लमजुङमा कोरोना संक्रमित संख्या पहिलो पटक आज एक अंकमा झर्यो : आज ५५ जनाले कोरोना जितेका छन् भने थप एकको मृत्यु - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Friday, June 18, 2021

लमजुङमा कोरोना संक्रमित संख्या पहिलो पटक आज एक अंकमा झर्यो : आज ५५ जनाले कोरोना जितेका छन् भने थप एकको मृत्यु

अन्तरङ्ग सम्वाददाता

बेसीशहर– लमजुङ जिल्लामा कोरोना संक्रमित संख्या आज एक अंकमा झरेको छ । आज असार ४ गते जम्मा ८ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या एक अंकमा झरेको हो । 

        आज फेला परेका आठजना नयाँ संक्रमितमध्ये दुई जना बालिका छन् । उनीहरूको उमेर ६ र १४ वर्ष रहेको छ भने ठेगाना मध्यनेपाल नगरपालिका– ६ हो । आज थप ५५ जनाले कोरोना जितेका छन् । जिल्लामा कोरोना संक्रमितको कुल संख्या एक हजार ७७४ पुगेको छ । हालसम्म कोरोनाका कारण निधन हुने संख्या २४ पुष्टि भएको छ । 

        आज बेसीशहर नगरपलिकामा संक्रमित फेला परेका छैनन् । सुन्दरबजार नगरपालिका– ७ का ३६ वर्षीया महिलामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, मध्यनेपाल नगरपालिकामा सात जान रहेका छन् । उनीहरू वडानं– ५ का हुन् । सो वडाका ६ र १४ वर्षीया बालिका, १७, २९ र ३४ वर्षीया महिला छन् भने ५४ र ७१ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय लमजुङका प्रशासकीय अधिकृत जगदिश मिश्रले दस्तखत गर्नु भएको विज्ञप्तिमा उल्लेख छ । सो विज्ञप्ति अनुसार जिल्लामा सक्रिय संक्रमित संख्या ४२१ रहेको उल्लेख छ ।

No comments:

Post a Comment