अन्तरङ्ग संवाददाता
बेसीशहर– लमजुङमा भाइटीकाको अघिल्लो तथा कार्तिकको अन्तिम दिन ३० गते थप १४ जनामा कोरोना भाइरस (कोभिड– १९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशद्वारा जारी गरिएको सो पुष्टि भएको हो ।
थपिएका संक्रमितहरूमा ११ जना पुरुष र ३ जना महिला भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । कोरोना भाइरस परीक्षणका लागि क्षयरोग उपचार केन्द्र पोखरामा स्वाब पठाइएकाहरूमा संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरूको उमेर २५ वर्षदेखि ७२ वर्षसम्म रहेको छ । उहाँहरू सबै मध्यनेपाल नगरपालिकाका – १ का हुनुहुन्छ । उहाँहरूको उमेर ३५ बर्षीया दुई महिला, ४९ बर्षीया, संक्रमित अन्य पुरुषहरूको उमेर २५, २७, २८, ३०, ३५, ४०, ४१, ४२, ५५, ६२ र ७२ बर्षीय पुरुष छन् । उनीहरु सबैलाई आइसोलेसन लगिएको निर्देशनालयले जनाएको छ ।
संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

No comments:
Post a Comment