गाेरेटाे र गल्ली उस्तै रहे पनि गायक भने रहेनन्
२९ भदौ, काठमाडौं ।

कलेजोको समस्याबाट पीडित उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको गीतकार तथा सञ्चारकर्मी भूपेन्द्र खड्काले जानकारी दिए । उनका गोरेटो अनि उस्तै छ गल्ली, बिहानीमा अनि साँझमा, जब म लगायतका गीत निकै चर्चित छन् ।
पप गीतहरुमा संगीत संयोजन गर्ने उनी गीत समेत लेख्थे । बर्देवाका ‘जब म’, ‘मेरो गितार’, ‘बेस्ट अफ सुनील बर्देवा’लगायतका गीति एल्बम निस्किएका छन् । एक छोरा र एक छोरी रहेका उनको श्रीमतीको केही वर्षअघि नै निधन भइसकेको छ ।
बर्देवाको पार्थिव शरीरलाई श्रदाञ्जलीका लागि बुधबार बिहान नेपाल प्रज्ञा-प्रतिष्ठान कमलादीमा राखिएकाे जनाइएको छ । उनको बुधबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ ।
भिडियाे हेर्न याे लिङ्क क्लिक गर्नुहाेला ।
https://www.youtube.com/watch?v=jb3EX-JCUvg
भिडियाे हेर्न याे लिङ्क क्लिक गर्नुहाेला ।
https://www.youtube.com/watch?v=jb3EX-JCUvg
No comments:
Post a Comment