हार स्विकार गर्न नसकेका ट्रम्पले पहिलो पटक लेखे, ‘बाइडेनले जिते’ - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Sunday, November 15, 2020

हार स्विकार गर्न नसकेका ट्रम्पले पहिलो पटक लेखे, ‘बाइडेनले जिते’


एजेन्सी । 

अमेरिकामा सम्पन्न राष्ट्रपति पदको ३ नोभेम्बरमा भएको निर्वाचनमा निर्वाचन आयोगले हारेको नतिजा सुनाईसकेका वर्तमान राष्ट्रपति रोनाल्ड ट्रम्पले अझै हार मानिसकेका छैनन् । तर आफ्ना डेमोक्रेटिक प्रतिस्पर्धी जो बाइडेनले चुनाव जितेको विषयलाई पहिलो पटक ट्रम्पले ट्वीटरमा कार्तिक ३० गते उल्लेख गरेका छन् । 

ट्रम्पले लेखेका छन् हामी लामो बाटो हिंड्न बाँकी छ । यो धाँधलीपूर्ण निर्वाचन थियो । ट्रम्पले केही निर्णायक राज्यमा कानूनी लडाँइ पनि थालेका छन् । तर, धाँधली भएको विषय पुष्टि गर्ने कुनै प्रमाण पेश गरेका छैन्न । अहिलेसम्म उनको प्रयास असफल भइरहेको छ । उनले थप लेखेका छन्, ‘उनले जिते किनकी निर्वाचन धाँधलीपूर्ण थियो,’ निर्वाचनयता ट्रम्पले बाइडेन विजयी भएको तथ्य पहिलोपटक स्विकारेका हुन् । यद्यपी, उनले अझै हार स्विकारेका छैनन् र स्विकार्ने संकेत पनि गरेका छैनन् । नयाँ ट्वीटमा बाइडेनबारेमा उनले लेखेका छन्, ‘उनले केवल फेक न्युज मिडियाको आँखामा मात्रै जितेका हुन् । म केही कुरा स्विर्कादिन ।’

यसैबीच, निर्वाचन अधिकारीहरूले यसपटकको मतदान अमेरिकी इतिहासकै सर्वाधिक सुरक्षित रहेको डिसेम्बर १३ अर्थात कार्तिक २८ गते जनाएका थिए । उनीहरूले मतदान प्रणालीले मत डिलिट गरेको, हराएको, परिवर्तन गरे वा कुनै सम्झौता भएको कुनै प्रमाण नभेटिएको उल्लेख गरेका छन् । यद्यपी, ट्रम्पले बाइडेनको विजय स्विकारेर उनलाई बधाई दिएका छैनन् । 

ह्वाइटहाउसकी प्रवक्ता केलिग म्याक इनानीले फक्स न्युजसँग सोही दिन भनेकी थिइन्, ‘राष्ट्रपति ट्रम्पलाई विश्वास छ कि उनी दोस्रो कार्यकाल पनि राष्ट्रपति नै रहिरहने छन् । त्यही दिन पत्रकार सम्मेलनमा ट्रम्पले भनेका थिए, ‘भविष्यमा कुन प्रशासन शक्तिमा रहन्छ भन्ने कसलाई थाहा छ ?’

ट्रम्पले कार्तिक ३० गते लेखेको एउटा ट्वीटमा बाइडेनको विजय उल्लेख गरेपनि ट्रम्पले अर्को ट्वीटमा केही नस्विकार्ने जनाएका छन् । अघिल्लो दिनमात्र निर्वाचनमा धाँधली भएको भन्दै ट्रम्प समर्थकहरुले वासिङटन डिसीसहित देशका विभिन्न शहरमा प्रदर्शन गरेका थिए । ट्रम्प विरोधीहरूले पनि जवाफी ¥याली निकालेपछि शान्तिपूर्ण प्रदर्शन हिंसात्मक बन्न पुगेको थियो । 

उक्त प्रदर्शनका क्रममा केही व्यक्तिहरूले हतियार प्रदर्शन गरेका थिए भने एक व्यक्तिमाथि छुरा प्रहार समेत भएको थियो । हतियार प्रदर्शन तथा हुलदंगाको आरोपमा २० जनालाई प्रहरीले पक्राउ गरेको छ । 

यसैबीच, पूर्व राष्ट्रपति बाराक ओबामाले अमेरिकामा अहिले सत्य मर्दै गएको उल्लेख गर्दै अमेरिका सामु ‘षडयन्त्रात्मक सिद्धान्तहरु’ संस्कृतिलाई उल्ट्याएर देशलाई एकताको शुत्रमा बाँध्नु पर्ने महत्वपूर्ण तर कठीन जिम्मेवारी रहेको बताएका छन् ।

चार वर्ष पहिले भन्दा अहिले अमेरिका स्पष्ट रुपमा विभाजित भएको उनले बताए । राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी भएसँगै अमेरिकामा ‘कन्स्पिरेसी थ्यौरी’ को संस्कृतिले तीव्र रुपमा बढावा पाएको छ । ट्रम्प आफै त्यस्ता थ्यौरीहरु प्रस्तुत गर्दै आएका पनि छन् । हाल ‘क्रेजी कन्स्पिरेसी थ्यौरिज’को संस्कृतिले बढावा पाएको र त्यसले नागरिकलाई बिस्तृत रुपमा विभाजित गरेको ओबामाले बिबिसीसँगको अन्तर्वार्तामा बताएका हुन् ।

ओबामाले यो वर्षको चुनावमा जो बाइडेनको जित विभाजित देशलाई पुनः एकताको शुत्रमा बाँध्ने मार्गको सुरुवात मात्रै भएको बताए । ओबामाले भनेका छन्, ‘देशमा रहेको विभाजन प्रेरक सिद्धान्तहरुको क्रम भंग गर्न एक भन्दा बढि चुनाव चाहिन्छ वा यो चुनावको नतिजा मात्रै पर्याप्त हुँदैन ।’ ओबामाले भनेका छन्, ‘पक्कै पनि हामी अहिले अधिक विभाजित छौँ, म पहिलोपटक राष्ट्रपतिका लागि उम्मेदवार बनेको समय २००७ र विजयी भएको २००८ भन्दा पनि ।’

 भावी पुस्ताको परिष्कृत तथा विवेकपूर्ण व्यवहारबाट आफू आशावादी रहेको बताउँदै ओबामाले युवाहरूलाई सकारात्मक परिवर्तनको हिस्सा बन्न आग्रह गरे । उनले धु्रबिकृत देशलाई पुनः एकताको बाटोमा ल्याउनका लागि राजनीतिज्ञको निर्णय मात्रै पर्याप्त हुने बताउँदै ओबामाले संरचनागत परिवर्तनसँगै नागरिकले एक–अर्कालाई सुन्ने, तथ्यहरूको खोजी तथा त्यसमा बहस गर्नु पर्ने उल्लेख गरेका छन् । आफ्नो राजनीतिक स्वार्थलाई पूर्ति गर्ने भएकाले राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यवहारका कारण विभाजनले गम्भीर रुप लिएको ओबामाले बताए ।

नोभेम्बर ३ मा भएको चुनावमा पूर्व उपराष्ट्रपति समेत रहेका डेमोक्र्याटिक उम्मेदवार बाइडेनले ट्रम्पलाई पराजित गरेका छन् । बाइडेनले चार वर्ष पहिले आफूले पाए जति नै अर्थात ३०६ इलेक्टोरल कलेज मत पाए पनि ट्रम्पले नतिजा स्वीकार गरेका छैनन् । ट्रम्पले प्रमाण बिना चुनावमा धाँधली भएको र आफूबाट नतिजा खोसिएको आरोप लगाउँदै आएका छन् । स्रोत : बीबीसी । 

No comments:

Post a Comment