सुन्दरबजार नगरपालिकाका आकस्मिक बाहेक सबै सेवा बैशाख मसान्तसम्म बन्द - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Thursday, May 6, 2021

सुन्दरबजार नगरपालिकाका आकस्मिक बाहेक सबै सेवा बैशाख मसान्तसम्म बन्द

विष्णुकुमार श्रेष्ठ/अन्तरङ्ग

लमजुङ– कोरोना भाइरस(कोभिड– १९) को दोस्रो प्रकोप फैलिने लक्षण देखिएसँगै सुन्दरबजार नगरपालिकाले आफ्ना आकस्मिक बाहेकका सबै सेवा बैशाख मसान्तसम्म बन्द गरिएको छ । नगरपालिकाले एक अत्यन्त जरुरी सूचना प्रकाशित गर्दै त्यस्तो जानकारी दिएको हो ।

नगरपालिकाका मेयर जनकराज मिश्रद्वारा हस्ताक्षरित सूचनामा ‘यस नगरपालिकामा कोभिड– १९ को दोस्रो लहर संक्रमण समुदायस्तरमा फैलने उच्च जोखिम बढेको सन्दर्भमा यस नगरपालिकाको नगर प्रमुखस्तरीय निर्णयअनुसार नगरपालिका, नगरकार्यपाकिलाको कार्यालय तथा सम्बन्धित वडा कार्यालयहरूबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरू बैशाख मसान्त सम्मको लागि बन्द रहने व्यहोरा सूचित गरिन्छ ।’ भनिएको छ । 

यसैगरी, उक्त सूचनामा ‘यसबाट सम्पूर्ण सेवाग्राहीहरूमा वर्न जाने असुविधाप्रति नगरपालिका क्षमा याचना गर्दै कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि अत्यावश्यकीय काममा बाहेक कुनै पनि कारणले घर बाहिर ननिस्किई यसको व्यवस्थापनमा खटिनुभएका स्वास्थ्य तथा सुरक्षाकर्मी कर्मचारी लगायतका सम्बन्धित व्यक्तिलाई सहयोग गरिदिनुहुन नगरपालिका हार्दिक अनुरोध गर्दछ ।’ उल्लेख छ । 

उक्त सूचनामा सन्दरबजार नगरपालिकाका मेयर जनकराज मिश्रले दस्तखत गर्नु भएको छ । 

No comments:

Post a Comment