मुक्ति पाउन पटक्कै गाह्रो छैन । किनभने, यी असरहरूको जनक भाषामाथिको हस्तक्षेप हो, जो स्वयंमा अनधिकृत छ, अवैध छ । किनभने, भाषामाथि हस्तक्षेप गर्ने अधिकार कुनै भाषाशास्त्री, व्याकरणकार, शिक्षक, प्राज्ञ, कुनै संस्था, विश्वविद्यालय, एकेडेमी, सरकार, संसद कसैलाई हुँदैन । न एक्लै, न त संयुक्त वा सर्वसम्मत रूपमा नै ।
आत्मालोचना
हिज्जेमाथिको हस्तक्षेप मूलत: झर्रोवादी उग्रताको उपज हो । ‘संस्कृत–इतर शब्दमा ह्रस्व इकार–उकार मात्र र पातलो स मात्र राख्ने’ यसको सारांश हो । त्यही झर्रोवादी आन्दोलनका मुख्य अभियन्ता प्रा. बालकृष्ण पोखरेल आज उच्चस्वरमा भन्दै हुनुहुन्छ : उसवेला (६० वर्ष अघि) भाषिक युद्धकाल थियो । त्यसैले उग्रताको नीति लिइएको थियो । अहिले त्यसको आवश्यकता छैन । (सेतोपाटी डट कम, २७ भदौ, २०७३) उहाँकै नेतृत्वमा ४० वर्ष अघि हस्तक्षेपमुखी गोष्ठीहरू आयोजना गरिए र उहाँकै सम्पादकीय निर्देशनमा २०४० सालमा ‘नेपाली बृहत् शब्दकोश’ निर्माण गरियो । त्यसमा आफूले संस्कृत–इतर भाषाबाट आएका शब्दमा दीर्घ ई–ऊ लाई ह्रस्व र श लाई स बनाएर ०.५ (आधा) प्रतिशत झर्रोवादी उग्रता समावेश गरेको र हिज्जेमा आज मच्चिएको भाँडभैलो त्यसैको परिणाम भएको कार्य–कारणभाव प्रस्टयाउँदै आफ्नो त्यस कार्यलाई उहाँले ‘पाप’ को संज्ञा दिनुभएको छ र भन्नुभएको छ ‘यो पापको ‘नेकशुले–२०६९’ (नेपाली भाषा प्रयोगकर्ता समूहले महागुरुहरूको सहभागितामा तयार गरेको हिज्जे सम्बन्धी व्यवस्था) मार्फत मैले प्रायश्चित्त गरेको छु ।’ (९ असार, २०६९ मा ‘कान्तिपुर’ मा प्रकाशित उहाँको आलेख ।) विक्रमको वर्तमान शताब्दीमा नेपाली भाषाको श्रीवृद्धिका निम्ति हर दृष्टिले सर्वोपरि योगदान गरेका बूढा बाघको यो स्पष्टीकरण र यो आत्मालोचना पछि ‘नेपालीमा ह्रस्व इ–उ र पातलो स मात्र’ को कथित मान्यता स्वत: निष्प्राण भइसकेको छ । उहाँका नाति चेलाहरूले त्यही निष्प्राण लाशलाई नेपाली भाषामाथि थोपरेर भाषामा अझै भाँडभैलो मच्चाइरहने लक्ष्य निर्धारित गर्नुको कुनै औचित्य छैन । ‘लाशमाथिको राजनीति’ राम्रो कुरा हुँदै होइन ।
अब के गर्ने ?
हिज्जेमाथिको हस्तक्षेप मूलत: दीर्घ ई–ऊ र श–ष को विस्थापनमा केन्द्रित रहे पनि यसले अन्य कतिपय पक्षमा समेत प्रवेश गरेको छ । त्यसैले, हस्तक्षेप फिर्ता गर्ने–गराउने क्रममा निम्नलिखित पाँच पक्षमा ध्यान पुर्याउनु जरूरी छ :
१. ह्रस्व–दीर्घ, श–ष–स :
— संस्कृतबाट जस्ताको तस्तै आएका (तत्सम) शब्द यथावत् लेख्ने ।
(जस्तै : शिव, शरीर, नवीन, मयूर, अक्षर, ईश्वर, ऊर्जा, राष्ट्रिय, सम्पादकीय आदि ।)
— नेपालभित्र र बाहिरका अन्य विभिन्न भाषाबाट हाम्रो भाषामा ‘जस्ताको तस्तै मिल्न आएका’ र मिल्न आउने (आगन्तुक) शब्दको रूप नबिगारी लेख्ने । श लाई स र दीर्घलाई ह्रस्व नबनाउने ।
(जस्तै : खुशी, शहर, शहीद, फेशन, मार्कशीट, जीप, बेलून, कानून, कार्टून आदि ।)
— विदेशी शब्द यथासम्भव मूल भाषाको उच्चारणसँग निकटतम हुने गरी लेख्ने ।
(जस्तै : ‘हाम्रो नियम अनुसारको उच्चारण’ भनेर George लाई ‘ग्योर्गे’ नबनाउने— जर्ज नै लेख्ने, Campus लाई ‘कम्पुस’ नबनाउने— क्याम्पस नै लेख्ने, School लाई ‘स्चुल’ नबनाउने— स्कूल नै लेख्ने ।…)
— संस्कृत लगायत सबै भाषाबाट रूप परिवर्तन भई आएका शब्द यथावत् लेख्ने ।
(जस्तै : गाउँ, हात, नाइके, छाता, लाल्टिन, सोख, जर्नेल, सिमन्टी, अस्पताल आदि ।)
— वैकल्पिक/झर्रो नियम अनुसारका शब्दलाई निषेध नगर्ने ।
(जस्तै : अकास, बर्खा, सित्तल, जबाफ, सिकार, सेयर, कार्टुन आदि ।)
— परम्परागत रूपमा दीर्घ लेखिंदै आएका शब्द नबिगार्ने ।
(जस्तै : तीतो, मीठो, खीर, फूल, दूध, बूढो, ठूलो आदि ।)
— नेपाली प्रत्यय लगाउँदा मूल शब्दलाई यथासम्भव नबिगार्ने ।
(जस्तै : स्वीकार्नु, पश्चिमेली, अंशियार, बेहोशी, कानूनी आदि ।)
२. संयुक्त अक्षर :
— संयुक्त अक्षरहरू परम्परागत ढाँचामा संयुक्त रूपमै लेख्ने । खुट्टा काटेर नलेख्ने ।
(जस्तै : विद्या, बुद्ध, शक्ति आदि ।)
— शब्दको बीचमा खुट्टा काटेर पञ्चम वर्ण नलेख्ने । सकेसम्म संयुक्त रूपमै लेख्ने, नत्र अनुस्वार दिने ।
(जस्तै : शङ्का वा शंका । सङ्घ वा संघ ।)
३. पदयोग–पदवियोग :
— अर्थ फरक नपर्ने भएमा, ६ वा सोभन्दा बढी अक्षर भएमा समस्त शब्दलाई छुटयाएर लेख्ने । तर व्यक्ति, स्थान, पद, संस्था आदिलाई बुझाउने शब्द अभ्यास वा प्रचलन अनुसार यथावत् लेख्ने ।
— एउटा काम जनाउने संयुक्त क्रियालाई एउटा डिकोमा लेख्ने । छुट्टाछुट्टै काम जनाउने भए छुट्टै डिकोमा लेख्ने ।
— विभक्ति जोडेर लेख्ने । विभक्तिवत् नामयोगीमा विकल्प खुला राख्ने । त्यस बाहेकका नामयोगी छुटयाएर लेख्ने ।
४. शब्दकोश :
— मूल शब्द/मूल हिज्जेलाई नै मुख्य मानी तदनुरूप मूल प्रविष्टि दिने । तिनको तद्भव वा वैकल्पिक रूपलाई वैकल्पिक प्रविष्टि दिने ।
(जस्तै : खुशी, शहीद, कानून, फेशन, कार्टून लाई मूल प्रविष्टि दिने र तिनको अर्थ त्यहीं दिने । खुसी, सहिद, कानुन, फेसन, कार्टुन लाई वैकल्पिक प्रविष्टि दिने र अर्थ मूल प्रविष्टिमा हेर्न लगाउने ।)
— नेपाली भाषामा भित्रिएका विदेशी शब्दका साथै राष्ट्रिय भाषाहरूका र आञ्चलिक शब्द समेत थपेर आधिकारिक शब्दकोश तयार गर्ने ।
— औपचारिक लेखन, सरकारी कामकाज, पाठयपुस्तक, शिक्षण आदिमा मूल शब्द/मूल प्रविष्टिलाई नै मान्यता दिने । अन्यत्र वैकल्पिक रूपलाई निषेध नगर्ने ।
५. पठनपाठन :
— परम्परागत वर्णमाला (१३ स्वर, ३६ व्यञ्जन) कायम राख्ने । नघटाउने ।
— हिज्जे नियमबाट होइन, अभ्यासबाट सिकाउने व्यवस्था गर्ने । त्यसका लागि शब्दकोशलाई आधार मान्ने ।
— वर्ण/अक्षर र शब्दको उच्चारण सिकाउने व्यवस्था गर्ने । त्यसका लागि श्रव्यदृश्य सामग्री तयार पार्ने ।
— उच्चार्य वर्णमाला, हिज्जेका नियम जस्ता कुरा अनिवार्य नेपालीबाट हटाउने । तिनलाई आवश्यकता अनुसार ऐच्छिक नेपालीमा समावेश गर्ने ।
सारांश
तत्काल प्रयोगका निम्ति भने यी कुराहरूको सार, सरलीकृत रूपमा निम्न तीन बुँदाहरूमा स्मरण गर्न सकिन्छ :
क. दशैं, कोशी, खुशी, शहर, फेशन, शहीद, गरीब, जीप, स्कूल, कार्टून, कानून, दूध, फूल जस्ता शब्दको श र दीर्घ ई–ऊ नबिगारी शुद्ध रूपमा लेख्ने ।
ख. संयुक्त अक्षर खुट्टा काटेर नलेख्ने ।
ग. अर्थमा फरक पर्दैन भने लामा समस्त शब्द र नामयोगी छुटयाएर लेख्ने ।
अन्त्यमा
शब्द सरस्वतीका रूप हुन् । शब्दको सम्मान गरेर मात्र भाषाको श्रीवृद्धि गर्न सकिन्छ । हाम्रो भाषालाई संस्कृतका शब्दले मात्र नपुग्ने भएपछि अन्य भाषाबाट शब्द ल्याइएका हुन् । तिनले हाम्रो भाषालाई समृद्ध बनाएका छन् । तिनको सम्मान गर्नुपर्छ, विरूप बनाएर अपमान गर्न हुँदैन । शब्दका सामु शिर झुकाउँदा हाम्रो कद बढ्छ, घट्तैन । शब्दको जीतमा भाषाको जीत छ, भाषाको जीतमा हामी सबैको जीत छ । नेपाली भाषासँग हाम्रो सभ्यता, संस्कृति, परिचय र गौरव सबै–सबै गाँसिएको छ । जानेर वा नजानेर यसलाई डुबाउने बाटोमा नलागौं । नत्र भविष्यले माफ गर्नेछैन ।

इकान्तिपुर डट कमबाट साभार
No comments:
Post a Comment